सञ्जय साह ‘मित्र’
मधेसमा पानी नपरेर अहिले किसानले निकै ठूलो सास्ती भोग्नुपरेको छ । नेपाली किसानको बाध्यता हो कि आकाशेभरमा खेती गर्नुपर्छ । यसको विकल्प पनि भरपर्दो हुन सकेको छैन । कतिपय ठाउँमा नहरको पहुँच भएको भए पनि नहरको पानी समयमा खेतसम्म नपुगेर यसपालिको खेती बिग्रेको हो । मुख्यगरी पूर्वी तराईका अधिकांश जिल्लामा आकाशे पानी नपरेको अवस्था रहेकोले किसानको चिन्ता निकै बढेको छ । समयमा पानी नपर्दा यसले देशमा नै उब्जनी घट्ने भविष्यवाणीहरू गरिन थालेको छ । यस किसिमको भविष्यवाणी कुनै ज्योतिष वा बाहुनले गरेकोभन्दा किसानहरू आफैंले गरेका हुन् । किसानको भविष्यवाणीमा चिन्ताको मात्रा अत्यधिक देखिन्छ र चिन्तासँगै यथार्थ पनि झल्किएको स्पष्ट देखिन्छ ।
धेरै किसानको खेती यस कारण हुन सकेको छैन कि खेतमा पर्याप्त पानी पुग्न सकेको छैन । आकाशे भरमा खेती हुने र खेतीको समयमा आकाशबाट पानी नझर्दा किसानले समयमा खेती गर्न नपाएका हुन् । सोझोरूपमा हेर्दा देखिने यथार्थ यही हो तर किसानको समस्यालाई राज्यले आफ्नो समस्याको रूपमा लिएको देखिंदैन भन्ने कुरो पनि यहीबाट बुझिनुपर्ने हो । अझ एक पाइला अगाडि बढेर सोच्ने हो भने यस किसिमको समस्या पर्दा रोपाइँ हुन नसकेको क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर राज्यले किसानलाई विशेष अवसरको खोजी गरिदिनुपर्ने हो । राज्यबाट यतिखेर किसानले राखेको आशा यही हो र आगामी दिनमा फेरि यस किसिमको सुख्खाको समस्या भोग्न नपरोस् भन्ने चिन्ताको बादल नआउने बाटोको खोजी । कसरी हुन्छ राज्यले किसानलाई आश्वस्त तुल्याउनु जरुरी देखिन्छ ।
तर नेपाल गरिब देश हो । यहाँ राजनैतिक स्थिरता छैन । विगत अढाई दशकमा करिब दुई दर्जनपटक प्रधानमन्त्री फेरिएको अवस्था छ र देशमा संविधान नै नरहेको यथार्थ पनि । देशको आर्थिक वृद्धिदर आशलाग्दो छैन । देशको आन्तरिक आयको वृद्धि पनि सन्तोषजनक देखिंदैन । रोजगारको क्षेत्र पनि वृद्धि हुनुको साटो साँघुरिंदै गइरहेको छ । मुलुकको आयात चाहिं निर्यातको तुलनामा हरेक वर्ष निकै बढिरहेको छ । उद्योग र वाणिज्य क्षेत्र पनि उति उत्साहजनक नरहेको व्यवसायीहरूको भनाइ छ । मानिसको लर्को विदेशतिर लागिरहेको छ । देशमा रोजगारको सानोतिनो बाटो देखिंदा हजारौं मानिस रोजगारको लागि प्रयास गरेको देखिन्छ । रोजगारको खोजीमा विदेश गइरहँदा युवाहरूको अनुहारमा कुनै उत्साह देखिंदैन । विदेशमा आफ्नो अवस्था कस्तो हुने भनेर पनि युवाहरू चिन्तित देखिएका हुन सक्छन् । आर्थिक दृष्टिले देशको कुनै पनि क्षेत्र सन्तोषजनक र उत्साहजनक नरहेको अवस्थामा किसानले सुख्खाको मार खानु र राज्यले धेरै सहयोग गर्छ भनेर सोच्ने ठाउँ छैन । यद्यपि राज्यले यस किसिमको समस्याबाट मुक्ति पाउन र फेरि पनि किसानले यस किसिमको समस्या भोग्न नपरोस् भनेर दीर्घकालीन योजना बनाउनु जरुरी छ ।
नेपाली किसान सहनशील छन् । पानी नपरेर रोपाइँ हुन नसकेको अवस्थालाई पनि भगवानको इच्छामा भर पर्ने कुरा सोच्छन् । भगवानसित पानी माग्न गाउँगाउँमा भ्यागुताको बिहे गराउँछन् । भ्यागुतोको बिहे गराउँदा विभिन्न किसिमका गीत गाउँछन् । बिचरा जसको बिहे गराइएको हुन्छ, उसैलाई केही थाहा हुँदैन कि यसले के हुन्छ र उसलाई किन त्यसरी गरिंदैछ । अज्ञान र निर्दोष भ्यागुतोको बिहे गराएपछि इन्द्रदेव खुशी हुन्छन् र किसानलाई खेतीको लागि पुग्ने पानी आकाशबाट बर्सन्छ भन्ने विश्वास रहेको छ । देशबाट वनज·ल बेपत्ता भइरहेको तथा उद्योग र कलकारखानाको अनियन्त्रित प्रदूषणको कारण पनि पानी पर्न कम भइरहेको कुरा बिचरा किसानहरूलाई के थाहा ? चुरे क्षेत्रको बालुवा, गिट्टी र पहाड नै दोहन गरी अन्यत्र लगिइरहँदा त्यसको असरले समेत सुख्खा निम्त्याइरहेको हाम्रा सोझा र सीधा किसानहरूले बुझ्न सकेका छैनन् । पहाडमा जथाभावी बाटो खनेर पहाडलाई थर्काउँदा पहिरो जाने र त्यसको असरले पनि तराई पानी नपर्ने पो हुन्छ कि भन्ने विषयको अन्तर्सम्बन्ध पत्ता लगाएर नेपाली किसानलाई भनिदिनुपर्ने कसैले सोचेको छैन । किसानले त खेतमा रोपाइँ समयमा हुन पायो भने भगवानलाई धन्यवाद दिन्छन् र अहिलेको जस्तो मौसमले अलिकति धोका दिएको जस्तो लाग्यो भने भगवान रिसाएर पानी दिएन भनी भ्यागुतोको बिहे गराउँदै भगवानलाई खुशी पार्ने प्रयास गर्दछन् । तर पनि समयमा पानी परेन भने आफ्नो भाग्यको दोष दिन्छन् । यदि केही गरी पूजा गर्दागर्दै पानी परिहाल्यो भने सबैले भ्यागुताको बिहे गरी इन्द्रदेवको पूजा गरेको सार्थक भएको र भगवानले खुशी भएर पानी पारेको भनी विश्वास गर्छन् । पानी परेपछि एकअर्काले खुशी साटासाट गर्दै भगवानलाई धन्यवाद पनि दिन्छन् र धान काट्ने समयमा थप पूजा गर्ने भाकल पनि गर्छन् । अहिलेको नेपाली किसानको नियति यही भएको छ ।
नेपाली किसानले जोखिम लिएर पनि निकै महँगो खेती गर्नुपरेको छ । अहिले बोरिङ वा पम्पसेटको प्रयोग गरेर किसानले खेती गर्दा एक कठ्ठा जमिनमा पानी पटाउन कम्तीमा एक घण्टा लागिरहेको छ । यसले प्रतिकट्टा चार सय रुपियाँ एकपटक पानी पटाएको परेको देखिन्छ । असारको दोसो वा तेस्रो हप्तामा पानी पटाएर खेतमा रोपाइँ गरेका किसानले त्यसपछिको समयमा कम्तीमा दुईचोटि थप पानी पटाइसकेका छन् । यसले गर्दा प्रतिकठ्ठा बार्ह सय रुपियाँ पानीको मात्र परेको देखिन्छ तर पनि किसानको खेतमा धाँजा फाटेको देखिन्छ । अब धानखेतमा पानी पटाउन नसक्ने किसानहरू बताउँछन् । आकाशबाट पानी नपर्दा र दिनभरि जेठको जस्तो चर्को घामको कारण पानी पटाएको भोलिपल्ट नै खेत सुख्खा हुने गरेको देखिएको छ । पर्याप्त पानी नहुँदा धानखेतमा झारपात पनि उत्तिकै आएको छ । यसले गर्दा धानखेतीको लागत र उब्जनीको अनिश्चितता निकै बढेकोले किसानहरूमा निराशा छाएको छ । किसानहरूको निराशाले यथार्थमा देशको समग्र आर्थिक अवस्थालाई नदर्शाए पनि विदेशबाट चामल निर्यातमा थप वृद्धि हुने स्पष्ट देखिन्छ । यसले फेरि हाम्रो देशको आयात–निर्यातको असन्तुलनलाई अझ फराकिलो बनाउने निश्चित छ ।
समयमा रोपाइँ नभएको र भएको रोपाइँले पनि सकारात्मक प्रतिफल दिन नसक्नेजस्तो देखिएको वर्तमान धानखेतीले युवालाई विदेशतिर पठाउने बाटो प्रशस्त गरेको छ । धानखेती सप्रिने सम्भावना कम भएपछि म्यानपावर कम्पनीहरूमा युवाहरूको भीड फेरि देखिन थालेको छ । किनेरै खानेजस्तो अवस्था आउन थालेकोले किसानका छोराहरू विदेशमा गएर आयआर्जन गर्नतिर ध्यान दिन थालेका छन् । खेतीबाट निराशा आउँदा विदेशको आशा गर्नुलाई नेपाली अर्थतन्त्रको लागि सकारात्मक मान्न सकिन्न ।
अहिलेसम्म रोपाइँ निश्चित नभएको किसानको लागि राज्यले कम्तीमा खेतमा बिजुलीको व्यवस्था गरिदिनुपर्ने हो । सकेसम्म शून्य लागतमा किसानले खेतमा पानी हाल्ने वातावरण हुनपुग्यो भने नेपाली खाद्यान्न उत्पादन निकै माथि उठ्न सक्थ्यो । बीउ, मल, कीटनाशक औषधि तथा पानी कुनै पनि क्षेत्रमा सर्वसाधारण किसानले अनुदान पाउन नसकेको अवस्थामा बिजुलीबाट किसानले पानी पाउने निश्चितता भएमा खेती आत्मनिर्भरतातर्फ अग्रसर हुन पाउँथ्यो । राज्यले अलिकति हेरिदिने ठाउँ भनेको कृषिको बिमा पनि हो । किसानले खेतीमा जति लगानी गर्छन्, कतिपय अवस्थामा पूरै लगानी खेर गएको हुन्छ । लगानी गरेपछि डुब्दैन भन्ने विश्वास कृषकलाई दिलाउनु पनि जरुरी छ । यसको लागि राज्यले नयाँ कार्यक्रम ल्याएर हरेक खेतीको बिमा अनिवार्य हुने बनाउनु आवश्यक छ । यसले देशको विकासमा सकारात्मक योगदान पुग्न सक्थ्यो ।