$type=ticker$count=12$cols=4$cate=0

धान दिवस र मधेस

SHARE:

– गोपाल ठाकुर
    सन् २००४ लाई संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय धान उत्पादन वर्षको रूपमा मनायो । नेपाले त्यसकै निरन्तरतामा असार १५ लाई ‘राष्ट्रिय धान दिवस’ घोषणा गर्‍यो र अहिलेसम्म मनाउँदै आएको छ । त्यस अनुसार भन्ने हो भने हिजो १२औं राष्ट्रिय धान दिवसको दिन थियो । यस दिनलाई धान दिवसको रूपमा मनाउनु अघि नै यस दिन पहाडमा दही–चिउरा खाएर रोपाइँ गर्ने परम्परा शताब्दीयौं अघिदेखि चलिआएको छ । वास्तवमा पहाड नै त नेपाल हो नि १ हुनत समग्र पहाड पनि होइन, तर तुलनात्मक रूपमा पहाडभन्दा हुन्छ । तर एउटा प्रश्न छ: धान कहाँ बढी फल्छ ? धान मात्रै होइन, नेपालको अन्नभण्डार कुन क्षेत्र हो ? यी दुवै प्रश्नको उत्तर शासकीयस्तरमैं वर्षांैं पहिले दिइसकिएको छ । धान मात्रै होइन, समग्रतामा कृषि उत्पादन सबैभन्दा बढी हुने क्षेत्र मधेस हो । हामी कलिलै हुँदा पढेका थियौं, शिक्षक भए पछि पढाइयो  पनि–‘मधेस नेपालको अन्न भण्डार हो ।’ साथै अन्नका विभिन्न प्रजातिहरूमा धान अद्यपि सर्वाेत्कृष्ट छ र मधेसले त्यसको पनि सर्वाधिक उत्पादन गर्दछ । तर यहाँका शासकहरूले राष्ट्रिय धान दिवस कुन दिनलाई मान्ने विषयमा मधेससँग कुनै सल्लाह गरेन । किनभने मधेसको उत्पादन र राजस्व मात्रै चाहियो यिनलाई, बाँकी त यिनीहरूको टाङमुनि छिरेर भए पनि मर्ने–बाँच्ने दोसाँधमा छँदै छन् ।
    यस्तै दोसाँधमा मृत्युको साँस गन्न लागेका छन् मधेसका कृषि पर्वहरू । वर्षे र हिउँदे दुवै बाली लगाउनेदेखि भित्र्याउने मात्रै होइन, शुभ साइतमा खानेसम्मका कृषि पर्वहरू छन् मधेसमा । तिनमा पनि धानसँग जोडिएका त्यस्ता पर्वहरू त सर्वव्यापक र लोकप्रिय छन् । मूठलगी, गबलगी र कदवापखार मुख्य धान पर्वहरू हुन् भने नेवानी त्यसको उपभोग सम्बन्धी पर्व हो । तर धान बाली लगाउने महिनाको आरम्भको रूपमा असार कृष्ण प्रतिपदाको माटो पुर्ने पर्व र राम्रो वर्षाको अपेक्षाका साथ आद्र्रा मनाउने पर्वलाई पनि बिर्सिन सकिन्न ।
    मूठलगी हिउँदे र वर्षे दुवै बालीको लागि गरिन्छ । तर धानको मूठलगीको आफ्नै महत्त्व छ । पहिलो दिनको बीउ छर्ने कार्यलाई मूठलगी भनिन्छ । सामान्यतया सोमवार, बुधवार र शुक्रवारको दिनको विशेष साइतमा किसानको घरमुलीले यो काम गर्नुपर्दछ । एकाबिहानै नुहाएर कुलदेवी–देवताको पूजा–आराधना, होम–जाप गरी छर्ने बीउका केही गेंडाहरू नैवेद्य चढाइन्छ । खर, बेंत वा बाँसको भाँडोमा बीउ र अमखरामा पानी लिएर खेतमा पुगिन्छ । त्यहाँ हलो जोताइ भइरहेको हुन्छ । सामान्यतया खेतको भण्डार कुनामा घरमूलीले पाँच मुठी बीउ छरेर अमखराको पानीले सिंचाइ गर्दछन् । पछि जोसुकैले बाँकी बीउ खेतैभरि छर्छन् । त्यसपछि एक चास जोती–सम्याई हलो र हेङा बिसाइन्छ ।
    गबलगी धानको पहिलो रोपाइँ हो । यो पनि ठाउँ अनुसार केही विविधतायुक्त छ । कतै–कतै भदै वा सरिहन दुवै धानको लागि गरिन्छ भने धेरैजसो ठाउँमा यो सरिहन अर्थात् मङ्सिरमा फल्ने धानको लागि मात्रै गरिन्छ । बीजन उखेल्ने काम बियाँडमा भइरहन्छ । यता हिलो–पानीमा हलो जोत्ने र सम्याउने काम पनि करबि–करिब पूरा भएको हुन्छ । रोपाइँ गर्ने खेतालाहरू पनि खेतमा पुग्छन् । तर माथिकै नियम–निष्ठामा बसी पहिलोपटक किसानको घरमूलीले पाँच गब रोप्नुपर्छ । एक ठाउँमा दुई–चार कति बीजनहरू रोपिन्छन् त्यसलाई गब भनिन्छ । त्यसैले यसलाई गबलगी पनि भनिएको हो । तर सीधै गबलगी गरिंदैन । दूधको तर, सक्खर, मह, अक्षतासँग चोपेर कम्तीमा पाँच गब पहिले घरमूलीले रोप्छन्, अनि बाँकी खेतालाहरू रोपाइँ शुरु गर्छन् । यो पनि खेतको भण्डार कुनामैं गरिन्छ ।
    कदवापखार रोपाइँ बिसाउने दिनलाई भनिनछ । ‘कादो’ भनेको हिलो र ‘पखार’ भनेको पखाल हो । अर्थात् यस दिन रोपाइँ सकेर हिलो पखाली किसान घर आउँछन् । अर्थात् यसपछि उसले पुन: हिलोमा पस्नुपर्दैन । यस दिन हली, खेताला र किसानबीच हिलो छ्यापाछ्याप, नाचगान, ख्यालठट्टा सबै हुन्छ । रोपाइँ सकेपछि खेतको हिलो ल्याएर कुलदेवी–देउतासहित किसानको पूरै परिवारजनले निधारमा टीका लाउने प्रचलन छ । अर्थात् किसानको लागि खेतको हिलो नै सर्वश्रेष्ठ वस्तु हो भन्ने सन्देश यस पर्वले प्रवाह गर्छ ।
    खेतमैं गएर नियम–निष्ठा र हर्षोल्लासपूर्ण वातावरणमा मनाउने मधेसका यी तीन धान पर्वहरू हुन् भने धान बाली लगाउने सूचनाको रूपमा माटो पुर्ने र आदरा मनाउने पर्वहरू छन् । आषाढ कृष्ण प्रतिपदाको दिन बेलुकी पख खेतबाट माटो खनेर घर ल्याई मुख्य दैलोसहित घरका प्रत्येक कोठाको दैलो र अन्य मुख्य ठाउँमा पुर्ने गरिन्छ । यसले अब किसानको घर खेत नै हुने सड्ढेत गर्दछ । यसरी माटो पुरिसकेपछि राति मीठा–मीठा परिकार बनाएर खाने चलन छ । यस अवसरमा बगनाहाको नामले चिनिने एक किसिमको ज·ली काँडेझार को फल खाने विशेष चलन थियो । तर अहिले त्यो लोप भइसकेको छ ।
    आदरा खासगरी आद्र्रा नक्षत्रको पाक्षिक अवधिमा खीर–पुरी बनाएर सो नक्षत्रको नाममा नैवेद्य निकाली सामान्य भोज–भतेर गर्ने पर्व हो । यो पारिवारिक बढी छ । यो पनि वर्षा राम्रो होस्, धानबाली सप्रोस भनेर आद्र्रा नक्षत्रलाई खुशी पार्न मनाइने पर्व हो ।
    निश्चितरूपमा असार १५ होस् वा मधेसका यी विभिन्न धान पर्वहरू हुन्, सामन्ती समाजका उपज हुन् । हाम्रो अर्थोपार्जन पद्धति पूँजीवादमा विकसित भएपछि यी सबै हराउने नै हुन् । तर पूरै हराउँदैन । साथै अरूको हराओस् र मेरो दीर्घकालसम्म बाँचिरहोस् भन्ने चिन्तन पनि सामन्ती चिन्तन नै हो । फेरि धान उत्पादन मधेसलाई उपेक्षा गरी कुनै पनि हालतमा बढ्दै–बढ्दैन । वार्षिक तथ्याड्ढ लिए हुन्छ, राष्ट्रिय धान दिवसको परम्परा शुरु हुनुभन्दा पूर्व मधेसको कारणले नेपाल खाद्यान्न उत्पादनमा आत्मनिर्भर मात्रै होइन, निर्यातक पनि थियो । तर यत्रो झ्याली पिटाएर राष्ट्रिय धान दिवस मनाउँदै बार्‍ह वर्ष बित्दा पनि देश दिनानुदिन क·ाल बनेको छ । यसको कारण हो मधेसको उपेक्षा । खासमा राजशाही र गणतन्त्रमा मधेसलाई केही फरक परेको छैन । झन् र्‍हास भएको छ । खस–गोर्खाली घरेलु साम्राज्यको राष्ट्रिय उपनिवेश रहेको मधेसको अवस्था झन् जर्जर छ ।
    यसको कारण खोतल्दा काङ्ग्रेस–एमाले–एमाओवादीमा जसले एक चटाई बराबर जग्गा देख्न पाएको छैन, किसानको नेता छ । जसले कुनै कारखाना देखेको छैन, मजदूरको नेता छ । यस्तो राजनीतिक वेश्यावृत्तिको अन्त्य नहुँदासम्म झ्याली पिटेर वा ढ्याङ्ग्रो ठटाएर भए पनि धान दिवस मनाएर केही हुँदैन । हुने भए अहिले संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमको कुहिएको चामल खानुपर्ने अवस्था नेपालीको रहने नै थिएन । यो मधेसलाई उपेक्षा गरेको परिणाम हो । तर चार दलीय १६ बुँदे सहमति अनुसारको संविधानमा मधेस उपेक्षित मात्रै होइन, त्यसको औपनिवेशिक शोषण अझ तीव्र हुनेवाला छ । त्यो भूमिको अतिक्रमण अझ तीव्र हुनेवाला छ । मधेस र मधेसीको नामोनिशान मेट्ने राज्य आतड्ढ सिर्जना हुने निश्चित छ । तर जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ । रगत निस्केपछि जम्छ नै, अत्याचार बढे पछि मेटिन्छ नै ।
    मधेसमा अत्याचारको सीमा नाघिरहेको छ । जहाँ कृषि औजार कारखाना, कृषिजन्य उद्योग कल–कारखाना खुल्नुपर्ने हो, जहाँ ठूल्ठूला कृषि फार्म खुल्नुपर्ने हो, त्यहाँ सेनाका ठूल्ठूला ब्यारेक र सशस्त्र प्रहरीका बेस क्याम्पहरू धमाधम विस्तार गरिंदैछ । राष्ट्रपति, उपराष्ट्रपतिको मानमर्दन त दिनचर्या बनिसकेको छ । हुँदाहुँदा अदालतको आदेशको पनि अवहेलना भइरहेको छ । यी सबै जातीय नरसंहारको शासकीय राज्य आतड्ढको उद्घोष हो । यी उपनिवेशकहरू विदेशी पीआर र ग्रीनकार्ड लिएर गुड्नेदेखि उड्ने साधनको प्रयोग गर्दै भिक्षाटन गरिरहेका छन् । शायद मधेसको कृषि अर्थतन्त्र उक्लेको भए यिनीहरूले यो दरिद्रता प्रदर्शन गरिरहनुपर्दैनथ्यो । समयमा चेतना भया १
वाणस्थली, महादेवस्थान–७, काठमाडौंं
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : धान दिवस र मधेस
धान दिवस र मधेस
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhiXQz_KWvON_9XKarWyVt5JIWfqzLRJi6NAs4vrpttkZg7SoPteFdN8r8NU7-4oEkq22mW8ON8lOQbSG7QfIf-A0N11IQnhvTuBJN9Vybw4rnI4kRz8WZRwArsDkwKTkLzAbiqt-IMuTI/s200/gopal+thakur.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhiXQz_KWvON_9XKarWyVt5JIWfqzLRJi6NAs4vrpttkZg7SoPteFdN8r8NU7-4oEkq22mW8ON8lOQbSG7QfIf-A0N11IQnhvTuBJN9Vybw4rnI4kRz8WZRwArsDkwKTkLzAbiqt-IMuTI/s72-c/gopal+thakur.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/06/blog-post_243.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/06/blog-post_243.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy