$type=ticker$count=12$cols=4$cate=0

प्रसव वेदनाभित्र अनुभूतिको आवश्यकता

SHARE:

शङकरमान श्रेष्ठ


दुई वर्षको टेकबहादुर साउद
हाँस्दै, आँगनमा खेल्दै थियो,
बाहिरको क्रन्दनबाट ऊ
एकदमै बेखबर थियो,
किनकि ऊ अबोध थियो
गोली लाग्दा ‘दुख्यो आमा’
भन्न पनि ऊ असमर्थ थियो
किनकि सदाको लागि सुतिसकेको थियो
उसका कलिला अनुहारले एउटै प्रश्न
सोधिरहेको थियो,
आखिर मेरो ‘गल्ति’ के थियो ?
    यस्ता अमानवीय घटना युद्ध, सशस्त्र द्वन्द्व, राजनैतिक प्रतिशोधको अवस्थामा राजनैतिक दमनको बेला घट्ने गरिएको पाइन्छ। भारतीय स्वतन्त्रता आन्दोलन दमन गर्न संसद्को जननी कहलिएको देश बेलायतले सन् १९४२ तिर यस्ता अमानवीय घटनाका दृष्टान्त प्रस्तुत गरेको थियो। आमाकै अगाडि बालकलाई काँडेतारले बाँधी जिउँदै जलाएका थिए । आइमाइहरूलाई निर्वस्त्र पारी कपालमा आगो लगाई निहत्थामाथि गोली चलाएका थिए। पञ्जाबको जालियावाला बागमा तीनतिरबाट बाटो थुनी आमसभामाथि गोली चलाएका थिए। त्यस बेला जनरल डायरको गोलीले न बूढाबूढी देख्यो, न आइमाई, न केटाकेटी नै। सन् १९३७ मा जापानी सेनाले चीनको एउटा शहर नानकिङ कब्जा गरी महिलाहरूलाई बलात्कार गर्‍यो। जुन घटना ‘रेप अफ नानकिङ’को रूपमा चिनियाँहरूको मस्तिष्कबाट विस्मृत हुन सकेको छैन।
    नेपालको सन्दर्भमा राजनैतिक प्रतिशोधको प्रतिफल गौर हत्याकाण्ड, लहानकाण्ड घटेको धेरै दिन भएको छैन । २०२८ सालतिर रौतहटको भुसाह काण्ड धार्मिक–जातीय द्वेषको परिणाम भएकै हो। साथै दश वर्षे जनयुद्धको क्रममा राज्यपक्ष र माओवादीबीच पनि हत्या, हिंसा,भएकै हो। तर सङ्क्रमण अवस्थालाई अघि सार्दै बेला बखत विभिन्न छापाहरूमा एउटा शङका, उपशङका उब्जाउने पनि गरिएको पाइन्छ, जातीय द्वन्द्वको सम्भावना, रवान्डाको पुनरावृत्तिको सम्भावना १
    जातीय द्वन्द्व, धार्मिक द्वन्द्वको सम्भावना त्यस्तो अवस्थामा देखिने गर्दछ, जुन ठाउँमा दुई अलग–अलग जाति वा सम्प्रदायको उपस्थितिको प्रतिशत बराबर हुने गर्छ वा केही न्यून प्रतिशत। तर बहुसङ्ख्यक एक जाति र न्यून जातिबीच जातीय द्वन्द्वको सम्भावना भने हुँदैन। त्यस्तो अवस्थामा मात्र असन्तोष हुन्छ, मनमुटाव कायम हुन सक्छ। केही वर्ष अगाडि भारतको गुजरात प्रदेशमा देखिएको जातीय दङगा, साम्प्रदायिक हिंसा बढ्नुको पछाडि दुई जातिको उपस्थिति बराबर हुनु थियो। तर के नेपालमा रुवान्डाको जातीय हिंसाको पुनरावृत्ति सम्भव छ ?
    सन् १९९४। देश रुवान्डा, अफ्रिका । जाति–तुत्सी र हुटु। पहिले तुत्सी जातिको शासन र १९९४ ताका हुटु जातिको शासनमाथि आधिपत्य। अप्रिल महिनाको कालो दिन रुवान्डाको इतिहासमा देखियो, जुन दिन हुटु जातिका राष्ट्रपति हाव्यारिमानाको हत्या हवाइजहाजमाथि गोली प्रहारबाट भयो। यस घटनाको आरोप तुत्सी जातिमाथि लगाइयो। परिणाम राजनैतिक बदला र जातिको विनाश गर्ने नीति हुटुले लिए। तुत्सी जातिको संस्कृति र नस्ल मास्ने नीति पनि लिए। रवान्डाका सैन्य समूह र हुटुहरूको मिलिसिया समूहले मिलोमतोमा तुत्सी समुदायका राजनीतिज्ञ, बूढाबूढी, केटाकेटी, आइमाई सबैको कत्लेआम गरे । हुटु नागरिकलाई हत्यामा सहभागी हुन बाध्य पारे। आफ्ना तुत्सी छिमेकीमाथि नरसंहार गर्न नमान्ने हुटु जातिलाई पनि मार्ने आदेश दिए। सय दिन भित्रै दश लाख एकहत्तर हजार मानिसको हत्या भयो। जसमध्ये दश प्रतिशत हुटु जाति थिए। जुन घटनालाई ध्बच या च्बउभ पनि भनिएको छ। यस क्रममा असङ्ख्यक महिला बलात्कारमा परे। यो द्वेष सांस्कृतिक कारणबाट शुरु भएको थियो र विस्तारै यसले राजनैतिक विद्वेषको आकार ग्रहण गर्‍यो। ९० को दशकमा दुई परस्पर जातिबीच देखिएको घृणाको परिणाम रवान्डाको नरसंहारको मुख्य कारण थियो।
    रुवान्डा घटनाको पुनरावृत्ति सङ्क्रमणकालको अवस्थामा हुन सक्ने सम्भावना भनेर रवान्डाको घृणाको जरो पत्ता नलगाई, वा नबुझी नेपाली समाजलाई दिग्भ्रमित पार्ने काम पनि यहाँ भएको छ। नेपाली समाजको संरचना मुख्यतया दुई जाति–आर्य र मङगोलबाट भएको छ। आर्यमा पनि मधेसमा बस्ने मधेसी मूल र पहाडमा बस्ने पहाडिया मूल। दुवै जाति आर्य हुन्, धर्म हिन्दू। संस्कृति समान। मात्र फरक छ भाषा। पहाडमा पहाडिया आर्य र मङगोल छन्, तराईमा मधेसी र पहाडी। उपस्थिति बहुसङ्ख्यक र न्यून । अनि कहाँबाट बढ्न सक्छ, साम्प्रदायिक विद्वेषको भावना ? मधेस जातिको उत्थान नहुनुको पछाडि सामन्तवादी राज्य प्रणाली र प्रजातन्त्र–गणतन्त्रपश्चात् पनि राणाकालीन र पञ्चायती प्रवृत्ति नै जिम्मेवार मान्नुपर्दछ। राजनैतिक अधिकारबाट एकातिर वञ्चित गराइनु, अर्कोतिर अवसरबाट। र यही अधिकार र अवसरको लागि अहिले राजनैतिक वृत्तमा पूर्व–पश्चिममा आन्दोलन भएको मान्न सकिन्छ। हिजो पनि अवसरबाट वञ्चित र आज पनि स्रोत र साधनबाट गरिब। आन्दोलन नैसर्गिक अधिकार हो। तर राष्ट्रको अवस्था, स्थिति र परिस्थितिलाई समेत मध्यनजर गर्नु त्यति नै वाञ्छनीय हुन्छ। हो, उपेन्द्र यादवले भनेजस्तै जानकी मन्दिरको भेटीबाट प्रदेश चलाउन सकिन्छ ? अधिकारको लडाइँ एकै दिनमा प्राप्त हुँदैन। यो क्रमश: स्थापित गर्ने आधार हो। अमेरिकाजस्तो स्वतन्त्रता र समानताको सिद्धान्तलाई अपनाएको देशमा दासहरूले मुक्ति १७७१ मैं त पाएनन्। अस्तित्वको लागि त्यहाँ पनि त द्वन्द्व भएकै हो। हजारौं मारिएकै हो गृहयुद्धमा। र फेरि भर्खरै एउटा गिरजाघरमा भएको काला जाति उपर गरिएको हत्याकाण्ड र बराक ओबामाको स्वीकारोक्ति– आज पनि अमेरिकामा रङगभेद कायमै छ। यस अर्थमा जति पनि राष्ट्रबाट शोषित, उत्पीडित जाति, महिला, लिङग, आदिवासी, जनजातिको पछाडि एउटा अस्त्र छ– अधिकारको लागि गर्ने आन्दोलन। मधेस आन्दोलन १ ले तत्कालीन प्रधानमन्त्रीलाई दुईपटक सम्बोधन गर्न लगाएको हो, आन्दोलन–२ ले सङ्घीयता शब्द अन्तरिम संविधानमा लेख्न लगाएको हो। राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनले डा. रामवरण यादवलाई पहिलो राष्ट्रपति बनाउन लगाएकै हो। यी सबै परिवर्तनकै उपज उपलब्धि हुन्। त्यसैले अब वार्ता गरेर सरकार र मुख्य पार्टीको अभिप्राय बुझ्नु आवश्यक छ। नभए आन्दोलन त आफ्नो अधिकारभित्रै छ। अहिले आन्दोलनरत दलहरूले सङ्क्रमणको अवस्थालाई पनि मध्यनजर गर्नुपर्ने हुन्छ। लामो समयसम्म राष्ट्र सङ्क्रमणको अवस्थाबाट गुज्रिए राष्ट्रले नकारात्मक परिणाम भोग्न बाध्य हुनुपर्दछ। अहिले सङ्क्रमणकालमा श्वेत आतङक (ध्जष्तभ त्भचचयच) देखा पर्ने प्रशस्त सम्भावना रहेको छ। पुराना शासक वा निहित राजनैतिक स्वार्थबाट वशिभूत भएका तत्त्वहरूबाट आन्दोलनको क्रममा हिंसा, उत्तेजना फैलाउने प्रशस्त आधार हुने सम्भावना रहन्छ। जसको उद्देश्य सरकारको असफलता र जनान्दोलनको उपलब्धिको समाप्ति हो। अझ प्रस्ट भाषामा भन्नुपर्दा आन्दोलनको बखत सही नेतृत्व हुन नसक्दा भिजिलान्ते वा घुसपैठीबाट आन्दोलनको प्रवाहलाई मोड्ने सम्भावना रहने गर्दछ। जसको परिणाम शङका वा उपशङकाको आधारमा ७ गतेको टीकापुरको घटनालाई लिन सकिन्छ।
    यस्तो सङ्क्रमणको अवस्थामा दुई पक्षको जिम्मेवारी बढ्न पुगेको छ। अधिकारको लागि गरिएको आन्दोलनको स्वरूप निर्धारण, वार्ता र सहमतिप्रति सकारात्मक सोच बढाउनु र अर्कोतिर सरकार र मुख्य पार्टीको भूमिका। अहिले प्रथमत: सरकार र मुख्य पार्टीको भूमिका अहं भएको छ। तर नेपालको राजनैतिक संस्कृतिमा हुर्किएका राजनीतिज्ञहरूको प्रवृत्ति हेर्दा यहाँ एउटा भनाइ उल्लेख गर्नु आवश्यक देखिन्छ। चेकोस्लाभियाका राष्ट्रपति वास्लाभ हविलले १ जनवरी १९९० नव वर्षको उपलक्ष्यमा भनेका ती शब्दहरू– “हामी दोहोरो जीवन बिताइरहेका छौं, बाहिर एक थोक, भित्र अर्को। नैतिकरूपमा हामी बिरामी छौं, किनभने हामीले सोचेभन्दा फरक कुरा गर्ने बानी बसालेका छौं। एकले अर्कालाई अविश्वास गर्न सिकेका छौं, हामीले त आफ्नो मात्र चिन्ता गर्न सिकेका छौं। ”
    आज नैतिकरूपबाट बिरामी हामी सबै नहुने हो भने निश्चय नै प्रश्रव वेदनाबाट राष्ट्रले मुक्ति पाउने थियो। मधेसी, पहाडिया, थारू, किराँती सबै जातजातिको अधिकार र अस्तित्वको पहिचान गर्ने संविधान जन्मने अवसर प्राप्त हुने थियो।


neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : प्रसव वेदनाभित्र अनुभूतिको आवश्यकता
प्रसव वेदनाभित्र अनुभूतिको आवश्यकता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhTyH9bMa-z_ACw5nLgfc6UgqUiwtYq9zninmzAmdcfisRSRZa0xyKXWtnStMkyZ5WHjjO6XyGM5NtSjcZ1x7n9AjcCEEJaN1eo2247wz6SU44chDrD4k22XxC41DbYn-1Ki6qq9RbPEVI/s200/shankar+man+shrestha.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhTyH9bMa-z_ACw5nLgfc6UgqUiwtYq9zninmzAmdcfisRSRZa0xyKXWtnStMkyZ5WHjjO6XyGM5NtSjcZ1x7n9AjcCEEJaN1eo2247wz6SU44chDrD4k22XxC41DbYn-1Ki6qq9RbPEVI/s72-c/shankar+man+shrestha.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/08/blog-post_799.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/08/blog-post_799.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy