आजको युगले मनुष्यलाई निराशावादी बनाएको छ । गम्भीरता, एकाग्रता तथा ह्दयता आदि गुणहरू कोसौं टाढा भएका छन् र यी गुणहरूको स्थानमा भावुकता, सानो–सानो कुरामा उत्तेजना र उदरपूर्तिको चिन्ताले ग्रहण गरेको छ । आजको मानव जीवन ईश्वरको वरदान होइन, प्रत्युत अभिशाप प्रतीत भएको छ । यसको कारण मुख्यत: मानसिक स्वास्थ्यको अभाव नै हो ।
पञ्चतत्त्वद्वारा निर्मित हाम्रो शरीरमा मनको स्थान प्रधान छ, शरीरको गौण, किनकि मन चेतन हुन्छ, शरीर जड । गीतामा पनि चैतन्यलाई नै प्रधान मानिएको छ । मानसिक स्वास्थ्यमा नै अधिक सीमासम्म शारीरिक स्वास्थ्य निर्भर हुन्छ । महात्मा गाँधीले आफ्नो पुस्तक ‘निरोग साधन’मा लेखेका छन्– “पाश्चात्य देशहरूमा यस मतको एक पन्थ नै छ कि जसको मन शुद्ध हुन्छ, उसको शरीरमा रोग हुँदैन र भएमा पनि शुद्ध मनको वेगले आफ्नो शरीरलाई निरोग राख्न सक्छ । सार यो हो कि आरोग्यको दृढ साधन हाम्रो मन नै हो, मनको शुद्धिबाट नै आरोग्य प्राप्त हुन्छ ।”
वर्तमान मनोवैज्ञानिकहरू पनि यसै निष्कर्षमा पुगेका छन् । यस सिद्धान्तमा उनीहरूले चिकित्साको एक नवीन प्रणाली नै विकसित गरेका छन्, जसलाई हामी ‘मनोवैज्ञानिक चिकित्सा’ भन्दछौं । यस चिकित्साद्वारा, देश र विदेशका अनेक भागहरूमा, आधुनिक युगमा, अनेक प्रसिद्ध चिकित्सकहरूले मानिसलाई आरोग्य लाभ गराइरहेका छन् । सिद्धान्त छ पनि उचित । किनकि मन विचारहरूको उत्पत्ति स्थल हो, प्रत्येक राम्रो–नराम्रो विचारहरूको प्रभाव हाम्रो शरीरको प्रत्येक अवयवमा पर्दछ । जबसम्म हाम्रो मन सन्तुलित छ र पवित्र एवं सुचारुरूपले कार्य गर्दछ, तबसम्म शरीरको कुनै पनि क्रियामा रोग आउँदैन, शरीर पूर्ण स्वस्थ रहन्छ, कुनै पनि असफलताबाट व्यथित भएर किंकर्तव्यविमूढ हुँदैन, प्रत्युत हामी खडा रहन्छौं, अटल हिमालयको जस्तै मुस्कुराएर ।
मनको प्रधानता बताउँदै बुद्ध भगवान्ले भनेका छन्– “यस समयमा हामी जे पनि छौं, यसको चैतन्यकर्ता हाम्रो विचार हो । यदि मनुष्यको मनमा पवित्र विचार छ भने सुख छायाको जस्तै उसको पछिपछि हिंड्छ ।” एक अर्को विद्वानको कथन छ– “कार्य, विचारको फूल हो र सुख–दु:ख उसको फल हो । मनुष्यले जुन प्रकारले खेती गर्दछ, त्यसै प्रकारको मीठो र नमीठो फल प्राप्त गर्दछ ।”
मानसिक स्वास्थ्य प्राप्त गर्ने एकमात्र साधन हो, मनमाथि अधिकार प्राप्त गर्नु एवं त्यसलाई शक्तिशाली बनाउनु । पौष्टिक भोजन एवं औषधिहरूले होइन कि पवित्र एवं उच्च विचारहरूले मनमाथि विजय प्राप्त गर्न सकिन्छ ।
जुन प्रकार वैद्यले औषधि दिनु पूर्व रोग पत्ता लगाउनको लागि नाडीको परीक्षा गर्दछ, त्यसै प्रकार हामीले मानसिक रोगहरू पत्ता लगाउनको लागि आत्मपरीक्षण गर्नुपर्छ । त्यसपछि उचित सड्ढेतरूपी औषधि लिनुपर्छ । जस्तो कि कोही व्यक्ति रोगी छ भने उसले यो आत्मसड्ढेत लिनु उचित हुन्छ– “म पूर्ण स्वस्थ छु, म पूर्ण निरोगी छु, मेरो मन एवं शरीरको प्रत्येक अवयव पूर्ण स्वस्थ एवं शान्तिशील छ र सुचारुरूपले कार्य गरिरहेको छ ।” मनको चञ्चलतामाथि अधिकार कम गर्नको लागि यो आत्मसड्ढेत उचित हुन्छ– “म मनको दास होइन, मन मेरो दास हो । अत: यसले मेरो आज्ञा मान्नुपर्छ ।” यसको अभिप्राय यो हो कि मन एवं शरीरको जुन विकारलाई ठीक गर्नु छ, त्यसको विचारात्मक आत्मसड्ढेतहरूलाई लगातार यति मनन गर्नुपर्छ कि त्यसलाई यो आभास हुनुपर्छ कि यसले आत्मसड्ढेतहरूद्वारा भनिरहेको छ, जस्तो कि वास्तवमा यो हो । केही दिनमा नै आश्चर्यजनक सफलता प्रतीत हुन्छ । यो कुरा मात्र कल्पित नै होइन, प्रत्युत हामी यसको अनेकौं उदाहरणहरू देख्न सक्छौं । संसारका प्राय: सबै महापुरुषहरूले मानसिक स्वास्थ्य प्राप्त गरेर नै आफ्नो जीवनको निर्माण गरेका छन् ।
मनोविकारहरूमाथि विजय प्राप्त गर्नु एक अति दुष्कर कार्य हो, तर सफलतामाथि विजेतालाई सर्वत्र नै सुखको सागर लहराइरहेको दृष्टिगोचर हुन्छ । मानसिक स्वास्थ्य प्राप्त गर्ने सबैभन्दा सुगम उपाय यो हो कि दैनिक जीवनका सानो–सानो कार्यहरू जस्तो कपडा लगाउनु, पुस्तकहरू यथास्थानमा राख्नु, वार्तालाप गर्नु आदि कार्यबाट पनि सावधानी प्रदर्शित गरौं । आज हाम्रो सम्मुख सामाजिक, धार्मिक, आर्थिक, राजनीतिक, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सबै प्रकारका गहन समस्याहरू उपस्थित छन्, जसलाई उत्तम र स्वस्थ विचारले नै सुल्झाउन सकिन्छ ।