$type=ticker$count=12$cols=4$cate=0

डिपिएसमा नयाँ प्रिन्सिपलको आगमन र भावी कार्ययोजना

SHARE:


विगत १० वर्षदेखि बारा, पर्साको शिक्षाको इतिहासमा उल्लेखनीय योगदान गर्दै आएको दिल्ली पब्लिक स्कूल वीरगंजमा अहिले नयाँ प्रिन्सिपलको आगमन भएको छ  । उहाँको भावी कार्ययोजनाको सन्दर्भमा प्रतीकले गरेको कुराकानीको सारसङ्क्षेप: 
    विगत १० वर्षदेखि बारा, पर्साको शिक्षा क्षेत्रको इतिहासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको दिल्ली पब्लिक स्कूल वीरगंजमा अहिले नयाँ प्रिन्सिपलको आगमन भएको छ  । सो स्कूलमा यसै शैक्षिक सत्रदेखि मनीषकुमार कर्ण प्रिन्सिपल भएर आएका छन्  । विद्यालय शिक्षा प्रणालीको समस्या र समाधानको विषयमा भारत, सिंगापुर एवं संयुक्त राज्य अमेरिकामा लामो समय बसेर स्कूल व्यवस्थापनबारे अध्ययन–अनुसन्धान पूरा गरेका छन्  । नेपालको शिक्षाको विकासमा भूमिका निर्वाह गर्न उनी नेपाल फर्केको केही वर्षमैं आफ्नो क्षमताको कारण डिपिएसमा आबद्ध भएका छन्  ।
    बहुमुखी प्रतिभाका धनी एवं असल प्रिन्सिपलको रूपमा परिचित कर्णको आगमनले सम्पूर्ण विद्यालय, कर्मचारी, शिक्षक, विद्यार्थी एवं अभिभावकहरूमा थप उत्साह र अपेक्षा जन्मेको छ  । स्कूल म्यानेजमेन्टमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरी २५ वर्ष शिक्षामा बिताएको एवं नेतृत्वदायी भूमिकाले नै आफ्नो दृष्टिकोणको आधारमा उद्देश्य प्राप्तिका लागि अब्बल मानिने कर्णको आगामी दिनको यात्रा कतिको सहज वा कठिन होला, हेर्न बाँकी छ  । यसै सन्दर्भमा प्रतीक दैनिकसँग भएको कुराकानीको सारसंक्षेप  ।
–    नमस्कार तपाईंको परिचय ?
+    मेरो नाम मनीषकुमार कर्ण हो  । मैले दिल्ली पब्लिक स्कूल, वीरगंजमा भर्खरै ज्वाइन गरेको छु  ।
–    कतिको व्यस्त हुनुहुन्छ ?
+    निश्चितरूपले व्यस्तै छु  । स्थानीयरूपमा विद्यालयबारे जानकारी लिंदै त्यसमा पनि भर्खरै रिजल्ट भएको छ र विद्यार्थी भर्नाको चटारो भएकोले अलि व्यस्त नै छु  ।
–    सरको घर कहाँ ?
+    मेरो घर महोत्तरी जिल्लाको सुगा भन्ने ठाउँमा हो  ।
–  डिपिएससँग कसरी जोडिनुभयो ?
+    तनहुँको दमौलीमा बोर्डिङ स्कूल थियो  । केही कारणले त्यो स्कुल बेचेर यतातिर ज्वाइन गरेको हुँ  ।
– यहाँ आएपछि तपाईंलाई कस्तो अनुभव भएको छ ?
+    पहिले म आफ्नै संस्थामा प्रिन्सिपल भएर काम गर्थे  । अहिले चौधरी समूहको कर्पोरेट हाउससँग जिम्मेवारी थपिएकोमा रमाइलोका साथै चुनौती पनि थपिएको महसुस भइरहेको छ  ।
–    तपाईंको बाल्यकालको पढाइ र उच्चस्तरको शिक्षादीक्षाबारे प्रस्ट पारिदिनुहोस् ?
+    बाल्यकालको कुरा गर्दा मेरो बुबा सिंचाइमा इन्जिनियर हुनुहुन्थ्यो  । नेपालको विभिन्न जिल्ला घुम्नुभयो  । मेरो शिक्षादीक्षा पनि विभिन्न ठाउँमा भएको थियो  । तीन–चार कक्षाको पढाइ परवानीपुर, क्षेत्रीय कृषि अनुसन्धान केन्द्रभित्र रहेको प्राथमिक विद्यालयमा भएको हो  । त्यसपछि ७–८ कक्षा नुवाकोटमा पढें, ९–१० को पढाइ महोत्तरीको जलेश्वरमा भयो  । त्यसपछि बुबाको सरुवा रूकुममा भयो  । रूकुमको चौभारी भन्ने ठाउँमा बुबासँग जाँदा त्यहाँ एउटा विद्यालयमा गणित विषयको शिक्षक थिएनन्, मैले त्यहाँबाट गणित विषयमा अध्यापन गरे  । त्यति बेला लाग्यो भविष्यमा म शिक्षण पेशा नै रोज्छु र एउटा राम्रो शिक्षक बन्ने सपना मनभरि सजाएँ  ।
        त्यसपछि कक्षा ११ र १२ को पढाइ मैले भारतको पटनाबाट गरें  । त्यसपछि जनकपुर आएँ, बिएको अध्ययन पूरा गरें  । अनि पुन: भारत गएँ र एक वर्षको स्कूल म्यानेजमेन्ट डिप्लोमा गरी आइबी डिप्लोमा पनि भारतबाटै गरें  । यसै सन्दर्भमा भारतको दक्षिणी राज्य केरलामा विभिन्न विद्यालयहरू भिजिट गरें  र सिंगापुर, अमेरिका पनि पुगें  । अमेरिकामा करिब ३२ वटा विद्यालय घुमें  । त्यहाँको विद्यालयको सुविधा, विद्यार्थीलाई पढाउने तरिका बेग्लै थियो  । हाइस्पीड इन्टरनेट सुविधा, स्वीमिङ पुल र आधुनिक प्रविधिको प्रयोग गरेर शिक्षण गराइने प्रविधिबाट म अत्यन्त प्रभावित भएँ  । यस्तो नेपालमा पनि हुन सक्छ, म एउटा आफ्नो छुट्टै संस्था खोल्नेछु जहाँ विद्यार्थीलाई हुनैपर्ने सेवा सुविधा प्राप्त होस् भन्ने अठोट गरेको थिएँ  । मेरो २५ वर्षको शिक्षण अनुभवबाट के सिकेको छु भने विद्यार्थीलाई उसको व्यक्तिगत समस्या पहिचान गरी कसरी उसलाई दक्ष जनशक्तिको रूपमा तयार पार्ने  । यी सबबारे म कार्ययोजना बनाएर अघि बढ्छु  ।
–    तपाईंभन्दा पहिले आरडी भट्ट यहाँका प्रिन्सिपल हुनुहुन्थ्यो  । उहाँ जानु र तपाईं आउनु, यसलाई कुन रूपमा लिनुभएको छ ?
+    डिपिएस आउनु पहिले पूर्व प्रिन्सिपल भट्ट सर र डिपिएस वीरगंजबारे मलाई खासै जानकारी थिएन  । यहाँ आएपछि जहाँसम्म मैले जानेको छु, उहाँ काठमाडौंमैं आफ्नै संस्थामा धेरै व्यस्त हुनुभएकोले डिपिएसमा नयाँ प्रिन्सिपलको अभाव देखियो  । र मैले यहाँ ज्वाइन गरें  ।
–    भट्ट सर जानुमा अभिभावकमा व्यापक असन्तुष्टि छ  । के भन्न चाहनुहुन्छ ?
+    हुनत शैक्षिक सत्रको अन्त्यतिर उहाँको यस्तो निर्णयले धेरै अभिभावकलाई असर पारेको होला  । तर यसमा हामी अभिभावकहरूलाई के भन्न चाहन्छौं भने विगत लामो समयदेखि डिपिएसले शिक्षाको क्षेत्रमा जुन योगदान पुर्‍याउँदै आएको छ, त्यसमा कुनै कमी हुनेछैन  । र उहाँहरूको अपेक्षा पूरा गर्न म कुनै कसर बाँकी राख्ने छैन  ।
–    डिपिएसले जब तपाईंलाई अफर गर्दा तपाईंलाई कस्तो लाग्यो ?
+    निश्चितरूपले निकै खुशी भएँ  । देशकै एउटा ठूलो कर्पोरेट हाउसको  विद्यालयसँग जोडिनु र यहाँ काम गर्नु मेरो लागि गर्वको विषय हो र चुनौतीको साथै अवसर पनि छ जस्तो महसुस गरेको छु  ।
–    डिपिएस वीरगंजको एउटा प्रतिष्ठित विद्यालयमा गनिन्छ  । यसको एरिया कति छ, कहाँ–कहाँका विद्यार्थीहरू पढ्न आउँछन् ?
+    म भर्खरै आएकोले त्यति बुझ्न पाएको छैन  । तर वीरगंजभन्दा केही टाढा शान्त वातावरणमा बाराको लिपनीमालमा यो विद्यालय छ  । जहाँ बाराको परवानीपुर, जीतपुर, सिमरा, पथलैया, कलैया एवं पर्साको वीरगंज, विन्दवासिनी एवं भारतको रक्सौलसम्मका विद्यार्थीहरूको लागि यो स्कूल सहज भएको ठानेको छु  ।
–    यो विद्यालयको भौतिक पक्षबारे कुरा गर्ने हो भने तपाईंसँग के छ ?
+    निकै राम्रो प्रश्न गर्नुभयो  । एउटा सफल विद्यालय बन्नलाई विद्यालयमा भौतिक संरचनाको अति आवश्यक पर्छ  । र त्यसमा हामी सक्षम छौं जस्तो लाग्छ  । हामीसँग करिब ४५ कोठे चार तल्ले सुविधा सम्पन्न भवन छ  । ल्याब छ, कोडियार्ड हल छ, जहाँ विद्यार्थी–शिक्षक भेला हुन्छन् र विभिन्न कार्यक्रम आयोजना गरिन्छ  । त्यस्तै विद्यालय परिसरमैं सुविधा सम्पन्न ब्याटमिन्टन, भलिबल कोर्टहरू छ  । त्यस्तै ठूलो फूटबल ग्राउन्डको साथै स्वीमिङ पुलको पनि व्यवस्था छ  । यसरी हेर्ने हो भने विद्यार्थीलाई पढाउनुको साथै खेलको माध्यमबाट पनि गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने लागेको छ  ।
–    गत वर्ष तपाईंको विद्यालयमा पढेका विद्यार्थीहरूको तथ्याङकबारे तपाईंको धारणा के छ ?
+    गत वर्ष मैले जाने अनुसार यस विद्यालयमा करिब ८ सयजना विद्यार्थी परीक्षामा सहभागी थिए  ।
–    विद्यार्थीहरूलाई पढाउनको लागि शिक्षकहरू कतिको सङ्ख्यामा हुनुहुन्छ र उहाँहरू कतिको दक्ष हुनुहुन्छ ?
+    नियमिततर्फ विषयगत शिक्षकहरूमा कम्तीमा ५० जना जति दक्ष शिक्षकहरू हुनुको साथै अन्य खेलकुद एवं अतिरिक्त क्रियाकलापको शिक्षकहरूले डिपिएस भरिभराउ छ  । र उहाँहरू आफ्नो कामप्रति निकै लगनशील, कर्मठ र इमानदार हुनुहुन्छ  ।
–    डिपिएसको कोर्ष डिजाइन तपाईंहरूले कसरी गर्नुभएको छ ?
+    यहाँ कक्षा ८ सम्म एउटै पाठ्यक्रम निर्धारण गरिएको छ  । जुन नेपाल बोर्ड र सिभिएसई बोर्डसँग म्याच गर्छ  । माथिल्लो कक्षामा हामीले नेपाल बोर्डको एसएलसी र सिभिएसइ बोर्डको पनि शिक्षाको व्यवस्था गरेका छौं  ।
–    अब हामी शिक्षण सिकाइको कुरा गरौं, डिपिएसमा पढाइ कतिको महँगो छ ?
+    हेर्नुस्, हामी गरेर सिकाउने प्रविधिमा  काम गर्ने गर्छौ  । जस्तै ल्याब भयो, स्मार्ट क्लास, डिजिटल क्लासको कुरा भयो  । यी सबैमा खर्च त लाग्छ  । किनभने शैक्षिक सामग्रीयुक्त सिकाइ भएकोले अभिभावकहरूको लगानी अलि खर्चिलो हुन सक्छ  ।
–    तपाईंको विद्यालयका विद्यार्थीहरूलाई अन्य विद्यालयका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गराउँदा तपाईंको स्कूलको विद्यार्थीहरू कतिको प्रतिस्पर्धी वा राम्रो पाउनुहुन्छ ?
+    जहाँसम्म मैले डिपिएसको दुई–तीन वर्षको विभिन्न गतिविधिहरूको जानकारी पाएँ  । यो विषयमा हामी केही हदसम्म अगाडि छौं  । र यदि विगतमा कुनै कमी छ भने त्यसलाई हामी आउने दिनमा अवश्य नै संवदेनशील भएर काम गर्नेछौं  । उत्कृष्ट शिक्षा दिने कोशिश गर्छौ  ।
–    विद्यालयमा यातायातको सुविधा केके छन् ?
+    अहिले हामीले विद्यालयबाट करिब १३ वटा बस सेवा दिइरहेका छौं  । जसले गर्दा अभिभावक र विद्यार्थीहरूलाई सुरक्षाको प्रत्याभूति र सहजता भएको लागेको छ  ।
–    शिक्षण सिकाइको कुरा गरौं, डिपिएसमा कस्तो शैक्षिक विधि प्रयोग गर्ने गरिन्छ ?
+    हेर्नुस्, हामीकहाँ विद्यार्थीलाई प्रभावकारी शिक्षण सिकाइको मार्फत् कसरी दक्ष जनशक्ति तयार पार्ने हो ती विषयमा चिन्तन, मनन गरी विभिन्न विधिहरू लागू गरेका छौं  । जस्तै: विद्यार्थी केन्द्रित सिकाइ, खेलकुदमार्फत् सिकाइ, आधुनिक प्रविधिमा जोड, स्मार्ट क्लास, डिजिटल क्लासलगायत सुविधा पनि यहाँ हुनुले विद्यार्थीहरू रमाइलो र रुचिपूर्ण तरिकाले सिक्ने अवसर पाइरहेका छन्  ।
–    गत वर्षको नतिजासँग तपाईं कतिको सन्तुष्ट हुुनुहुन्छ ?
+    एउटा कुरा भन्न चाहन्छु, गत वर्षको नतिजासँग म शतप्रतिशत सन्तुष्ट छैन, कुनै पनि संस्था वा विद्यालय आफ्नो वार्षिक नतिजासँग सन्तुष्ट भयो र आगामी दिनमा लापरवाही गर्‍यो भने त्योभन्दा मूर्खता अरू केही हुँदैन  । त्यसैले जे भयो, त्यो भयो, त्योभन्दा झन् राम्रो कसरी गर्न सकिन्छ ? म त्यसैतर्फ केन्द्रित छु  ।
–    तपाईंका शिक्षकहरू तपाईंको उद्देश्य प्राप्तिको लागि कतिको समर्पित हुनुहुन्छ ?
+    डिपिएसको टीम निकै उत्साही, मेहनती, दक्ष र इमानदार छ  । शिक्षकहरूको दक्षताप्रति मलाई कुनै शङका छैन  । सिकाइलाई दिगो बनाउन उनीहरूमा भएका कमीबेसी म आपैंmले प्रेरित गरी गुणस्तरीय शिक्षाको लागि मार्ग निर्देश गर्दै जानेछु  । जस्तै: कुनै विद्यार्थीमा पहिलो कक्षादेखि नै सिकेको कुराहरू घरमा गएर उनीहरूले अभिभावक वा परिवारको सदस्यसँग साटासाट गरेनन्, प्रतिविम्बित गरेनन् भने त्यो विद्यार्थीले केही सिकेन जस्तो लाग्छ  । त्यसैले उनीहरूलाई यो सब कुरामा पनि वार्षिक नतिजाभन्दा दैनिक नतिजातर्फ म जिम्मेवार बनाउने कोशिश गर्नेछु  ।
–    भन्न त धेरै भनिन्छ, तर काम कम गरिन्छ नि ?
+    मैले उपलब्धि–प्राप्ति वार्षिक कार्ययोजना अन्तर्गत हिंड्नुपर्ने कार्यक्रम बनाएको छु  । त्यसमा कसैले कुनै कन्जुस्याइँ गरे वा मैले खोजेको परिणाम विद्यार्थीमा पाउन सबैलाई अग्रीम जानकारी गराउँदै झन् राम्ररी जिम्मेवारीहरू वहन गर्न र गराउन तत्पर बनाएकोले अभिभावक र विद्यार्थीलाई डिपिएसको शिक्षाझन् आकर्षक लाग्नेछ  ।
–    एउटा कुरा तपाईंको विद्यालयमा तेज विद्यार्थी पनि होला, कमजोर विद्यार्थी पनि होला  । तिनीहरूको लागि के सोच्नुभएको छ ?
+    डिपिएसमा सबै विद्यार्थीको लागि अलग–अलग केस स्टडी बनाई अगाडि बढ्ने परम्परा छ  । जसले गर्दा जुन जे स्तरको हुन्छ तिनीहरूलाई त्यस्तै अतिरिक्त विशेष कक्षाको व्यवस्था मिलाएर अघि बढिरहेका छौं  ।
–    वीरगंजमा दार्जिलिङ र सिक्किमको शिक्षक ल्याएर शिक्षण दिने चलन बढिरहेको छ, यसमा के भन्न चाहनुहुन्छ ?
+    मैले जाने अनुसार पछिल्लो समयमा बाहिरको शिक्षक ल्याएर शिक्षण गराउने परम्परामा कमी आएको छ  । हामीकहाँ राम्रो शिक्षक चाहियो, ऊ जहाँको भए पनि मतलब भएन  ।
–    तपाईंको भावी कार्ययोजना अन्तर्गत अबको ५ वटा काम के–के ?
+    सबभन्दा पहिले विद्यार्थी सङ्ख्या कसरी वृद्धि गर्ने हो, दोस्रो शिक्षण सिकाइ प्रक्रिया परिवर्तित गरी प्रभावकारी शिक्षण सिकाइको लागि अघि बढ्ने, तेस्रो सरोकारवालाहरूसँग समन्वय गरी संस्थाको विकासको लागि हरदम प्रयासरत रहने, चौथो विद्यालयको सुविधा र सेवाप्रति समर्पित हुने र पाँचौं विद्यार्थीहरूको वार्षिक मूल्याङकन र उनीहरूको व्यवहार विश्लेषण गरी झन् राम्रो गर्ने सोच बनाएको
छु  ।
–    गुणस्तरीय शिक्षाको लागि अभिभावकसँग गरिने सम्बन्धको महत्त्वबारे के भन्नुहुन्छ ?
+    निश्चय पनि कुनै पनि विद्यालयको परिणाम गुणस्तरीय हुनु र दक्ष जनशक्ति तयार पार्नमा अभिभावकहरूको महत्त्वपूर्ण भूमिका हुन्छ  । यो सन्दर्भमा म चाँडै अभिभावकहरूलाई भेटी उहाँहरूको सल्लाह, सुझाव लिएर योजना बनाई अघि बढ्न चाहन्छु  ।
–    तपाईंको भविष्यको सपना के बाँकी
छ ?
+    म अहिले यो संस्थासँग आबद्ध भएको छु  । यो संस्थाको विकास गरेर भविष्यमा शिक्षाको एउटा रूल मोडेलको रूपमा आफूलाई उभ्याउने लक्ष्य छ  । हेरौं कहाँसम्म सफल
होइन्छ  ।
–    अन्त्यमा व्यस्ताको बावजुद समय दिनुभएकोमा र प्रतीकसँग कुराकानी गरिदिनुभएमा तपाईंको सफल भविष्यको कामना गर्दै धन्यवाद व्यक्त गर्दै यो अन्तर्वार्ता यही टुङ्ग्याउन चाहन्छु  । धन्यवाद  ।
+    तपाईंलाई पनि धेरै–धेरै धन्यवाद  । मेरो संस्था र मेरो व्यक्तिगत जीवनबारे केही कुरा पाठक समक्ष पुर्‍याउन सहयोग गर्नुभएकोमा  ।
             प्रस्तुति एवं तस्वीर : बिरजालाल
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : डिपिएसमा नयाँ प्रिन्सिपलको आगमन र भावी कार्ययोजना
डिपिएसमा नयाँ प्रिन्सिपलको आगमन र भावी कार्ययोजना
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWJZNaK44_QfnOaSojxtfaQbfhPMqGG3enPSdv-nZfWuXqqHn3Itp45C-7fcNvuL9hg4qS1bnhmyP5LQ1bw9m7knR__u1UMonfvo6vfyZINHpq8hsdxCNrdFnUclIQpsZo34aq0aMQrho/s1600/manish+karna+copy.JPG
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWJZNaK44_QfnOaSojxtfaQbfhPMqGG3enPSdv-nZfWuXqqHn3Itp45C-7fcNvuL9hg4qS1bnhmyP5LQ1bw9m7knR__u1UMonfvo6vfyZINHpq8hsdxCNrdFnUclIQpsZo34aq0aMQrho/s72-c/manish+karna+copy.JPG
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/04/blog-post_764.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/04/blog-post_764.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy