प्रस, परवानीपुर, १५ जेठ/
वीरगंज कारागारमा १० वर्षको लागि कैदसजाय भुक्तान गरिरहेकी मकवानपुर, हेटौंडा–६ कि पार्वती गोलेको लागि आजको दिन अविस्मरणीय बनेको छ । आज बिहानैदेखि उनको मुहारमा चमक देखिन्थ्यो ।
हिजैदेखि उनी गणतन्त्र दिवसको अवसरमा छोडिने कैदीबन्दीहरूको सूचीमा परेकीले गएराति रातभरि राम्ररी सुत्न पाएकी थिइनन् । जब उनको नाम निश्चित भयो, उनी निकै खुशी भइन् । उनी आज परिवारका सदस्यसँग आफ्नो घर हेटौंडा फर्केकी छिन् । उनलाई लिन वीरगंज कारागारमा उनकी भाउजू अस्मिता गोले बिहानै १० बजेदेखि कारागारको मूलगेटमा प्रतीक्षामा बसेकी थिइन् । उनलाई जिम्मा लगाएर घर पठाउँदाको दृश्य निकै भावुक थियो । सबै कैदीबन्दीहरू उनीसँग अँगालो मारिरहेका थिए । खुशी साटासाट गरिरहेका थिए । १० वर्षको कैदसजाय पाएकी पार्वतीले ५ वर्ष काटिसकेकी थिइन् । आचरण राम्रो भएको आधारमा उनलाई आममाफी दिइएको हो ।
त्यस्तै, आज गणतन्त्र दिवसको अवसरमा कैदीबन्दीको सजाय माफ हुनेमा बारा ,भगवानपुर पटेर्वा–५ कि धन्मन्ती देवीलाई लिन आएको उनको छोरा सन्तोष सिंहको आँखा खुशीको आँसुले भरिएको थियो । आमाछोराको भेटपछि दुवैजना भकानिंदै एकछिन रोए ।
वीरगंज कारागारबाट ७ महिलासहित अशक्त, वृद्ध गरी ५३ जना कैदीबन्दीले आममाफी पाएका छन् ।
वीरगंज कारागारबाट ५० प्रतिशत सजाय भुक्तान गरिसकेका कर्तव्य ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना, डाँका, चोरीलगायत मुद्दाका महिला, अशक्त, वृद्ध कैदीबन्दीहरूलाई आममाफीको लागि यस वर्ष ७० जनाको नाम सिफारिस गरी पठाइएको थियो । आममाफी गरिने कैदीबन्दीहरूमा बारा, भगवानपुर पटेर्वाकी धन्मन्ती देवी कुर्मिन, बारा, हर्दियाकी शान्ति सहनी, बारा, कलैया नगरपालिका–३ कि मैनब खातुन, नवलपरासी, गैंडाकोटकी निकिता राई, मकवानपुर, हेटौंडा–६ कि पार्वती गोले, मकवानपुर, हेटौंडा–३ कि कमला विक, कलैया–३ कि रूकसाना खातुनलगायत ७ जना महिला तथा बारा, लिपनीमाल–३ का बद्री साह सोनार, भारत विहार रक्सौलका वृद्ध ताहिर मियाँलागतय ५३ जना रहेका जनाइएको छ ।
आममाफी पाएका सबै कैदीबन्दीहरूलाई वीरगंज कारागारका चौकीदार शेख सफी अहमदले अबिर लगाइ बिदाइ गरेका थिए । ५३ जनाको बिदाइपछि वीरगंज कारागारमा १ हजार ८६ जना कैदीहरू बाँकी रहेका वीरगंज कारागारका नवआगन्तुक जेलर गणेश आचार्यले बताए ।