अनन्तकुमार लाल दास
करिब आठ दशक पहिले आएको भूकम्पजस्तै यस भूकम्पले पनि देशलाई हल्लाएको छ । हामी सबै मर्माहत भएका छौं । उद्धार कार्य लगातार जारी छ तर पनि भएको क्षति पूर्ति गर्न लामो समय लाग्ने अनुमान गरिएको छ । हामीले टेलिभिजनमार्फत हेरेका थियौं भूकम्प प्रभावित ठाउँहरूमा व्यापारी र खुद्रा पसलेहरूले कसरी आफ्नै छिमेकीलाई ठगिरहेका छन् । त्यस्तै हरेक वर्ष नयाँ शैक्षिक सत्रको शुरुआतसँगै विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धाको भूकम्प हरेक वर्ष आउने गरेको छ । हरेक वर्ष शैक्षिक सत्र प्रारम्भ हुनु अगावै विद्यालयसँग सरोकार राख्ने विभिन्न पक्षबाट अनेक प्रकारको प्रतिबद्धता जाहेर गरिन्छ तर शिक्षालाई पनि कमाउने भाँडो बनाएकाहरू आफैं भूकम्पका कारण बन्ने गरेका छन् र सम्बन्धित निकाय केही पाउने जोहोमा मौन बसेको देखिन्छ ।
विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धाको भूकम्पबाट कसरी जोगिने र कुन विद्यालय रोज्ने विषयमा यो आलेख निर्देशित रहेको छ । यो कुरो अहिले उठाउने पहिलो आधार भनेको शैक्षिक सत्र प्रारम्भ भइसकेको छ । दोस्रो, नयाँ र पुराना विद्यालयहरूले आआफ्नै सुरतालमा प्रचारबाजी गराउँदै छन् । तेस्रो, अभिभावकहरू पनि एउटा गतिलो विद्यालयको खोजीमा एक विद्यालयबाट अर्को विद्यालयमा भौंतारिइरहेका छन् । चौथो, विद्यालयहरू यति सङ्ख्यामा बढेका छन्, तीमध्ये कसको छनोट गर्ने अन्योल पनि छ । पाँचौं, कसैलाई सोधियो भने उही पुराना एक दुईटा विद्यालयहरूको नाम लिन्छन् तर ती विद्यालयहरूको अवस्था र स्तर कस्तो छ भन्ने विषयमा आफैं अपडेट हुँदैनन् । छैठौं, अभिभावकहरू पनि आफ्नो बच्चाको क्षमता कस्तो छ, ऊ कसरी पढिरहेको छ, अभिभावकको कर्तव्य उसले कति हदसम्म पूरा गरेको छ, उसको बच्चा कहीं उसकै कारण त कमजोर भइरहेको छैन जस्ता विषयमा अनभिज्ञ छ ।
नयाँ विद्यालयमा भर्नाका केही थप कारणहरू पनि हुन सक्छ । जस्तै फलानो विद्यालयले प्रवेशिकामा राम्रो परिणाम दिएन, फलानो विद्यालयमा केही राहत सुविधा वा छात्रवृत्ति पाउन सकिन्छ, वा हाल अध्ययनरत विद्यालयमा शुल्क तिर्न नसकेर विद्यालयसँग धोखाधडी गर्दै अर्को विद्यालयमा जानुपर्ने हुन सक्छ, यसबाहेक अनुशासनहीनताले निलम्बन भएको अवस्था वा अध्ययनरत विद्यालयमा पटकपटक फेल वा सुधार देखा नपरेको अवस्थामा नयाँ विद्यालयको छनोट हुन सक्छ वा आफ्नो छोरा राम्रो नगरेको अवस्थामा अरूलाई पनि त्यस विद्यालयप्रति भड्काएको अवस्था हुन सक्छ । कतैकतै त विद्यालयले शुल्क तिर्न दबाब दिन थालेपछि शुल्क हजम गर्ने नियतले पनि विद्यार्थीहरू नयाँ विद्यालय छनोटको अवस्था आउँछ । एउटा अर्को कारण के पनि हुन सक्छ भने गाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सक्षम अभिभावकले शहरका विद्यालयमा पढाउने चाहनाले पनि नयाँ विद्यालयको छनोट भएको हुन सक्छ ।
जे र जुनसुकै कारण भए तापनि विद्यालयको छनोट भनेको आफ्नो उत्तराधिकारीको भविष्य छनोट गर्ने जस्तो हो । खेलमा पराजित भएपछि जित्ने सम्भावना हुन्छ, तर विद्यालय छनोटमा चुक्यो भने आजीवन पछताउनु बाहेक केही विकल्प रहँदैन । विडम्बना के छ भने एकातिर प्राय: अभिभावकहरूले पढाइभन्दा कुन विद्यालयमा कति बढी छुट पाउन सकिन्छ भन्ने कुरा मनन गरी विद्यालय खोजिरहेका हुन्छन् । विद्यालयहरू पनि कसरी यसको फाइदा उठाई अभिभावकहरूलाई ठगिरहेका हुन्छन् । अर्कोतिर विद्यालयहरूको सम्बन्धमा उठ्ने अन्योलपूर्ण र अपूर्ण सूचनाले पनि अभिभावकहरूलाई कुन विद्यालय रोज्ने भन्ने कुरा छिनोफानो गर्न गार्हो हुन्छ । विज्ञापन पनि कस्तो भइदिएको छ भने जुन विद्यालयले जे प्रचार गर्न खोज्यो त्यही भ्रम छरिएको हुन्छ । कुनै पनि स्थानीय पत्रपत्रिका वा एफ.एम.ले विद्यालय भर्ना सम्बन्धी विशेष कार्यक्रम वा परिशिष्टाड्ढ निकाल्दैन । यस कारण अभिभावकहरूलाई जे बुझाइन्छ त्यसलाई नै उनीहरू सत्य ठान्छन् ।
केही यस्ता विद्यालय पनि छन् जसले आफ्नो रचनाधर्मिताको परिचय दिंदै विद्यालयबारे विज्ञापन कोर्न लगाउँछन् । त्यसका लागि गहन छलफल गर्छन्, बाहिरका विद्यालयहरूबारे अध्ययन अवलोकन गर्छन्, आफ्नो विद्यालयको स्वरूपबारे समीक्षा गर्छन् र बिना अतिरञ्जित प्रस्ट सन्देश दिनेखाले शब्दहरू संयोजन गर्छन् । प्राय: विद्यालयहरू नक्कली सुनलाई असली देखाउने खालका हुन्छन् । यसरी नयाँ वर्ष अभिभावकहरूको लागि ‘भूकम्प’को रूपमा आउँछ । अभिभावकहरू यथार्थ के हो, धरातलको सत्य के हो र प्रचारबाजी के हो भन्ने भेउ नै पाउँदैनन् । स्वयं अभिभावकहरू पनि कहिलेकाहीं कुनै विद्यालयसित आफ्नो स्वार्थपूर्ति नहुँदा गलत प्रचारबाजीमा लागेको मैले सुनेको र महसुस गरेको छु ।
आजभोलि विद्यार्थी तान्नका लागि कतिपय विद्यालयहरू हुँदै नभएको सुविधाको प्रचारप्रसार, बिना स्थानान्तरण र चारित्रिक प्रमाणपत्र भर्ना लिने, एक अर्का विद्यालयलाई विभिन्न प्रकारको आरोप लगाउने, एक विद्यालयमा शुल्क तिर्न बाँकी रहेकोलाई अर्को विद्यालयले भर्ना लिने, एक विद्यालयका विद्यार्थी र शिक्षकहरूलाई प्रलोभनमा पारी भर्ना र नियुक्ति दिने, कमिशनका लागि वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने जस्ता कार्य गरिरहेका हुन्छन् र सम्बन्धित निकायलाई यसबारे थाहा हुँदाहुँदै पनि केही ‘भेटी’ लिएर मौन बसेका हुन्छन् । यस प्रकारको अस्वस्थ प्रतिस्पर्धाले गर्दा विद्यालयहरूबीच मनमुटाव बढ्दै गएको छ भने अभिभावकहरू ठगिने क्रम पनि बढ्दै गएको छ र स्वयं विद्यालयहरू पनि यस कार्यले गर्दा लामो समयसम्म लाभान्वित नहुने अवस्था देखिएको छ । यस कारण विद्यालय स्वयंले पनि आफ्नो सामथ्र्यको प्रस्तुति कसरी प्रचार संयन्त्रमा ल्याउने, अभिभावकहरूसँग कसरी विश्वासिलो संस्कार विकसित गर्ने, विद्यालयहरूबीच हुने अस्वस्थ प्रतिस्पर्धाबाट आफूलाई कसरी जोगाउने, विद्यार्थी र अभिभावकको ध्यान कसरी आकर्षित गर्ने, विद्यार्थी सङ्ख्या यथावत कसरी राख्ने विषयमा छलफल गर्नु आवश्यक भएको छ ।
एउटा जागरुक र संवेदनशील अभिभावकको कर्तव्य राम्रो विद्यालय खोज्नु हो तर हामीकहाँ एउटा राम्रो विद्यालय कसरी छनोट गर्ने विषयमा खुला र व्यापक बहस चलेको पाइँदैन । यहाँ अभिभावक सङ्घ पनि छ, जो आफ्नो सुविधाको बेला प्रकट हुन्छ र फेरि गुमनाम हुन्छ । स्थानीय मिडियाको ठूलो सङ्ख्या रहे तापनि अभिभावक र विद्यार्थीको हितलाई ध्यानमा राखेर विभिन्न कोणबाट बहस चलाउन सकिरहेको छैन । हामीकहाँ सार्वजनिक सरोकारको यस्तो सवालमा बडो लापरवाही छ । अर्कोतिर विद्यालयहरूको हावादारी प्रचारमाझ एउटा अभिभावकले गतिलो विद्यालय छनोट कसरी गर्ने ? प्राय: अभिभावकहरू यस मामिलामा चुकिरहेका छन् । कतिपय अभिभावकहरू त विज्ञापन र छुटको चक्करमा परेका छन् । उनीहरूले यसरी विज्ञापन र छुट दिनुभित्रको मनसाय छुटयाउन सक्दैनन् । तत्कालिक लाभहानिको आधारमा विद्यालय रोज्छन् ।
गलत सूचना र लापरवाही वा बाध्यता जेसुकै कारणले पनि एउटा विद्यालयमा भर्ना गराइसकेपछि अर्को विद्यालयमा स्थानान्तरण गराउँदा अनेकौं कठिनाइ बेहोर्नुपर्छ । ती कठिनाइहरू भनेको नयाँ स्कूल ड्रेस, नयाँ प्रकारको शुल्क, नयाँ पाठ्यपुस्तक र सबैभन्दा महत्त्वपूर्ण समस्या हो प्रयोगका लागि वर्षैपिच्छे विद्यालय फेर्नु । एउटा विद्यालयमा अध्ययरत विद्यार्थी त्यहाँको शिक्षकहरूसँग परिचित हुन्छ । त्यहाँ आफूलाई मनपर्ने साथीहरूको समूह बनाइसकेको हुन्छ । यस कारण पटकपटक विद्यालय फेरबदल गर्दा विद्यार्थीहरू आफ्नो अनुकूल माहौल पाउन सक्दैनन् । यस कुरामा अभिभावकहरूले विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ ।
अब के गर्दा यस्ता भूकम्पबाट जोगिन सकिन्छ ? अभिभावकहरूले लहलहैमा विद्यालय छनोट गर्नुहुँदैन । कसैको देखासिकी पनि गर्नुहुन्न । आफू नसक्ने विद्यालय रोज्नुहुन्न । सबैभन्दा पहिले अभिभावकले नयाँ विद्यालय छनोटको अवस्था किन आयो सोच्नुपर्छ । के समस्याको समाधान सम्बन्धित विद्यालयमा हुन नसक्ने अवस्था छ ? के विद्यार्थी कमजोर हुनुमा कतै हाम्रै दोष त छैन जस्ता सवालमाथि गहन विचार गरेर मात्र नयाँ विद्यालय छनोट गर्नुपर्छ । नयाँ विद्यालय छनोट गर्दा त्यहाँ कस्तो शैक्षिक वातावरण छ ? कस्ता शिक्षकहरू छन् ? विद्यालय व्यवस्थापन स्वयं विद्यालयको हरेक गतिविधिमा कतिको सक्रिय छ ? विद्यालयको भिजन कस्तो छ ? त्यस विद्यालयले भन्ने र गर्ने कुरामा कतिको सामञ्जस्य छ ? विद्यालयको शुल्क दर खल्ती अनुकूल छ कि छैन ? त्यस विद्यालयको प्रधानाध्यापकको चिनारी शहरमा कस्तो छ ? विद्यालयमा कस्ताकस्ता गतिविधिहरू हुने गर्छन् ? विद्यालय परिवारको संस्कार लोकतान्त्रिक छ वा छैन ?
विद्यालय छनोट गर्नु नयाँ
खेती गर्ने जस्तो हो । यस कारण हतारमा विद्यालय रोजाइ गर्नुहुन्न । अलिकति
समय खर्चिनु होस्, अवलोकन गर्नुहोस्, सोधपुछ गर्नुस् र एउटा निक्र्योलमा पुग्नुस् किनभने खेतमा राम्रोसँग खनजोत नगरे, राम्रो बीउ नछरे, मलखाद र पानीको समुचित व्यवस्था नभए, कीटाणुहरू नलागोस् भनेर औखति नछरे राम्रो अन्न भित्र्याउन सकिंदैन । यो कुरा विद्यालय छनोटसँग पनि जोडिएको छ ।
यसरी सोचविचार गरियो भने विद्यालयहरूबीच चलिरहेको अस्वस्थ प्रतिस्पर्धाको भूकम्पबाट आफूलाई सजिलै जोगाउन सकिन्छ ।