प्रस, ठोरी, १२ साउन/
पर्साको ठोरीमा रहेको ठुटे खोलाको कुलोको विषयलाई लिएर नेपाल र भारतीय किसानबीच भएको विवाद सामधानका लागि प्रयास भए पनि सफल हुन सकेको छैन ।
वार्ताका लागि सदरमुकाम वीरगन्जबाट पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापा र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक वीरबहादुर ओली आज ठोरी पुगेका छन् ।
ठोरी र निर्मलबस्तीका स्थानीयले भारतीय पक्षसँग वार्ता नगरी भारतीयले प्रयोग गर्दै आएको कुलोको पानी नेपालतर्फ फर्काउनु पर्ने अडान लिएका कारण वार्ता शुरु हुन नसकेको प्रहरी नायब उपरीक्षक ओलीले बताए ।
नेपाल र भारत दुवैतर्फको आआफ्नो सीमा क्षेत्रमा अहिले पनि दुवै देशका नागरिक जम्मा भएर बसेकाले स्थिति तनावपूर्ण रहेकोले अवस्था सामान्य भइसकेपछि मात्र भारतीय सुरक्षा अधिकारीहरूसँग वार्ता शुरु हुने ओलीले जानकारी दिए ।
यसैबीच नेपाली सुरक्षा अधिकारीहरूले वार्ताको नाममा भारतीयसँग झुक्न खोजेको भन्दै ठोरी र निर्मलबस्तीका बासिन्दाले ठोरीस्थित सीमा क्षेत्रमा नेपाली प्रहरी प्रशासनको विरोधमा केही बेर नाराबाजीसमेत गरेको बताइएको छ ।
ठुटे खोलामा रहेको कुलोको पानी लिएर गत शनिवारदेखि नै ठोरी सीमा क्षेत्र तनावग्रस्त छ । त्यही विषयलाई लिएर नेपाली र भारतीय किसानबीच हिजो दिनभर झडप भएको थियो । झडपमा भारतीय किसानले प्रहार गरेको ढु·ा लागेर इलाका प्रहरी कार्यालय ठोरीका एकजना प्रहरी जवानसहित चारजना नेपाली घाइते भएका थिए । पर्साका प्रजिअ केशवराज घिमिरेले भने वार्ता भइरहेको तर टु·ो नलागेको बताएका छन् ।