अनन्तकुमार लाल दास
सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्यामा वृद्धिका लागि सरकारले नयाँ विद्यार्थी भर्ना योजना, सामुदायिक विद्यालयहरूमा पनि अङ्ग्रेजी माध्यममा पठनपाठनको व्यवस्था, सामुदायिकबाट एसएलसी गरेमा छात्रवृत्
सामुदायिक विद्यालयका प्रधानाध्यापक होस् वा शिक्षकहरू केहीलाई छाडेर प्राय:जसो ढिलो विद्यालय पुग्छन्। यति मात्र कहाँ हो र, उनीहरू आआफ्नो कक्षामा ढिलो प्रवेश गरी जसोतसो अध्यापन गराई छिटै कक्षा छाड्छन्। हुँदाहुँदा के पनि हुन थालेको छ भने ‘हेल्मेट’ शिक्षकझैं उनीहरू विद्यालय आउँछन्, पढाउँछन् र जान्छन् । त्यहीं अर्कोतर्फ संस्थागत विद्यालयका शिक्षकहरू समयमा विद्यालय पुग्ने, कक्षामा प्रवेश गर्ने र घण्टी नबजुन्जेल अध्यापन गराइरहन्छन्। यसले गर्दा पनि संस्थागत विद्यालयहरूको विश्वसनीयता बढ्दै गएको छ।
एकातिर सामुदायिक विद्यालयका शिक्षकहरूको तलब स्केल संस्थागत विद्यालयभन्दा बढी छ, अर्कोतिर राज्यबाट प्राप्त तालिम सुविधा होस् वा अन्य कुनै सुविधा सामुदायिक विद्यालयका शिक्षकहरूलाई नै प्राप्त हुने गरेको छ र संस्थागत विद्यालयहरूसँग सौताको व्यवहार गरिन्छ। यहाँसम्म कि एसएलसी परीक्षाका कापीहरू जाँच गर्ने काममा पनि संस्थागत विद्यालयका शिक्षकहरूलाई सोझै जिशिकाबाट हेला गर्ने गरिन्छ। अर्थात् जिशिकाले पनि चाहेको बेला संस्थागत विद्यालयसँग सहयोग प्राप्त गर्ने, सरकारसँग कुनै सुविधा पनि प्राप्त नहुने र संस्थागतले दिएको परिणामलाई भजाएर दातृ निकायबाट सहयोग लिने गरेको तथ्य हामी सबैको सामु छर्लङग छ । तर जब हामी परीक्षा परिणामलाई नियाल्छौं, संस्थागत विद्यालयका शिक्षकहरूको टाउको हिमालभन्दा ठाढो र सामुदायिक विद्यालयका शिक्षकहरूको लत्रिएको देख्छौं। कस्तो आश्चर्य सामुदायिक विद्यालयका अधिकांश राम्रा शिक्षक आंशिक शिक्षकका रूपमा संस्थागत विद्यालयमा पढाउँछन् र त्यहाँ उनीहरूले पढाएका विद्यार्थी उच्चतम अङक प्राप्त गर्छन्। त्यहीं सामुदायिक विद्यालयमा सोही विषयमा असफल हुनेहरूको सङ्ख्या उच्चतम हुन्छ ।
कारण केलाउँदै जाँदा तिनै शिक्षकहरू सामुदायिक विद्यालयका विद्यार्थी र तिनका अभिभावक सम्बन्धमा कैयौं गुनासा पालेर राख्छन् तर सुधार गर्ने प्रयास गर्दैनन्। के गर्दा विद्यार्थील परीक्षामा राम्रो गर्न सक्छन् भन्नेबारे एक आपसमा छलफल गर्दैनन्, उल्टै यसका लागि पनि राज्यलाई, शैक्षिक प्रणालीलाई, अभिभावकलाई, विद्यालयको वातावरणलाई दोषी बनाउँछन्। विद्यालय एउटा परिवार सरह हो। परिवारको कुनै पनि सदस्यलाई कुनै समस्या परेमा जसरी हामी सहयोग गर्छौं, घर सफासुग्घर राख्न अनेकौं जतन गर्छौ त्यस्तै प्रयास यदि हामीले विद्यालयमा पनि गर्यौंं भने आउँदो दिनमा राम्रो नहुने प्रश्न नै उठ्दैन। किसानले जसरी आफ्नो खेतमा राम्रो उत्पादनका लागि प्रयास गर्छ, दिनरात मिहनेत गर्छ, फसलको स्याहारसुसार गर्छ र राम्रो बाली भित्र्याउँछ, त्यस्तै यदि प्रत्येक शिक्षकले विद्यालयलाई आफ्नो परिवार सरह र विद्यार्थीलाई आफ्नो छोराछोरी सरह बुझिदिने हो भने विकराल बन्दै गइरहेको समस्या छिटै न्यून हुन सक्छ। तर विडम्बना के छ भने सरकारबाट तलब खाने तर सरकारले निर्धारित गरेको शिक्षा नियमावली अनुसार नहिंड्ने,
राज्यप्रदत्त तालिम आफ्नो विद्यालयमा प्रयोग नगरी आंशिक काम गर्ने विद्यालयमा प्रयोग नगर्ने प्रवृत्ति रहुन्जेल यो सम्भव देखिन्न।
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू अधिकांश निम्न आयस्रोत भएका परिवारबाट आएका हुन्छन्। उनीहरूका अभिभावक आफ्नो परिवारलाई कसरी धान्ने प्रयत्नमैं बढी व्यस्त हुन्छन् तर उनीहरूको विश्वास विद्यालयप्रति हुन्छ। धेरै विद्यार्थीका अभिभावक त पढेलेखेका पनि हुँदैनन्। गाउँघरका अभिभावकहरू प्राय: किसान हुन्छन् वा अरूको खेतमा मजदुरी गरेर आफ्नो जीविका चलाउँछन्। यी सबै कुरा शिक्षकलाई थाहा हुन्छ। यस कारण शिक्षकले उनीहरूको यस समस्यालाई बुझिदिने हो र सोही अनुरूप उनीहरूलाई राम्ररी मार्ग निर्देशन दिने हो भने धेरै समस्याको समाधान स्वस्फूर्त हुन जान्छ ।
यसबाट के प्रस्ट हुन्छ भने वर्तमानमा शिक्षकहरूले आफू कार्यरत विद्यालयका विद्यार्थीलाई अरूका छोराछोरी भनेर अप्रत्यक्ष हेप्ने गरेका छन्। यदि यसो होइन भने उनीहरूले आफ्ना छोराछोरीलाई आफू कार्यरत विद्यालयमा नै पढाउने थिए । यति मात्रै होइन, राजनीतिक पार्टीका नेता होस् वा अगुवा कार्यकर्ता सबैले आफ्ना सन्तानलाई देशभित्र संस्थागत विद्यालयमा र पैसा हुनेहरूले विदेशमा पढाउने गरेको प्रमाण कसैसँग लुकेको छैन। नेताहरूले वर्तमानमा शिक्षा सम्बन्धमा दिने भाषण र गर्ने क्रियाकलापमा तालमेल देखिदैन । यस्तो किन हुन्छ भने उनीहरूलाई पनि हामीजस्तै शिक्षकले नै पढाएका छन्। गुरुको छाप चेलामा पर्नु स्वाभाविक नै हो।
खासगरी मधेसको शिक्षा दिनानुदिन खस्कँदै गइरहेको छ। समुदायमा स्थापित विद्यालय व्यवस्थापन समितिहरू पनि दिन प्रतिदिन गैरजिम्मेवार बन्दै गएका छन्। विद्यालयहरूमा पढाइ कम राजनीति बढी हुने गर्छ, जसले गर्दा पनि विद्यार्थीहरूको रुचि पढाइबाट घट्दै गइरहेको छ। ज्ञान नभए पनि चिट चोरेरै प्रमाणपत्र हासिल गर्ने होड चलेको छ र यस कार्यमा अभिभावक वा स्वयं शिक्षकहरूले पनि जसरी सघाइरहेका छन् त्यसले के देखिन्छ भने आउने दिनमा मधेसका विद्यार्थीहरू कुनै पनि प्रतिस्पर्धामा सफल हुने छैनन् र यसरी मधेसमा बेरोजगारहरूको सङ्ख्या बढ्ने छ। मधेसमा कम उमेर मै बिहे गरिदिने चलन पनि छ। परिवार बनेपछि जीविकोपार्जनको मेलोमेसो त गर्नैपर्यो। अर्थोपार्जनको साधन नभएपछि युवा गलत क्रियाकलापतर्फ लहसिने प्रशस्त सम्भावना देखिन्छ वा विदेशमा अर्थोपार्जन गर्न गए तापनि ठगिने वा शोषित हुने सम्भावना नै बढी देखिन्छ।
एकातिर मधेसमा गुणस्तरीय शिक्षाको अभाव, कृषि शिक्षाको अभाव र किसानहरूको नै कृषिमा रुचि घट्नु, मधेसका स्रोत साधनहरूको अधिकतम उपयोग कसरी गर्ने वा कस्तो शिक्षा मधेसका लागि उपयुक्त हुने सोच मधेसी नेताहरूमा नहुनु वा भए पनि तदनुरूप क्रियाकलाप देखा नपरेकोले मधेसको भविष्य सङकटग्रस्त देखिएको छ। के मधेस हाम्रो हैन ? मधेसको नाममा राजनीति गर्ने, मधेसको नाममा पैसा बटुल्नेहरूको मात्र हो ? के मधेसको निर्माण गर्ने अभिभारा हामी मधेसमा कार्यरत शिक्षकहरूको होइन ? मधेसको प्रगति सम्बन्धमा चर्चा गर्दा, अरूमाथि मात्र दोष थोपरिदिने गर्दा मधेसको उन्नति होला ?
यी प्रश्नहरूको जवाफको खोजी राष्ट्र वा समाजका जिम्मेवार हरेक वर्ग र समुदायले गर्नुपर्छ। यसै सवालको खोजी र मधेसलाई निकास दिन वा मधेसको राजनीतिलाई सही मार्गनिर्देशन प्रदान गर्न यहींनिर शिक्षकहरूले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ, किनभने शिक्षकहरू समाजका सबैभन्दा जिम्मेवार र जागरुक व्यक्ति हुन्छन्। शिक्षकहरूको कर्म नै अरूलाई सही दिशा प्रदान गर्ने हो। यस कारण शिक्षकहरूले विद्यार्थीहरूसँग घुलमिल गर्नैपर्छ र उनीहरूसंँगै रमाउनु पनि पर्छ किनभने एउटा शिक्षकले आफ्ना विद्यार्थीहरूलाई जति सिखाउँछ त्योभन्दा बढी ऊ आफैं सिक्छ। यसो भन्नुको तात्पर्य शिक्षा पद्धतिमा, शिक्षकहरूको दृष्टिकोणमा अग्रगामी परिवर्तन ल्याउनु जरुरी छ। ‘विद्यार्थीलाई असल मानिस बनाउन यदि म सफल भएँ भने मेरो कर्तव्य पूरा हुनेछ’ भन्ने सोच वर्तमानमा प्रत्येक शिक्षकले विकसित गर्नु जरुरी छ ।
ति सुविधा, निश्शुल्क पठनपाठनको व्यवस्था, निश्शुल्क पुस्तक वितरण जस्ता अनेकौं योजनाहरू कार्यान्वयनमा ल्याएको छ तर पनि सामुदायिक विद्यालयहरूमा दिन प्रतिदिन विद्यार्थी सङ्ख्या घट्दै गइरहेको छ। विद्यालयलाई विद्यार्थी नपुग्दा दुई वा तीन विद्यालय गाभेर एउटा बनाउने काम पनि भइरहेको छ भने अर्कोतर्फ संस्थागत विद्यालयहरूको बाढी नै आएको छ। ती विद्यालयहरूमा विद्यार्थी सङ्ख्यामा पनि दिनानुदिन वृद्धि भइरहेको छ। यसरी सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्या घट्नुको पछाडि विद्यालयप्रतिको विश्वसनीयतामा कमी आउनु हो भने धेरैजसो संस्थागत विद्यालयहरूमा अझ पनि पढाइको वातावरण खस्केको छैन भन्ने कुरो प्रवेशिका परिणामले देखाएको छ। सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्यामा वृद्धिका लागि सरकारले नयाँ विद्यार्थी भर्ना योजना, सामुदायिक विद्यालयहरूमा पनि अङ्ग्रेजी माध्यममा पठनपाठनको व्यवस्था, सामुदायिकबाट एसएलसी गरेमा छात्रवृत्