चन्द्रकिशोर
हामीले ठूलो भूकम्पको झट्का बेहोरेको एक महिना नाघिसक्यो । अन्य शहर र गाउँजस्तै यहाँका पनि धेरै मानिस आत्तिएका थिए । कति बालबालिकाको मानसिकता त त्रासका कारण अझै बिथोलिएको छ, त्यसको पुष्टि विद्यालयहरू दोस्रोपटक सञ्चालनमा आउँदा देखा परिराखेका छन् । अन्य क्षेत्र र पेसाका मानिसहरू पनि लामो समयसम्म ढुक्क हुन सकिरहेका थिएनन् । बिस्तारै स्थिति सामान्य बन्दै गएको छ । वीरगंजमा भूकम्पको त्रास सकिसकेको भए तापनि आआफ्नो बासस्थल सुरक्षित छ कि छैन भन्ने चासो थपिएको छ । विभिन्न माध्यमबाट सूचना आइराखेको छ, भूकम्प त एउटा प्राकृतिक प्रक्रिया हो र यसबाट बच्न पनि सकिन्छ । भूकम्पबाट बच्नका निमित्त अरू जे जति जुक्ति निकाले पनि असी प्रतिशत सुरक्षा चाहिँ भवनमैं निर्भर हुन्छ । त्यसैले सुरक्षित भवन नै बच्ने सबैभन्दा बलियो उपाय हो । चाहे सरकारी होस् वा निजी, ती घरहरू भूकम्पप्रतिरोधी छन् कि छैनन् भनेर हेर्नुपर्ने भएको छ ।
विज्ञहरू भन्छन् कम दूरीमैं माटोको विभिन्नताले भूकम्पको बेला फरक–फरक व्यवहार देखाउँछ । अत: माटोको प्रकार र अवस्थितिअनुरूप फरकफरक प्रकारका घरहरूको निर्माण उपयुक्त हुन्छ । यस जानकारीको आधारमा हामीले वीरगंज शहरको बसोबासलाई नियाल्नुपर्ने हुन्छ । विभिन्न कारणले वीरगंज शहरमा घरहरूको विस्तार बढ्दै गएको छ । त्यसैले सञ्चारमाध्यमहरूमा यो शहरलाई “कङ्क्रीटको शहर” भनेर टिप्पणी गरिन्छ । पहिला खाली रहेका ती खेत र चौरहरू, जहाँ कतै पारम्परिकरूपमा पानीको निकास हुने बाटो थियो त कतै चिस्यान भएको गहिरा जग्गाहरू थिए, कतै पोखरीहरू थिए, जसलाई पुरेर घर बनाइँदै छ, कतै श्रीसिया खोलाको पानी बहाव क्षेत्रलाई अतिक्रमित गर्दै घरहरू ठड्याइएका छन् । घरका संरचनाहरू एकदम जेलिएर बनाइएका छन् । नयाँ बस्ने कतिपय टोलहरूमा वारुणयन्त्र र एम्बुलेन्स जान नसक्ने अवस्थामा छ । यी सन्दर्भहरूको चर्चा भूकम्पताका जोगिने बचाउका निमित्त मात्र हैन, अन्य प्रकारका आपदाहरूमा पनि कसरी जोगिने त्यसका निमित्त सचेत र सावधान हुन के कसरी गर्ने भन्नका लागि हो ।
उपमहानगरपालिकाको राजनीतिक सीमाभित्र केही गाविसहरू पनि गाभिएका छन् । गाउँघरमा अधिकांश घरहरू भूकम्पमा नटिक्ने ढ·ले बनिराखेको कतिपय प्राविधिकहरूको भनाइ रहेको छ । ती घरहरू वास्तवमा कस्ता छन् ? त्यसका बारेमा सही जानकारीको व्यवस्थापन कसले गरिदिने ? ती घरहरूका बारेमा सही जानकारी हुन पाए ती घरहरूको पुनर्निर्माणमा ध्यान दिन सकिन्थ्यो होला । गाउँघरतिर रहेका पोखरी र इनारहरूको अवस्था के छ ? ती पारम्परिक पोखरी र इनारहरू खासगरी आगलागीका बेलामा अत्यन्त सहयोगी हुन्छन् । कतिपय अवस्थामा विगतमा भोगिएको अनुभव हो, वारुणयन्त्र समयमैं मौजुद भएर पनि त्यसले पानीको हाहाकार खेपेर सक्दो सहयोग गर्न सकेको छैन ।
भवन निर्माण आचारसंहिता परिपालनाको स्थिति के छ ? नगर विकास समितिको माध्यमबाट विगतमा थालनी गरिएका प्लाटिङहरू आफ्नो योजनाबमोजिम कति सफल हुन पुग्यो ? योजना तर्जुमा गर्ने बेला जे जस्ता सोचहरू राखिएका थिए, त्यो पूरा भयो कि भएन ? शहरमा सार्वजनिक खाली जग्गाहरू वैकल्पिकरूपमा छन् कि छैनन् ? यस्ता कुराहरूको बारेमा यतिखेर फराकिलो मनले चिन्तनमनन गर्नु जरुरी भइसकेको छ । आवासीय भवन बनाउँदा भवनसंहिताले जमीनमाथिको संरचनाको मात्र कुरा गर्छ । व्यावसायिक भवन बनाउँदा माटो परीक्षण गर्नुपर्छ मात्र भनिएको छ तर त्यसको अनुगमन र निरीक्षणको प्रभावकारी प्रणाली छैन । अव्यवस्थित शहरीकरण र भूउपयोग नीतिको प्रभावकारी कार्यान्वयन नहुँदा जथाभावी संरचना बनाइएका छन्, जुन भूकम्पीय जोखिमको दृष्टिले अझ संवेदनशील छन् । भौगर्भिक अवस्था, माटोको प्रकृति र क्षमताका आधारमा भूमिको वर्गीकरण गर्ने, त्यसै आधारमा उपयोग गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर्ने हो भने मनपरी तरिकाले प्लाटिङ गर्नेहरू चेपुवामा पर्न सक्छन् । अबको वीरगंजले भौगर्भिक सूचना र माटोको क्षमताले निर्देश गरेअनुरूप भूमिको वर्गीकरण गरी उपयोगको मापदण्ड तोक्ने दिशामा पहल गर्नुपर्छ ।
शहरकै पुराना बस्तीहरूमा पारिवारिक अंशबन्डाले गर्दा घरहरू सलाइको बट्टाजस्तै ठडिएका छन् । थोरै जग्गामा अग्ला घरहरू थपिंदै गएका छन् । मुख्य सडक छेउछाउमा पनि यस्ता दृश्य देख्न सकिन्छ । कतिपयले व्यापारिक प्रयोजनका निमित्त पनि सलाइको बट्टाजस्तै घर बनाएका छन् । यहाँका कतिपय सरकारी र निजी विद्यालयसँग आवश्यक खाली ठाउँ छैन । तुलनात्मकरूपमा सरकारी विद्यालयहरूसँग आफ्नो खेलमैदान छ । अस्पताल परिसरमा जथाभावी व्यापारिक प्रयोजनका घरहरू थपिएका छन् । त्यहाँ परिसर खुला र चौडा हुनुपर्छ भन्ने आवश्यकताको बोध पहिलो दिनको झट्कामैं देखा पर्यो । निकै पुरानो मानिने कारागारको भौतिक संरचना कस्तो छ ? उपमहानगरपालिकासँग रहेका खाली जग्गाहरू विभिन्न व्यापारिक प्रयोजनका निमित्त अनुबन्धमा दिने क्रम रोकिएको छैन । यसरी अनुबन्धमा दिने क्रमका पछाडि उपमहानगरपालिकाको केही तात्कालिक तर्कहरू होलान् ।
शहरको मुटुमा अवस्थित रेलवेको जग्गा रहेको ठाउँले बिस्तारै एउटा ठूलो हाट र बसपार्कको रूप लिइसकेको छ । जहाँ बसपार्क छ, त्यसको उपयोगितालाई कसरी बढाउने त्यो सोच कम देखिन्छ । चालू लाभहानिका आधारमा सरोकारवाला पक्षले घण्टाघर छेउछाउमैं टेम्पो, सिटीराइड, मिनीबस र रात्रिबसहरू पार्किङ गर्ने चलन चलाइदिएको छ । उता हाट लाग्ने ठाउँ तन्किंदै गएको छ । यो खाली ठाउँमा विभिन्न स्वार्थहरूले ठाउँ पाएर विगतमा पनि मेला, बजार र पार्किङ गराएकै हो, तर नागरिक दबाबपछि त्यसलाई खाली पनि गराइएको हो । पछिल्लोपटक जब यहाँ हाट लगाउन शुरू गरियो, यसलाई मीनाबजारको अस्थायी विकल्पको रूपमा व्याख्या गरियो तर व्यवहारमा हेर्दा त्यो बजारको दश गुणा यहाँ फैलिसकेको छ । थप हङकङ मार्केट पनि जमेको छ ।
यी सबै कुराहरू गर्नुको पछाडि कसैको स्वार्थलाई धक्का दिनु होइन । चेतनाको भुइँचालो ल्याउनु हो । हाम्रो जीवनकालभरि भूकम्प नआउँला तर हामीले सुरक्षाको उपाय गर्नैपर्छ । महानगरपालिका बन्ने ध्येय राखेको र एउटा आधुनिक सम्पन्न शहरका रूपमा स्थापित हुन खोजेको वीरगंजले शहरको सुरक्षा प्रयत्नका बारेमा गम्भीरता देखाउनै पर्छ । यो नागरिक तहमा पनि देखिनुपर्छ र सरकारी तहमा पनि । त्यसैले काठमाडौंमा जे भयो र त्यसबाट उँभो लाग्न जे जस्ता त्यहाँ मन्थन भइराखेका छन्, त्यसमा सघाउ पुर्याउँदै अब वीरगंजले पनि आफ्नोबारेमा सोच्न जरुरी भइसकेको छ । सुरक्षाका प्रयत्नहरू बारेका बहस केवल बुद्धिविलासका तत्त्व होइनन् । यो आम नगरवासीको सुरक्षासँग जोडिएको विषय पनि हो । शहरका धार्मिकस्थलहरूको अवस्था के छ ? ती भौतिक संरचनाहरू के कुन अवस्थामा छन्, ती संरचनाहरू यथेष्टरूपमा सुरक्षित छन् कि छैनन् ? जथाभावी होर्डिङ बोर्ड र तोरणद्वारहरू ठड्याइएका छन्, यिनीहरू कति भरपर्दा छन् ? यी प्रश्नहरू उब्जिनुपर्छ । यसका जवाफ पनि खोजिनुपर्छ ।
भूकम्प मात्र हैन, अन्य प्रकारका प्राकृतिक विपत्तिहरूसँग जुध्ने तयारी पनि हामीबीच हुनुपर्छ । भूकम्प गएपश्चात् अत्यधिक प्रभावित क्षेत्रमा राहतका बारेमा हामी खुब सोच्यौं, त्यो जरुरी पनि थियो । यो शहरले जुन सक्रियता देखायो, त्यो महत्त्वपूर्ण छ । यस शहरबाट यस्तै अपेक्षा पनि गरिएको थियो । अब यस शहरले आफ्नोबारेमा सोच्नुपर्छ । कुनै पनि समस्या ढोल बजाएर आउँदैन । एउटा जागरूक समाजले अरू ठाउँका घटनाहरूबाट सिकेर आफ्नोतर्फ सजकता अपनाउने जनाउ हासिल गर्छ । वीरगंजको लागि यस्तो अवसर आइसकेको छ । अब यथास्थितिमैं वीरगंजलाई सुरक्षित शहर मान्न सकिंदैन । समस्या आइसकेपछि त्यसबाट उम्किन सकिंदैन । समस्या जहिले पनि आउन सक्छ । आफू र आफ्ना प्रियजन, नगरवासी र नगरका पाहुनाको ज्यान जोगाइदिन अरू कोही आउँदैनन् । एउटा गतिशील शहरले आफ्नोबारेमा आगामी एक शताब्दीको सोच लिएर अगाडि बढ्छ । वीरगंजले आफ्नो बितेको एक शताब्दी “अनियन्त्रित व्यवस्था”कै स्थितिमा बितायो तर अब यसले तत्परता देखाउनैपर्छ । यो
कार्य कसैको लहड, कसैको बढी लालबुझक्कडी वा कसैको मनोगत विश्लेषणको आधारमा नभई फराकिलो संवाद गरी एउटा प्रारूप तयार गर्नुपर्छ, अबको वीरगंज कस्तो हुने ? यो राजनीतिक लाभहानिको विषय होइन । स्थानीय मिडिया, नागरिक समाज, स्वयंसेवी संस्था, राजनीतिक दल र सरोकारवाला पक्षहरू सबैले आआफ्नोस्तरबाट यो बहसलाई उन्नत र परिपक्व बनाउनैपर्छ, अबको वीरगंज कस्तो हुने ?