विश्वराज अधिकारी
हामी एउटै आकाशमुनि बस्छौं । चारैतिर फैलिएको एउटै हावा हामी सबैले श्वासप्रश्वासका लागि प्रयोग गर्छौं । सूर्यले बिना भेदभाव हामी सबैलाई एकै किसिमको प्रकाश दिन्छ, त्यसको हामी सबैले समान किसिमले उपभोग गर्छौं । यस अर्थमा हामी सबै एउटै ग्रहका प्राणी हौं । एउटै ग्रह, पृथ्वीमा हामी सबै बस्छौं । तर व्यवहारमा भने हामी एउटै पृथ्वी वा संसारमा बस्दैनौं । हामी बस्ने संसार फरकफरक छ । आर्थिक हैसियत, अवस्था र वातावरण आदिको आधारमा हामी फरकफरक संसारमा बस्छौं । परम्परागत रूपमा हामी बस्ने संसारलाई चार किसिमले विभाजित गरिएको छ । पहिलो, दोस्रो, तेस्रो र चौथो गरी यो संसारलाई चार संसारमा विभाजन गरिएको छ ।
पहिलो संसार त्यो हो, जुन संसारका देशहरूमा स्थिर सरकार हुन्छ । सरकार जनउत्तरदायी मात्र होइन, सरकारका संयन्त्रहरू सामान्य जनताको निर्देशन र नियन्त्रणमा हुन्छ । जनताले दिएको करलाई सरकारले सदुपयोग गर्छ र जनताले कर दिएकोमा आभार व्यक्त गर्छ । सरकार र त्यसमा रहेका नेता एवं कर्मचारीहरू आफूलाई देश र जनताको सेवक हुँ भन्ने अनुभूति हरदम मनन गर्छन् र त्यसै अनुरूप जिम्मेवारी र कर्तव्य निर्वाह पनि गर्दछन् । यो पहिलो संसारमा न्यायलाई सजिलो मात्र होइन, निष्पक्ष पनि पारिएको हुन्छ । नियम कानुनको निर्माण राजनैतिक दल वा नेताहरूको सुविधा अनुसार नभएर जनताको सुविधा र आवश्यकता अनुसार हुन्छ । सामान्य किसिमले, पहिलो विश्वका जनताको आम्दानी तुलनात्मकरूपमा उच्च हुन्छ । यो संसारका देशहरूमा प्रजातान्त्रिक व्यवस्था हुन्छ । राष्ट्रको अर्थतन्त्रलाई पूँजीवादले डोर्याएको हुन्छ । बजारलाई सरकार होइन माग र आपूर्तिले नियन्त्रण गर्छ ।
पहिले साम्यवादी व्यवस्था भएका वा हाल पनि सोही व्यवस्था अनुरूप राष्ट्रिय अर्थ व्यवस्थालाई प्रभावित एवं राष्ट्रिय अर्थ व्यवस्थामा सरकारको नियन्त्रणको वकालत गर्ने राष्ट्रहरू दोस्रो विश्वमा पर्दछन् । तत्कालीन सोभियत सङ्घ, पूर्वीय युरोपका पहिले कम्युनिस्ट व्यवस्था अँगालेका राष्ट्रहरूलाई त्यस बेला दोस्रो विश्वका राष्ट्रको रूपमा लिने गरिन्थ्यो । केहीले अहिले पनि ती राष्ट्रहरूलाई दोस्रो विश्वको राष्ट्रको रूपमा लिने गर्छन् । चीनलाई पनि दोस्रो विश्वको राष्ट्र अन्तर्गत नै राख्छन् । दोस्रो विश्वका राष्ट्रका नागरिकहरूको राजनैतिक अधिकार नेता वा राजनैतिक व्यवस्थाद्वारा सङ्कुचित पारिएको हुन्छ । कानुन एवं न्याय नागरिकमुखी हुनुको साटो सरकारमुखी हुने गर्दछ । राजनैतिक स्वतन्त्रता पनि सीमित पारिएको हुन्छ ।
आर्थिक एवं सामाजिक पछयौटेपनबाट उन्मुक्ति पाउन सङ्घर्षरत विकासशील मुलकहरू तेस्रो विश्वमा पर्दछन् । अस्थिर सरकार, भेदभावपूर्ण न्याय व्यवस्था, आर्थिक एवं पदीय भ्रष्टाचार, अस्थिर नियम कानुन, परम्परागत संस्कृति आदि तेस्रो विश्वका विशेषता हुन् । तेस्रो विश्वका सरकार एवं नेताहरूले आफूलाई मालिक ठान्दछन र नागरिकहरूलाई आफ्नो निर्देशन पालकको रूपमा हेर्दछन् । साधनहरूको प्रचुरता रहे तापनि कमजोर नीति, अस्थिर सरकार, सम्बन्धित निकायहरूको गैरजिम्मेवारी, भ्रष्टाचार आदि जस्ता समस्याहरूले गर्दा ती साधनहरूको अनुकूल उपयोग गरेर बहुसङ्ख्यक जनताको आर्थिक जीवन सरल पार्न अक्षम हुन्छन् । उपलब्ध भूमिको तुलनामा अति जनसङ्ख्याको भारले थिचिएका तेस्रो विश्वका राष्ट्रहरूको अधिकतम समय केवल गरिबीसँग सङ्घर्ष गर्नमा नै बित्छ जसले गर्दा विज्ञान र प्रविधिको क्षेत्रमा पछाडि हुन पुग्छन् । चर्को उत्पादन लागतले गर्दा प्रतिस्पर्धात्मक लाभ उपभोग गर्न सक्तैनन् । तेस्रो विश्वका मुलुकहरू आफ्नो अर्थव्यवस्थामा निर्भर हुनुको साटो निर्यातमुखी अर्थतन्त्रमा बढी आश्रित हुन पुग्छन् । तेस्रो विश्वका राष्ट्रहरूलाई तेस्रो विश्वको वर्गीकरणमा पार्न त्यहाँका नागरिक पनि उत्तिकै जिम्मेवार हुन्छन्, जति राजनैतिक दल र नेताहरू हुन्छन् । नेपाल, भारत, भुटान, पाकिस्तान, अफगानिस्तान, सुडान, अल्जेरिया, नाइजेरिया, ब्रजील, अर्जेन्टिना आदि आदि मुलुकहरू तेस्रो विश्वका राष्ट्र हुन् ।
अहिले पनि आदिम युगमा बाँचिरहेका, आधुनिक शिक्षा एवं स्वास्थ्यबाट वञ्चित तथा अज्ञानता र अन्धविश्वासको जन्जिरबाट मुक्त हुन नसकेका र अहिले पनि ज·ल वा आधुनिक अथवा सरकारी सुविधा पुग्न नसेका स्थानहरूमा बसोवास गर्ने आदिवासीहरू (क्ष्लमष्नभलयगक उभयउभि) चौथो संसारका नागरिक हुन् । सभ्यता विकासको क्रमले नछोएको र आफ्नै किसिमको परम्परागत वा ज·ली जीवन शैली परित्याग गर्न नमान्ने तथा आफ्नै साँघुरो संसारमा रमाउने यी चौथो विश्वका नागरिकहरू जुन देशको सीमाभित्र बसे पनि यिनीहरूको सरकार वा मुखिया भने आफ्नै समूह वा कबिलाका व्यक्ति हुन्छन् । आफू बसोवास गरेको क्षेत्रलाई आफ्नो थलो मानेर समबन्धित सरकारको नीति निर्देशनको पालना नगर्ने यिनीहरूको जीवन जोखिमपूर्ण र कष्टप्रद मात्र हुँदैन, यिनीहरूमा मृत्युदर पनि ज्यादै उच्च हुन्छ । यिनीहरूले सभ्य कहलिएको वा आधुनिक संसारसँग सम्पर्क राख्न नमान्ने मात्र होइन, यो संसारमा आउनसमेत पनि डराउँछन, रुचाउँदैनन् पनि । यी आदिवासीहरूलाई मूलधारको जीवनसँग जोड्न अहिले पनि सम्बन्धित सरकारहरूका लागि चुनौतीको विषय हुन पुगेको छ । एसिया, अफ्रिका, लैटिन अमेरिकाका विभिन्न देशहरूमा आदिवासीहरू ठूलो सङ्ख्यामा बसोवास गर्छन् । मुख्यगरी ज·लमा बस्छन् । नेपालका राउटेहरूलाई पनि आदिवासीको रूपमा लिने गरिन्छ ।
मेरो विश्लेषण वा वर्गीकरणमा भने एउटा अर्को वा पाँचौ संसार पनि छ । यो पाँचौं संसारमा पनि ठूलो सङ्ख्यामा व्यक्तिहरू बसोवास गर्छन. । यो संसारमा बस्ने व्यक्तिहरू भने सर्वाधिक शोषित, पीडित, अपहेलित, अधिकारविहीन एवं अनिश्चित भविष्यका साथ जीवनयापन गर्न अन्य शक्तिहरूद्वारा बाध्य पारिएका हुन्छन् । आफ्नै देशभित्र वा बाहिर शरर्णाथी जीवन बिताउन बाध्य पारिएका हुन्छन् । शासकहरूको वक्रदृष्टिमा परेर, शक्ति पिपासुहरूको शक्ति सङ्घर्षमा चेपिएर, जातीय सफायाको शिकार भएर, जतीय द·ामा पिल्सिएर बसेका हुन्छन् । गृहयुद्ध, सत्ता–सङ्घर्ष, जातीय द·ा, जातीय सफाया, आतड्ढवाद, सैन्य शासन, कुशासनजस्ता समस्याले आफ्नै देशमा विस्थापित भएका वा विदेशमा शरणार्थी हुन बाध्य पारिएका पाँचौं विश्वका नागरिकहरूको जीवन सर्वाधिक जोखिमपूर्ण र कठिन देखिएको छ ।
माथि उल्लेख गरिएका समस्याहरूले गर्दा अहिले करोडौंको सङ्ख्यामा नागरिकहरू विभिन्न देशहरूमा शरणार्थी बनेर कष्टपूर्ण जीवन बिताउन बाध्य पारिएका छन् । अफ्रिका, एसिया, दक्षिण अमेरिकाका लाखौं नागरिकहरू अहिले अनिश्चित भविष्यका साथ शरणार्थी जीवन बिताउन विवश छन् ।
केही गलति नगरे पनि सुरक्षित भई शान्तिपूर्वक बस्न नपाएका मुलुकविहीन यी नागरिकहरू आफ्नो देश जान त चाहन्छन् तर जान पाउँदैनन् । आफ्नै देश भित्र भए पनि सुरक्षित बस्न पाउँदैनन् । यिनीहरूको समस्या सुनिदिने न यिनीहरूको आफ्नो सरकार छ, न जुन देशमा बसेका छन्, त्यस देशको सरकारलाई अधिकारपूर्वक आफ्नो पीरमार्का भन्न सक्छन् । देशभित्र भएकाहरूको पनि सरकारले बेवास्ता गर्छ वा सरकार नै अति निर्बल हुन्छ ।
डर र त्रासमा जीवन बिताउने मात्र होइन, डरलाग्दो मृत्युवरण गर्ने यी पाँचौ विश्वका नागरिकहरूको दु:खका अनेक कथा यो सानो लेखमा समेट्न सकिंदैन । तापनि केही प्रतिनिधि पीडाहरू यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु ।
सिरिया र इराकका विभिन्न क्षेत्रहरूमा सङ्घर्षरत एक कट्टर धार्मिक स·ठन आइएस (क्ष्क्क्ष्ी, क्ष्क्क्ष्क् यच क्ष्क्) ले त्यहाँ कट्टर इस्लामिक राष्ट्र स्थापना गर्ने लक्ष्य राखी सन् २०१४ को अगस्तमा इराकको उत्तरी भागमा पाँच हजार यजिदी पुरुषको हत्या गरेको थियो । त्यसरी मारिने यजिदीहरूको गलति केही थिएन, थियो भने उनीहरू हत्या गर्ने समूहको विपरीत धर्मका थिए । त्यति ठूलो सङ्ख्यामा यजिदीहरू मारिएको विवरण सन् २०१४ को अक्टुबरमा संयुक्त राष्ट्र सङ्घले प्रकाशित गरेको थियो ।
यसैगरी सिरियाको सरकार र विभिन्न विद्रोही स·ठनहरूबीच पाँच वर्षभन्दा बढी समयदेखि चलिरहेको अति रक्तपातपूर्ण सङ्घर्षमा दुई लाखभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने ६५ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् । तीस लाखभन्दा बढी नागरिक लेबनान, जोर्डन, टर्कीलगायत मुलुक शरणार्थी हुन बाध्य भएका छन् । सिरियाभित्र रहेका नागरिकहरू पनि हरपल डर र त्रासमा बाँच्नुपरेको बताइरहेका छन् ।
यसैगरी केही वर्ष पहिले मात्र शुरु भएको युक्रेनको गृहयुद्धले एक हजारभन्दा बढी नागरिकको ज्यान लिइसकेको छ । युक्रेनलाई बीचमा पारेर रूस र युरोपियन युनियन (केही राष्ट्रहरू) बीचको यो ‘प्रोक्सी वार’ ले त्यहाँका नागरिकलाई हरपल त्रासमा बाँच्न बाध्य पारेको छ । आफ्नो देशमा भइरहेको हत्या, हिंसाबाट बच्न अफ्रिकाका विभिन्न देशहरूबाट ‘मेडिटेरेनियन सि’ पार गरेर युरोप पुग्न खोज्नेमध्ये हजारौं युक्रेनीले ज्यान गुमाएका छन् र यो क्रम अहिले पनि जारी छ ।
सन् १९९४ मा रुवान्डामा भएको जातीय सफायामा पाँच लाखदेखि दस लाख नागरिक मारिएका अनुमान गरिएको छ । सन् १९९४ को अप्रिलदेखि जुलाईको बीचको केवल एक सय दिनको अवधिमा रुवान्डामा त्यति ठूलो सङ्ख्यामा मानिस मारिएका थिए । दुई जातीय समूह हुटु र टुट्सीबीचको यो अति रक्तपातपूर्ण सङ्घर्ष इतिहासले कहिले बिर्सिने छैन ।
यो पाँचौ विश्वका नागरिकहरूलाई न सत्ताको मोह छ, न राजनीतिमा कुनै सक्रिय भूमिका निर्वाह गर्ने इच्छा नै । न राजनीतिमा कुनै स्थान नै खोजेका छन् । तर शक्ति केन्द्रहरूको महत्त्वाकाङ्क्षाद्वारा लादिएका युद्धहरूले गर्दा मृत्यु वरण गर्न र कष्टकर जीवन बिताउन यी पाँचौं विश्वका नागरिक बाध्य छन्, बलपूर्वक बाध्य पारिएका छन् ।
अविरल सत्ता सङ्घर्ष, लामो गृहयुद्ध (२०५२–६२) र कुशासनले गर्दा ठूलो सङ्ख्यामा नेपालका नागरिकहरू पनि यो पाँचौ संसारमा बाच्न बाध्य पारिएका छन् । अहिले पनि ठूलो सङ्ख्यामा नेपालीहरू विश्वका विभिन्न राष्ट्रमा शरणार्थी भएर बसेका छन् । यसैगरी जोखिमपूर्ण रोजगारी गर्दै अरबका राष्ट्रहरूमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । बिना कुनै कसूर ठूलो सङ्ख्यामा नेपालीहरू विदेशिन बाध्य भएका छन् । समग्रमा, यो पाँचौ विश्वमा बस्ने नागरिकहरूको दोष भने केही छैन ।
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय.अयm