प्रस, वीरगंज, १४ असार/
निर्वाचन क्षेत्र नं. ५ का सभासद् जयप्रकाश थारूको अगुवाइमा आज संसदीय विकास कोष र स्थानीय तथा सङ्घीय विकास मन्त्रालयको सहयोगमा सञ्चालित विकास निर्माण कार्यको स्थलगत अनुगमन शुरु भएको छ ।
संसदीय विकास कोष अन्तर्गत निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत आएको रकम र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत् जिल्ला विकासले विभिन्न योजना अन्तर्गत शुरु गरेको निर्माण कार्यको स्थलगत अवलोकन आज विभिन्न गाउँमा सम्पन्न भएको छ ।
कृषि सडक अन्तर्गत ८ लाखको जानकीटोला–भिस्वा सडकमा माटो पुरी ग्राभेल, सडक बोर्डको १४ लाखमा जानकीटोला–सुवर्णपुर सडक मरम्मत, शान्ति मन्त्रालयबाट प्राप्त २ लाख बराबरको धर्मशाला निर्माण, जिल्ला विकासले दिएको रु ७ लाखको जानकीटोला–जमुनिया–बढैया सडकमा माटोपुरी ग्राभेल गर्ने, बिसुनपुरवा–पीडारीको सडकखण्डमा रु ७ लाखको माटो पुरी ग्राभेल, रु ७ को खर्चमा जीराभवानी मन्दिरमा शौचालय मरम्मत, तारजाली निर्माण, रु २ लाख ६० हजारको खर्चमा शहीद पार्क सुवर्णपुर मरम्मत, रु १० लाखमा ब्रह्मनगर–शिकारीवास ग्रेभल बाटो निर्माण, राईधारा प्रतीक्षालय, गणेशमान फाउन्डेशन ठोरी, नागरिक सचेतना केन्द्र ठोरी, बुलबुले सिंचाइ योजना ठोरी–१ जस्ता ठाउँहरूमा स्थलगत अनुगमन गरेका छन्।
अनुगमनमा जिल्ला विकासको तर्फबाट योजना प्रमुख उदय सापकोटा, राजनीतिक दलबाट नेपाली काङ्ग्रेसका दिनेश चौधरी, एमाओवादी नेता प्रभुप्रसाद यादवलगायत विभिन्न दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।