शीतल गिरी
प्रत्येक सन्तान पति–पत्नीको पारस्परिक प्रेमको प्रतीक हो, उनीहरूको प्रेम र समर्पणको जीवन्त प्रमाण हो, अमूल्य निधि हो र सुरक्षित पुष्प । निर्मलाले नौ महिना गर्भमा राखेर प्रसवको असहनीय यन्त्रणा सहेर पृथ्वीमा अवतीर्ण गराइ– नम्रतालाई । निर्मलाको लागि अमूल्य निधि र सबभन्दा प्यारो उपलब्धि थियो, नम्रता । निम्नवर्गमा जन्मिएकी नम्रताको अवस्था सार्है नै दयनीय थियो, जहाँ दिनमा एक छाक पनि पेटभर सन्तुलित आहार पाउँदिनथी, त्यहाँ उनको जन्म एउटा अभिशाप नै बन्यो । निर्मलाको लागि ऊ अनावश्यक बोझ बनेकी थिई, जबकि नम्रताले सानै उमेरदेखि नै घरको जिम्मेवारी सम्हालेकी थिई । साना भाइबहिनीको हेरविचार गरेकी थिई । घरको कामकाज गर्नु, आमाको साथमा अरूको घरमा भाँडा माझ्न, कपडा धुन जानु उनको निश्चित कामहरू थिए । बाल्यकाल कहिले आयो, कहिले कसरी गयो, यसको बोध हुनै पाएन ।
माया र ममताको साटो हप्कीदप्की पाउनु, आमाबुबाको गाली र झगडा हेर्नु यही उनको दिनचर्या अथवा मनोरञ्जन बन्यो । अबोध आँखा जसमा जीवनका रङ्गीन सपना हुनुपथ्र्यो, सुक्खा र उदास थिए । ऊ ममताको स्पर्श र स्नेहयुक्त शब्दको लागि लालायित हुन्थी । तर उसको भागमा भत्र्सना र गालीमात्र पथ्र्यो । आफ्नो परिवारप्रति रिस उठ्नु स्वाभाविकै थियो । नारकीय जीवनबाट कसरी मुक्ति पाइने हो, यही सोच्थी ।
कतिपय आमाबुबाले त गरिबीको कारण आफ्नो छोरीलाई बेच्छन् पनि । त्यसरी बेचिएका बालिकाहरूलाई यो थाहा त हुँदैन कि उसलाई कहाँ लगिदैछ, बरु नयाँ ठाउँ घरको नर्कभन्दा अवश्य राम्रो होला भन्ने आशा भने लिएका हुन्छन् । नम्रताको अवस्थाका बालिकालाई कसैले पनि माया गरेर, फकाएर, राम्रो खानलाउन दिने लोभ देखाएर आफूसँग लैजान सक्छ । उनीहरूको अबोधपनको फाइदा लुट्नेहरूको भने कमी छैन । ममता र मायाको चाहना गर्ने यस्ता बालिकाहरूलाई मीठो बोलीको यति भोक हुन्छ कि कुनै अपरिचितसँग पनि गइदिन्छन् ।
बालिकाहरू स्वभावले नै पराश्रित हुन्छन्, आत्मनिर्भर र स्वच्छन्द हुँदैनन् । परिवारको स्नेहिल संरक्षणको अन्तरमा सधैं चाहना रहन्छ । शारीरिक संस्पर्शको पनि उनीहरूलाई केटाहरूभन्दा धेरै आवश्यकता हुन्छ । प्रभुताको इच्छा
हुँदैन, तर पारस्परिक सामाजिक सम्पर्कको इच्छुक रहन्छन् । यो
प्रकृतिप्रदत्त चारित्रिक विशेषताहरू हुन् । यसैबाट वशीभूत भएर नम्रता विषयगामिनी बनी ।
हाम्रो देशमा व्यभिचारसँग जोडिएका प्राय:जसो बालिकाहरू परिस्थितिको शिकार बनेका हुन्छन् । गरीब घरकी बालिका नम्रताले यो जीवन स्वीकार गरिन् । जसले पेटभर अन्न पाएकी छैन, राम्रोसँग कपडा लाउन पाएकी छैन, माथिबाट हप्कीदप्की पाउँछे, उसलाई किन घरको माया, घरमा कतिको सुख पाएकी थिई र “‘मर्न नसकेकी अलिच्छिनी, उ जन्मको साहु, बसेर खान जन्मिएकी’ जस्ता अपशब्द सुन्दासुन्दा जसको कान पाकेको छ, उसलाई सहवासको दैहिक स्पर्श बलात्कार लागेन । नम्रताले स्पष्टत: स्वीकार गरिन् कि यस्तो तथाकथित बलात्कारले सन्तुष्टि दिन्छ– कसैले माया गर्दछ ।
नम्रता भोक र पीडाबाट पलायन भएर समाजको यस गर्हित अ·लाई निस्सड्ढोच स्वीकार गरेकी छिन् । यो कति दु:खद प्रस· हो । घरबाट भागेका भगाइएका यस्ता नम्रताहरू जिन्दगीलाई दाउमा लगाउँछन् र नर्कमा फस्छन् । नम्रताले यस जीवनमा सम्झौता गरिन्, त्यहाँबाट भाग्ने प्रयास गरिन् । धेरैजसो नम्रताहरू आफ्नो स्थितिसँग सामञ्जस्य गर्छन्, किनभने उनीहरूलाई थाहा छ– परिवारका मानिसले अब स्वीकार गर्दैनन्, किनभने कहिल्यै नजाने दाग लागेको छ । नर र नारीमा वास्तवमा बडो ठूलो अन्तर छ, ठूलो शत्रुता छ ।
सेक्सले नर अपवित्र हुँदैन, नारी अपवित्र हुन्छे, चरित्रहीनको टीका लाग्छ, चाहे त्यो विवशताले नै यस अँध्यारो कँुवामा धकेलिएकी किन नहोस् । नम्रता, जसले असमयमैं वैधव्यको मार खाएकी छ, ऊ पनि यसै बाटोमा हिंड्न थाली । भर्खरकी नम्रता, गरिबीले गर्दा विवाह हुन सकेन– अधेड उमेरको रोगी राजपूतसँग विवाह गरिदिन थाल्यो, विद्रोहस्वरूप घरबाट भाग्दा नियतिस्वरूप वैधव्यको अभिशाप पाइन् । बुबाआमाको विवेकमा बिर्को लाग्दा कतिपय नम्रताहरू बुबासमान मान्छेको पत्नी बनी पारिवारिक कठोर नियम, सामाजिक रूढीवादीले गर्दा सहज र स्वस्थ जीवन जिउने अनुमति पाउँदैनन् । नम्रताहरूले राम्रो कपडा लगाउन सक्दैनन्, शरीरलाई राम्ररी सजाउन पाउँदैनन्, पाइला पाइलामा कटुक्तिहरू सुन्नुपर्दछ ।
चालढाल, बोलचाल र लवाइखवाइको आलोचना हुन्छ । यस्तो परिस्थितिले गर्दा कतिपय नम्रताहरू दिशा शून्य भएर अर्को बाटो लाग्छन् । सामाजिक परिवेशमा थिचिएका नजानेर बाटो विराएका नम्रताहरूसँग मायाले सहानुभूतिपूर्ण व्यवहार गर्नुपर्छ, उनीहरूका भावनालाई बुझ्नुपर्छ, उनीहरूले कसरी सम्मानपूर्ण जीवन बिताउन पाउँछन् ? त्यस्ता नम्रताहरूको पुनर्विवाह गराइदिनुपर्छ, तब उनीहरूको जीवन स्वत: नै सुखमय हुनेछ । होइन भने, पुरुषहरूको भोको आँखा कपडामा लपेटिएको महिलाको शरीरलाई नङ्ग्याउँदै रहन्छ र त्यस्ता असहाय विचरीहरू भारतीय वेश्या कोठीमा पुग्न बेर छैन । नम्रता थुप्रै हातको खेलौना बनेकी थिई । उपयुक्त जीवनसाथी फेला पारी हिजोका काला दिनलाई बिर्सिदिंदा आजको जीवन सुखमय बनेको छ ।