प्रस, वीरगंज, ११ भदौ/
मधेस आन्दोलनको १३ औं दिन बिहीवारदेखि सडकमा उत्रेको मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पर्सा शुक्रवारदेखि सङ्घीय समावेशी मधेसी मोर्चामा सामेल भएर आन्दोलन गर्ने भएको छ।
राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साको आदर्शनगरस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी फोरम लोकतान्त्रिक पर्साका अध्यक्ष शशिकपूर मियाँले शुक्रवारदेखि आफ्नो पार्टी सङ्घीय समावेशी मधेसी मोर्चामा सामेल भएर आन्दोलनमा उत्रने बताए। उनले आन्दोलनलाई अझ सशक्त पार्नका लागि मोर्चामा सामेल भएको दाबी गरे ।
मधेस मुद्दामा मोर्चाले आन्दोलन गरिरहेको र आफूहरू पनि सोही मुद्दालाई लिएर आन्दोलनमा होमिएको हुँदा समान माग पूरा गर्न एकताबद्ध भएको बताए।
पत्रकार सम्मेलनमा मोर्चाका नेता नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शिव पटेल, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य राजकुमार यादव, रामसपाका केन्द्रीय सदस्य राजेशमान सिंहले फोरम नेपाल लोकतान्त्रिक मोर्चामा सामेल भएपछि मोर्चा थप मजबुत भएको बताए।
उनीहरूले आन्दोलनलाई सार्थक पार्नका लागि सबै दलहरू एक जुट भएर आन्दोलन गर्नुपर्ने र त्यसको लागि मोर्चा प्रयासरत रहेको बताए।
उनीहरूले एक चरणको एकता वार्ता विफल भएपनि दुई मोर्चाबीचको एकताको लागि प्रयास भइरहेको पनि बताए। फोरम नेपाल लोकतान्त्रिक पर्सासमेत मोर्चामा १२ दल सामेल भएका नेसपाका केन्द्रीय सदस्य पटेलले बताए।