$type=ticker$count=12$cols=4$cate=0

आर्थिक समृद्धि र संविधान

SHARE:

वीरेन्द्र यादव
    राजनीतिक परिवर्तन र सङ्घर्षको हिसाबले कुरा गर्ने हो भने नेपाली जनता राजनीतिक किताबजस्तेै छ । ६ दशकको अवधिमा जहानियाँ राणाशासनलाई बिदा मात्र गरेन २००७ देखि २०१५ सालसम्म कमजोर राजा र बलियो दलहरूको शासन हेर्‍यो । २०१५ देखि २०१७ सालसम्म प्रत्यक्ष निर्वाचित सरकारको अनुभव गर्‍यो । २०१७ सालदेखि २०४६ सालसम्म सक्रिय राजतन्त्रसहितको पञ्चायती व्यवस्थाको पनि अनुभव गर्‍यो । बीचमा जनमत सङ्ग्रहको स्वाद चाख्यो । २०४६ देखि २०६१ सम्म संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्रिक व्यवस्थाको अभ्यास गर्नुका साथै  विश्वमैं ख्याति कमाएको शाही सेनाको कडा सुरक्षा घेराभित्र राजा वीरेन्द्रको पूरा परिवारको हत्या भएको हृदयविदारक घटनाको पनि साक्षी बन्यो । यति मात्र होइन २०५२ सालदेखि २०६२ सालसम्म माओवादीको जनयुद्ध भोग्यो । त्यस जनयुद्धको शान्तिपूर्ण अवतरण मात्र गराएन, प्रजातन्त्रको घाँटी निमोठ्ने प्रयास गरेका राजा ज्ञानेन्द्रलाई आन्दोलनको बलमा फालेको पनि राम्रै अनुभव छ । विदेशीहरूको मध्यस्थताबेगर जनयुद्ध विराम भयो । जुन विश्वमैं मौलिक मात्र छैन विश्वकै लागि शिक्षाप्रद छ ।
    नेपाली जनताले २००४ सालमा बीजारोपण भएको संविधानसभाको निर्वाचन मात्र गरेन, पहिलो बैठकबाट नै २३८ वर्षको बलियो राजतन्त्रलाई बिदा गरी गणतन्त्र स्थापना गर्‍यो । प्रधानमन्त्री नै राष्ट्राध्यक्ष भएको शासनको मात्र अनुभव गरेन, शोषणमा परेको समुदायको व्यक्ति पनि राष्ट्रप्रमुख भएको अनुभव मुलुकले गर्‍यो । दमन शोषणमा परेको मधेसी जनताको मधेस आन्दोलन भयो ।  यत्रो राजनीतिक परिवर्तनले नेपालीहरूसँग राजनीतिको हरेक अवसर र चुनौतीको अनुभव रहेको स्वीकार गर्नैपर्छ । यत्रो सङ्घर्षको कारण हो मुलुकलाई समृद्ध बनाउने र प्रजातान्त्रिक व्यवस्था संस्थागत गर्ने । तर न मुलुक आर्थिकरूपले समृद्ध बन्न सकेको छ, न लोकतन्त्र नै संस्थागत भएको छ । लोकतन्त्र संस्थागत नहुनुको कारण आर्थिक परनिर्भरता हो भने समृद्ध नहुनुको कारण शासकहरूको परिवारिक विकासको मोह हो । राजा शासनमा राजाहरू आफ्नो परिवारलाई मात्र आर्थिकरूपले सबल बनाए भने प्रजातान्त्रिक शासनमा नेताहरूले । कृषि प्रधान मुलुकमा खाद्यान्नसमेतमा अरूको भर पर्नु विडम्बना मात्र हो । यही कमजोरीको सुधार निमित्त राज्य पुनर्संरचना गर्न लागिएको हो ।
    आउने संविधानले आर्थिक समृद्धिको पूर्वाधार तयार गर्नुपर्छ । समृद्धिको लागि उत्पादन क्षमता बढ्नुपर्छ भने रोजगारको अवसर सिर्जना हुनुपर्छ । साथै मितव्ययिता पनि स्थापित हुनुपर्छ ।
    चार दलको १६ बुँदे सहमतिले संविधान जारी हुने सम्भावना बढे पनि समृद्धिको सवाल ज्यूँकात्यूँ छ । नेताहरूको हतारको सहमतिले अर्थतन्त्र  विगतभन्दा पनि कमजोर हुने सम्भावना बढेको छ । राज्यको उचित पुनर्संरचना र साधन स्रोतको न्यायोचित बाँडफाँड र सामानुपातिक सहभगिता नहुन्जेल समग्र मुलुकको विकास हुँदैन । यसको लागि सङ्घीयता हुनै पर्छ । तर सङ्घीयतालाई ओझेलमा पार्नेगरी सहमति भएको छ । जसले आर्थिक समृद्धिको छिनो विश्वास पनि सड्ढटमा फसेको छ । आम जनताको मनमस्तिष्कमा बसेको सङ्घीयतालाई धोकाधडी वा दम्भको कारण ओझेलमा पार्नुभन्दा सङ्घीय नेपालमा आर्थिक समृद्धि कसरी हुन्छ भन्ने विषयमा बृहत् छलफल हुनुपर्छ । सङ्घीयताको अवसर तथा चुनौतीको समीक्षा हुनुपर्छ । यस्तो महत्त्वपुर्ण एवं संवेदनशील विषयमा बहससम्म  नचल्नु, प्रान्तहरूको आर्थिक स्रोतको सोधखोज नहुनु, प्रदेशको उद्योग व्यवसाय, आयात–निर्यातको अवस्था, खाद्यान्न उत्पादन तथा रोजगार सिर्जना  विषयमा कतै बहस र अनुसन्धान नहुनु  दु:खद कुरा त हुँदै हो, सङ्घीयताको नाममा खर्च बढने काम मात्र गर्नु सङ्घीयता असफल गरेर एकात्म शासन पुनस्र्थापित गर्ने आन्तरिक रणनीति पनि हुन सक्छ । तर यस्तो रणनीति प्रत्यसत्पादक हुन सक्छ ।
    समाचारमा आए अनुसार आठ प्रदेश कायम गर्ने र केन्दी्रय सांसद सङ्ख्या तीन सय पचासी हुने बताइएको छ । त्यसैगरी प्रत्यक्ष निर्वाचत राष्ट्रपति र संसद्बाट निर्वाचित प्रधानमन्त्रीसहितको मिश्रित शासकीय स्वरूप राख्ने छलफल चलेको सुनिएको छ । पाँच वर्षसम्म संवैधानिक अदालत पनि राख्ने सहमति भएको छ । उपरोक्त सहमतिले अत्यधिक विवाद सिर्जना गर्ने मात्र होइन, अत्यधिक आर्थिक भार बढ्ने  छर्ल·ै देखिन्छ । केन्द्रीय सांसदको सङ्ख्या ३ सय पचासी छ भने प्रान्तीय सांसदको सङ्ख्या त्योभन्दा बढी हुने निश्चित छ । किनभने सङ्घीयतामा अधिकारको बढी प्रयोग प्राय: एकाइबाट नै हुने भएकोले प्रान्तीय संसद् बलियो बनाउनैपर्छ । सो निमित्त पनि प्रान्तीय सांसदको सङ्ख्या बढ्ने निश्चित छ । आठवटा नै प्रान्त भयो र एउटा प्रान्तमा चार सयकै दरले सांसद रहने प्रावधान भयो भने अहिलेको भन्दा आठ गुणा बढी खर्च हुने निश्चित छ । एक अर्ब ३० करोडभन्दा बढी जनसङ्ख्या भएको भारतमा ५ सय ५२ सांसद मात्र छन् । पौने तीन करोड जनसङ्ख्या भएको मुलुकमा तीन सय पचासी केन्द्रीय सांसद राख्नु राजनीतिक खेलाँची हो । तीन सय पचासीमध्ये ६० माथिल्लो सदनको लागि बाँकी तलो सदनको निमित्त सहमति भएको छ । तल्लो सदनको सङ्ख्याको पचपन्न प्रतिशत प्रत्यक्ष निर्वाचित र बाँकी सामानुपातिकबाट हुने देखिन्छ । यस हिसाबले के देखिन्छ कि विगतकै निर्वाचन क्षेत्रलाई करिब करिब आधार बनाउने मनोविज्ञान नेताहरूको छ । विगतकै निर्वाचन क्षेत्रलाई आधार बनाउने मनोविज्ञानले मुलुकको समृद्धिभन्दा आफ्नो भोट बैक बचाउने गरी सहमति भएको बुझ्नुपर्छ । यसले बितेको निरङ्कुश शासकझै मुलुकको समृद्धिप्रति नेताहरू गम्भीर छैनन् भन्ने पुष्टि हुन्छ  ।
    सांसद् सङ्ख्या कम राखेर आर्थिक भार कम हुनेगरी विषयगत समितिले सर्वसम्मत निर्णय गरिसकेको छ तर व्यक्तिगत लाभको चक्करमा सो निर्णयको बेवास्ता गरिएको छ । समितिको सहमति खर्च कम गर्ने खालको मात्र छैन, संविधानसभाबाट पनि सर्वसम्मतिले पारित हुने सम्भावना बढी छ । विषयगत समितिले तल्लो सदनमा एक सय ५१ र माथिलो सदनमा ५१ गरी २०२ जनाको केन्द्रीय संसद् बनाउने सर्वसम्मत निर्णय गरेको थियो । वास्तवमा नेपालजस्तो गरिब र सानो मुलुकको लागि यो सङ्ख्या पनि बढी छ ।
    यत्तिका सांसदलाई तलब, भत्ता र सुविधा दिएपछि विकास खर्च कसरी जुट्छ । आवधिक र मध्यावधि निर्वाचन खर्चको भार छुट्टै छ । सांसदहरूकै आर्थिक भार वहन गर्न साधनस्रोत कम भएको अवस्थामा मिश्रित शासकीय स्वरूपको सहमति गरिएको छ । राष्ट्रपतिको प्रत्यक्ष निर्वाचनको खर्च पनि केन्द्रीय संसद्को खर्चभन्दा कम हुन्न । दुवैको अधिकार समानान्तर भएपछि प्रशासनिक खर्च पनि बराबर छुटयाउनुपर्छ । यसले केन्द्रमा नै अहिलेभन्दा दोब्बर खर्च बढ्ने निश्चित छ । यसर्थ सङ्क्रमणकाललाई बिदा गर्न जति आवश्यक छ त्योभन्दा बढी मुलुकलाई समृद्ध बनाउनु जरुरी छ । प्रान्त सङ्ख्या सकभर कम हुनुपर्छ रसांसद सङ्ख्या पनि कम पार्नुपर्छ । सांसदहरूको न्यून  तलब भात्ताको किटान अहिले नै गर्नुपर्छ । राष्ट्रपतिको प्रत्यक्ष निर्वाचनको साटो राष्ट्रपतिको चयन संसद्बाटै गर्नुपर्छ । केन्द्रीय संसद्कै निर्वाचनले प्रम र राष्ट्रपति दुवैको चयन हुन सकोस् । यसरी लोकतन्त्र संस्थागत हुन्छ र सङ्घीयता सफल हुन्छ । गणतन्त्र पनि दीर्घायु हुन्छ । जारी हुने संविधानले अर्थतन्त्रलाई धराशायी पारेर मुलुकको अस्तित्व सड्ढटमा पार्‍यो भने आजका सभासद्हरू कलड्ढको भागीदार हुनेछन् ।
    यो अर्थतन्त्रको युग हो । लोकतन्त्रको जग नै आर्थिक समृद्धि हो । आर्थिक समृद्धिलाई बेवास्ता गरेर लोकतन्त्रको जग कमजोर नपारौ आम जनताको आग्रह र अपेक्षा छ ।
    समानुपातिकबाट चुनिने प्रक्रिया घटायौं भने सन्तुलन हुन सक्छ । समानुपातिक वास्तवमा आवश्यक पनि छैन । संविधानसभाको निमित्त अपरिहार्य थियो किनभने त्यो निश्चित समयको लागि थियो र सदीयौंसम्म चल्ने मूल कानुन निर्माणको लागि थियो । संविधानमा सबैको स्वामित्व स्थापित गर्न हरेक वर्ग समुदायको प्रतिनिधित्व अपरिहार्य थियो । तथापि त्यसको चरम दुरुपयोग पनि भएको छ । शीर्ष नेतृत्वले समानुपातिकमा पत्नी र आफन्तलाई मनोनयन गरेका छन् भने पार्टीलाई घर बहालमा दिनेलाई पनि मनोनीत गरेका छन् । यसले लोकतान्त्रिक दलको नेतृत्वमा दम्भ र व्यक्तिवादी प्रवृत्ति मात्र देखा परेको छ । मनोनयनकै कारण कतिपय दल विभाजित भयो भने कतिपयले लामो समयसम्म आन्तरिक कलहको भार खेप्यो । गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिको मनोनयनले आचारसंहिता विपरीत आपराधिक क्रियाकलाप भयो र जनप्रतिनिधि बदनाम भए । यसर्थ सामानुपातिकको प्रावधान आवश्यक छैन । यसले दल विभाजन प्रक्रिया घट्छ र आर्थिक भार पनि कम हुन्छ । केही विशेषज्ञ मनोनयन गर्न आवश्यक पर्छ, त्यसको लागि ३२५ को हुने ५५ प्रतिशतबाट आउने सङ्ख्याको दश प्रतिशत जगेडा राखेर बाँकी प्रत्यक्ष निर्वाचित बनाउनु नै समृद्धि खातिर उचित छ । मनोनीत गर्दा कार्यकर्तालाई नगरी विशेषज्ञलाई मात्र गर्ने बाध्यात्मक प्रावधान राख्नुपर्छ । सामानुपातिको ४५ प्रतिशत पूरै हटाउनुपर्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : आर्थिक समृद्धि र संविधान
आर्थिक समृद्धि र संविधान
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/06/blog-post_622.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/06/blog-post_622.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy