प्रस, निजगढ, ११ वैशाख/
बाराको निजगढमा शुक्रवारदेखि प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरू भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि निजगढ विकास समितिका अध्यक्ष सुरेशकुमार खनालले मुलुकमा प्रजातन्त्र आएसँगै खेल क्षेत्रको विकास क्रमिकरूपमा हुँदै गएको बताए । बेलैमा राजनीतिले सही गति लिन सके खेल र अन्य विकास कार्यहरू अझै अघि बढ्ने उनले बताए । खेल सिकेर मात्र हुन्न, अनुशासनमा रहेर खेल्न र खेलाउन सकेमात्र खेल र खेलाडीसँगै राष्ट्रको गौरव बढ्ने उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय तेक्वान्दो युनियन नेपालका मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष पद्मबहादुर केसी, स्थानीय समाजसेवी केदार गौतम, बेनीबहादुर मोक्तान, माला लामा, सशस्त्र प्रहरी बेसका डिएसपी अर्जुन सापकोटा, मोजहर मन्सुरलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम आयोजक निजगढ तेक्वान्दो डोजाङका प्रमुख वसन्त लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भाइकाजी श्रेष्ठले गरेका थिए ।
निजगढ तेक्वान्दो डोजाङको आयोजना र निजगढ नगरपालिकाको सहआयोजनामा सो प्रतियोगिता दुई दिनसम्म चल्नेछ । आज भएको सेमिफाइनल खेलमा महिलातर्फ ३३ देखि ३७ किलो तौल समूहमा दिया चन्द मध्यपश्चिमाञ्चल, अनीता थापामगर आयोजक ‘बी’, ३८ देखि ४२ तौलमा अस्मिता थापा मध्यपश्चिमाञ्चल, ४४ देखि ४९ किलो तौलमा बन्दना कुमर आयोजक ‘ए’मा रहेकी छिन् ।
त्यसैगरी पुरुषतर्फ ४० देखि ४५ किलो तौल समूहमा लक्ष्मण लामा आयोजक ‘ए’, लक्की तिमल्सिना आयोजक ‘बी’, ५० देखि ५४ तौलमा रवि न्यौपाने आयोजक ‘बी’, सागर पाण्डे विद्यालय, सुरेन्द्र कुमर आयोजक ‘ए’, ४५ देखि ५० तौलमा दिनेश थिङ आयोजक ‘ए’, सञ्जीव कुशवाहा आयोजक ‘बी’, विक्रम सोनाम विद्यालय, ५४ देखि ५८ तौलमा अनुपम गौतम पश्चिमाञ्चल, जेपी तामाङ युनिभर्सिटी, ५८ देखि ६२ तौलमा चक्रशेर राई युनिभर्सिटी, पशुपति मोक्तान मध्यामाञ्चल, ३४ देखि ३८ किलो तौल समूहमा आयुष लामा मध्यमाञ्चल सेमीफाइनलमा प्रवेश गरेका जनाइएको छ । प्रतियोगिताको जुरीमा मदनकुमार श्रेष्ठ, राकेश राई, दीपक श्रेष्ठ रहेका छन् ।
त्यसैगरी रेफ्रीहरूमा मदन गुरुङ, कृष्ण श्रेष्ठ, केशव कार्की, नारायण सिंह थिङ, प्रकाश उप्रेती, सञ्जयलाल श्रेष्ठ, राधा पराजुलीलगायत छन् ।