प्रस, परवानीपुर, १३ साउन/
एसियन हाइवे अन्तर्गत नेपालमा परेको दुई राजमार्गमध्ये त्रिभुवन राजमार्गको सर्भे विगत चार दिनदेखि जारी छ । नेपालमा वीरगंज–काठमाडौं–कोदारी सडकखण्डको (एएच ४२) सिल्ड इन्जिनियरिङ कन्सल्टेन्सी काठमाडौंले सर्भे शुरु गरेको हो ।
राजमार्गको वास्तविक अवस्था, राजमार्ग छेउछाउका बस्तीहरू, यातायात सड्ढेतहरू, पोल, कल्भर्ट, पुल, सबैको सर्भे भइरहेको इन्जिनियर सागर पराकोठीले बताए । नेपालमा अर्को काकडभिट्टा–नारायगढ–महेन्द्रनगर राजमार्गको पनि सर्भे हुने जनाइएको छ ।
संयुक्त राष्ट्र सङ्घको अगुवाइमा सन् २०११ मा एसियन हाइवे कार्यदलको थाइल्यान्डको बैंककमा सम्पन्न चौंथो बैठकले यी दुई राजमार्गलाई आगामी दिनमा स्तरोन्नति गर्दै ६ लेन बनाउने योजना अगाडि सारेको थियो ।
नेपालमा पर्ने एसियन हाइवेले विशेषगरी चीन, नेपाल, भारतलाई छुने भएकोले यी देशमा व्यापार प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यले एसियाली विकास बैंकको ऋण सहयोगमा सम्बन्धित देशले राजमार्गको काम गर्ने सम्झौता भएको थियो । राजमार्गको केही काम विगतमा पनि हुदै आएको छ र हाल पनि चालू छ ।
वीरगंज–काठमाडांै–कोदारी राजमार्गले सगरमाथामा अन्तराष्ट्रिय पर्यटकहरूको यात्रा सहज होस् र दक्षिण एसियाका मुलुकहरूमा व्यापार सहजीकरण होस् भनेर नेपाल सरकारले चासो देखाएर एसियन हाइवे सर्भे गर्न लगाएको र आगामी दिनमा थप स्तरोन्नति गर्ने योजना रहेको छ । वीरगंज–काठमाडौं–कोदारी सडकखण्डको लम्बाइ दुई सय ९७ किलोमिटर छ भने काँकडभित्ता–नारायणगढ–महेन्द्रनगर हुदै जाने
हाइवेको लम्बाइ एक हजार २७ किलोमिटर रहेको छ ।
सडक सर्भे ४२ दिनमा सकिने र वीरगंजदेखि मुग्लिनसम्म सर्भेको लागि ६ जनाको प्राविधिक टोली खटेको छ । त्यस्तै मुग्लिनदेखि कोदारीसम्मको सर्भेको लागि ६ जना गरी जम्मा १२ जना प्राविधिक र इन्जिनियर सर्भे कार्यमा संलग्न छन् ।