प्रस, वीरगंज, १३ भदौ/
मधेस बन्दको १६औं दिन सङ्घीय समावेशी मधेसी मोर्चा, पर्साले नगवामा टेन्ट गाडेर सभा गरेको थियो। बाइपास सडकमा भएको सभा सम्पन्न हुनासाथ प्रहरीले टेन्टमा रहेका मानिसलाई हटाउन खोजेपछि मोर्चाका कार्यकर्ता र प्रहरीबीच भीडन्त भएको र पछि मोर्चाका कार्यकर्ताहरूलाई स्थानीय टोलवासीहरूले सघाउ गरी प्रहरीसँग भिडेका थिए। भीडन्तमा एक दर्जनभन्दा बढी घाइते भएका छन्।
नाउक्षे अस्पतालको तथ्याङक अनुसार रामसपाका केन्द्रीय सदस्य राजेशमान सिंह, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य राजकुमार यादवसमेत राजु गुप्ता, प्रभु यादव, शेख नूर आलम, महम्मद नूर आलम, अशोक गुप्ता घाइते भएका छन्।
प्रहरी र प्रदर्शनकारीबीच झडप चर्किदै गएपछि साँझपख प्रहरीले तीन
राउन्ड अश्रुग्याँस प्रहार गरेको छ। अश्रुग्याँस प्रहारका कारण केही समय प्रदर्शनकारीहरू तितरबितर भएका थिए ।
यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगंजमा प्रदर्शन र कोणसभा गर्यो। अनिश्चितकालीन हडतालको बिहानीपखको प्रदर्शनलाई निरन्तरता दिंदै घण्टाघरबाट जुलुस निकाली नगर परिक्रमा भएको थियो।
जुलुसको नेतृत्व मोर्चाका संयोजक प्रदीप यादवले गरेका थिए। यसैगरी साँझ घण्टाघरमा मोर्चासँग आबद्ध सङ्घीय समाजवादी फोरम नेपाल, तमलोपा र सद्भावना पार्टीका नेताहरूले मधेस र मधेसीहरूको हक अधिकार सुनिश्चित नहुन्जेल आन्दोलन निरन्तर जारी रहने बताए।
सभामा तमलोपाका पुरुषोत्तम झा, रेखा साह, जनार्दन यादव, चन्दन मिश्रा, सद्भावना पार्टीका निजामुद्दिन समानी, प्राध्यापक एलपी मिश्रालगायतले सरकारले मधेसवादी दलहरूसँग गरेको सम्झौता पालना नगरेको र जारी संविधानमा मधेसीहरूको हक अधिकार सुनिश्चित नभएको हुँदा आन्दोलन गर्नुको विकल्प नरहेको बताएका थिए।