डा. रमेश मिश्र
आयुर्वेद एउटा सम्पूर्ण चिकित्सा विज्ञान हो । यसमा स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा र रोगी
व्यक्तिको रोगको उपचारको सम्पूर्ण व्यवस्था छ । आयुर्वेदमा स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा वा रोगी व्यक्तिको रोग उपचारको लागि रसायन, औषधिको व्यवस्था गर्दा व्यक्तिको प्रकृति दोषकालको विचार गर्नुपर्छ । यसको लागि आयुर्वेद चिकित्सकले रोगीको परीक्षा (जाँच) विधिपूर्वक गर्दछन् ।
जुन रोगको आयुर्वेदशास्त्रमा जुन प्रकारले उत्पत्ति, लक्षण आदि वर्णन गरिएको छ, त्यसै प्रकार बुझेर चिकित्साको विधान गर्नुलाई आयुर्वेदको भाषामा प्रतिपति भनिन्छ र रोगी परीक्षाबाट प्रतिपतिको ज्ञान हुन्छ । रोगी कुन देशमा जन्मेको, कुन देशमा पालनपोषण भएको, कुन देशमा रोगीलाई रोग लागेको, यी देशहरूमा वा स्थानमा कुन प्रकारको आहारविहारको व्यवस्था छ, ती ठाउँहरूमा व्यक्तिको मनोबल र शारीरिक बल कस्तो हुन्छ । सबै कुराको निश्चित गर्नुपर्छ ।
यी परीक्षाहरूमध्ये नाडी परीक्षाको आफ्नै महत्त्व छ । नारी परीक्षा स्पर्श परीक्षा अन्तर्गत समाविष्ट छ । तर नाडीको ज्ञान चिकित्सकको योग्यताको एउटा यस्तो मापदण्ड आयुर्वेदमा बनिसकेको छ कि कुनै रोगी जब चिकित्सककहाँ जान्छन्, तब आशापूर्वक विश्वास गरी आफ्नो हात बढाएर नाडी देखाउन खोज्छन् । यस्तो गर्दा रोगीको धारणा हुन्छ कि आयुर्वेद चिकित्सकले नाडी छामेर नै सम्पूर्ण रोगको निदान गरिदिन्छन् र फेरि केही आवश्यकता हुँदैन । नाडी परीक्षा एउटा अनुभव मात्र हो, यसलाई शब्दमा वर्णन गर्न सकिंदैन । जस्तै दही मीठो र गुलियो हुन्छ, मधु, द्राक्षा, मिश्री र दूध आदि मधुर हुन्छ । तर यिनीहरूको माधुर्यमा अन्तरविश्लेषण शब्दमा गर्न सकिंदैन । यसको अन्तर जिब्रोले मात्र थाहा पाउन सकिन्छ । त्यस्तै नाडी परीक्षा गर्दा नाडीको रहस्य आयुर्वेद चिकित्सकलाई नै अनुभव हुन्छ ।
जस्तै वीणाको तारले सम्पूर्ण रागहरूलाई प्रकट गरिदिन्छ, त्यस्तै हातको नाडीले सबै रोगहरूलाई प्रकट गर्छ । नाडी परीक्षाको लागि सबभन्दा उत्तम समय हुन्छ– प्रात:काल, बिहानै सबेरै खाली पेटमा रोगीको नाडी हेरेर धेरै रोगहरू छुट्याउन सकिन्छ ।
नाडीको गति, काठिन्यता, दोष प्रभावको आधारमा धेरै रोगहरूको बारेमा थाहा पाउन सकिन्छ । नाडी परीक्षा गरी रोगीमा हुने दोष विशेषको कारणले हुने रोगहरूलाई सजिलै छुट्याउन सकिन्छ ।
वात दोषले ८० प्रकारका वात रोग लाग्छन्, पित दोषले ४० प्रकारका रोगहरू लाग्छन्, कफदोषले २० प्रकारका रोगहरू लाग्छन् । हाम्रो शरीरमा रहेका वात, पित, कफ दोषहरू छन्, जुन सम अवस्थामा रहे व्यक्ति निरोग रहन्छ र यसमध्ये जुन दोष बढेर विकृत भएको हुन्छ, त्यसै दोष अनुसार रोग लाग्छ । जुन नाडी परीक्षाबाट थाहा पाउन सकिन्छ र रोगीको उचित औषधि र पथ्य परहेजको व्यवस्था गरिन्छ साथै जीवाणु र विषाणुबाट हुने रोगहरूमाथि वर्णन गरिएका अन्य परीक्षा विधिबाट रोगको बारेमा थाहा पाएर चिकित्सा गरिन्छ ।
अत: रोग लागेमा स्वास्थ्य रक्षाको लागि आयुर्वेदिक औषधि सेवन गर्नुपर्दा चिकित्सकको सल्लाह लिनुपर्छ । चिकित्सकको सल्लाह अनुसार योग प्राणायाम गर्नुपर्छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, कलैया, बारा