उमाशङ्कर द्विवेदी
नगरवासीहरूले यो सम्पूर्ण काण्ड देखेपछि राजा विराटसित निवेदन गरे कि गन्धर्वले महाबली सम्पूर्ण सूतपुत्रहरूलाई मारिदिए तथा सैरन्ध्री उनीहरूको पाशोबाट उम्केर राजभवनतिर जादैछिन् । उनीहरूको कुरा सुनेर राजा विराटले उनीहरूसित भने–“तपाईंहरूले सूतपुत्रहरूको अन्त्येष्टि गर्नुहोस् ।” अनि उनी कीचकको वधको कारणले भयभीत हुँदै महारानी सुदेष्णा समीप गई भने– “सैरन्ध्री यहाँ आएपछि तिमीले मेरोतर्फबाट भन्नु कि सुमुखी, तिम्रो कल्याण होस्, अब तिम्रो जहाँ मन लाग्छ, त्यहाँ जाऊ किनकि महाराज तिम्रा गन्धर्वहरूसित तर्सिएका छन् ।”
मनस्विनी द्रौपदी सिंहबाट तर्सिएकी मृगीभैंm आफ्नो शरीर र वस्त्रहरूलाई धोएर नगरमा आउँदा उनलाई देखेर पुरवासीहरू गन्धर्वहरूबाट तर्सिएर यताउति भाग्न थाले । अझै कोही कोहीले त आफ्नो आँखा नै चिम्ले । बाटोमा द्रौपदीले नृत्यशालामा अर्जुनसित भेटिन्, जो विराटकी कन्यालाई नाच्न सिकाउँदथे । उनले भने– “सैरन्ध्री, तिमी ती पापीहरूको हातबाट कसरी फुत्कियौ र उनीहरू कसरी मारिए ?” सैरन्ध्रीले भनिन्– “बृहन्नले, अब तिमीलाई सैरन्ध्रीसित के काम ? किनकि तिमी त यी कन्याहरूसित मोजमा यिनीहरूको खोपीमा रहन्छयौ । अचेल सैरन्ध्रीमाथि कस्ता कस्ता आपत् आइपरेको छ, त्यसको तिमीलाई केको चासो ?” बृहन्नलाले भनिन्– “कल्याणी, यस नपुङ्सक योनीमा परेर बृहन्नलाले जुन महान् दु:ख पाउँदैछिन्, त्यसलाई तिमीले किन बुझिरहेकी छैनौ ?”
यसपश्चात् कन्याहरूको साथमा लागेर द्रौपदी राजभवनमा पुगेर रानी सुदेष्णाको छेउमा गएर उभिइन् । सैरन्ध्रीलाई देखेर सुदेष्णाले राजा विराटको कथनानुसार भनिन्– “भद्रे, महाराजलाई गन्धर्वहरूबाट तिरस्कृत हुने भय लागेको छ । तिमी पनि तरुनी छयौ र संसारभरिमा तिम्रो समान कोही पनि रूपवती छैनन् । पुरुषहरूलाई विषय स्वभावले नै प्रिय हुन्छ तर तिम्रा गन्धर्वहरू बडो क्रोधी छन् । अत: तिम्रो जहाँ मन लाग्दछ, त्यहाँ जाऊ ।” सैरन्ध्रीले भनिन–“महारानी, तेर्ह दिनको लागि महाराजले मलाई क्षमा गरून् । तेर्ह दिनपछि गन्धर्वगण स्वयम्ले मलाई लग्नेछन् तथा तपाईंहरूको भलो गर्नेछन् । उनहीरूबाट महाराज र उनका बन्धु–बान्धवहरूको पनि भलो हुनेछ ।”
सम्पूर्ण भाइहरूका साथ अकस्मात् कीचक मारिएको देखेर नगरवासीहरूलाई बडो आश्चर्य भयो तथा त्यस नगर र राष्ट्रमा जहाँतहीँ आपसमा कुरा गर्न थाले–“महाबली कीचक आफ्नो शूरवीरताको कारणले राजा विराटलाई बडो प्यारो थियो । उसले अनेकौं सेनाहरूको संहार गरेको थियो तर साथै ऊ दुष्ट तथा परस्त्रीगामी थियो, त्यसैले त्यस पापीलाई गन्धर्वहरूले मारिदिए ।” शत्रुसेनाको संहार गर्ने खालको दुर्जय वीर कीचकको बारेमा देशमा जताततै यस प्रकारको चर्चा हुन थाल्यो ।
यस बेला अज्ञातवासको अवस्थामा पाण्डवहरूको बारेमा थाहा पाउनको लागि दुर्योधनले जुन गुप्तचरहरूलाई पठाएका थिए, उनीहरू अनेकौं ग्राम, राष्ट्र र नगरहरूमा उनीहरूलाई खोजेर हस्तिनापुरमा फर्किआए । उनीहरू राजसभामा बसेका कुरुराज दुर्योधनको छेउमा गए । त्यस बेला त्यहाँ महात्मा भीष्म, द्रोण, कर्ण, कृप, त्रिगत्र्तनरेश र दुर्योधनका भाइहरू बसिरहेका थिए । तिनीहरूको सामुन्ने गुप्तचरहरूले भने–“राजन्, पाण्डवहरूको खोजीमा हामीहरूले सधैं प्रयत्न गरिरह्यौं तर उनीहरू कता लागे हामीहरूले पत्तो पाएनौं । हामीहरू पर्वतका विभिन्न शिखरहरूमा, भिन्न भिन्न देशहरूमा, जनताको घुइँचोमा तथा विभिन्न गाउँ र नगरहरूमा गयौं, पाण्डवहरूो खोजी गर्यौं तर कतै पनि हामीहरूले पाण्डवहरूको भेउ पाउन सकेनौं । लाग्दछ, उनीहरू नष्ट भइसके । महाराज अब त म·ल नै छ । हामीहरूले यो कुरा थाहा पायौं कि इन्द्रसेन आदि सारथि पाण्डवहरूबिना नै द्वारकापुरीमा पुगेका छन् । त्यहाँ न त द्रौपदी छिन्, न पाण्डवहरू नै छन् । अँ, एउटा बडो आनन्दको समाचार छ । राजा विराटको जुन महाबली सेनापति कीचक थियो, जसले आफ्नो महान् पराक्रमले त्रिगत्र्त देशलाई आच्छु आच्छु पारेको थियो, त्यस पापात्मालाई उसका भाइहरूका साथ रात्रिबेलामा गुप्तरूपले गन्धर्वहरूले मारिदिए ।”
दूतहरूको कुरा सुनेर दुर्योधन धेरै बेरसम्म घोरिइरह्यो, त्यसपछि उसले सभासद्हरूलाई भन्यो– “पाण्डवहरूको अज्ञातवासको यस तेर्हौं वर्षमा अब केही दिनमात्र बाँकी छ । यदि यो समाप्त भयो भने सत्यवादी पाण्डवहरू मदमत्त हात्ती र विषधर सर्प समान क्रोधातुर भएर कौरवहरूको लागि दु:खदायी भइहाल्नेछन् । उनीहरू जम्मै समयको हिसाब राख्ने खालका छन्, त्यसैले कतै दुर्विज्ञेयरूपले लुकेर बसेका होलान् । कुनै यस्तो युक्ति गर्नुपर्दछ कि उनीहरू आफ्नो क्रोध निलेर आपैंm वनमा फर्कि जाऊन् । त्यसैले शीघ्र नै उनीहरूको पत्तो पाउनुपर्दछ, जसले हाम्रो यो राज्य सबै प्रकारको विघ्न–बाधाहरू र विरोधीहरूबाट मुक्त भएर चिरकालसम्म अक्षुण्ण भइरहोस् ।” यो सुनेर कर्णले भने– “भरतनन्दन, शीघ्र नै अर्का कार्यकुशल जासुस पठाइऊन् । उनीहरू गुप्तरूपले धनधान्यपूर्ण र जनाकीर्ण देशहरूमा जाऊन् तथा सुरम्य सभाहरूमा, सिद्ध महात्माहरूका आश्रमहरूमा, नगरहरूमा, तीर्थहरूमा र गुफाहरूमा गएर त्यहाँका निवासीहरूसित बडो विनीत शब्दहरूले युक्तिपूर्वक सोधेर पाण्डवहरूको पत्तो पाऊन् ।” क्रमश:...।