गताङ्कको बाँकी
डायनले धेरैजनालाई मारिदियो भनेको पनि गाउँघरमा सुन्न सकिन्छ । उसले आँपको रूख सुकाइदियो । उसले अरूको गाईभैंसीको दूध सुकाइदियो ।
ऊ श्मशानमा गएर फलानो व्यक्तिको लाशलाई जिउँदो बनाएर तन्त्रमन्त्र सिकेको थियो, यस्ता धेरैथरीका कुराहरू सुन्न पाइन्छन् । प्रत्येक वर्ष दशैंको समयमा केटाकेटीहरूलाई आमा–बुबा, बाजे–बजैले कालो टीका लगाइदिन्छन् । हिङ, लसुन, सरसौं आदि कालो कपडामा बाँधेर कम्मर, घाँटी अथवा हातमा बाँधिदिन्छन् । यस्तो बाँधेमा बालकलाई भूतप्रेत अथवा नोक्सान पुर्याउने जादुको प्रभाव पर्दैन भन्ने विश्वास गरिन्छ ।
मानिसहरू प्रायश: ५ वटा खुर्सानी अथवा कागती आइतवार या म·लवार आफ्नो पसलको अगाडि झुन्डाइदिन्छन् । यस्तो गर्दा व्यापार बढ्दै जान्छ भन्ने मान्यता छ । जसले डायनलाई तन्त्रमन्त्र सिकाउँछ, उसलाई ओझा भनिन्छ । डायनलाई तन्त्रमन्त्र गर्नमात्र आउँछ तर ओझालाई दुवै आउँछ, लगाउन पनि र छुटाउन पनि । फलानो ओझाले झारफुक गरेर बालकलाई ठीक पारिदिएको हुँदा आमाको दूध चुस्न थाल्यो, गाउँघरमा प्रायश: यस्तो सुन्न पाइन्छ । एउटा समय थियो, तन्त्रमन्त्र यानी डायन–ओझाको चकचकी भएको । जनता बडो हैरान थियो । रोग बिसेक पार्न ओझाकहाँ नेहोरा बिन्ती गर्थे । तर ओझा आफ्नै धुनमा हुन्थ्यो । ओझा र डायनको मिलेमतो भएको चर्चा पनि चल्थ्यो । खानपान र सरसफाइको कारण मानिस बिरामी पर्थे । तर ज्ञानको अभावमा, आस्थाको कारण अदृश्य शक्तिलाई पुकार गर्थे । हो, विश्वास भनेको आत्मबल अवश्य हो । तर आत्मबलमात्र पूर्ण होइन, बिरामीलाई समयमा सही औषधिमूलो गरिनुपर्दछ ।
औषधि उपचार नगराएर अदृश्य शक्तिलाई पुकार गर्दा अनाहकमा धेरैले ज्यान गुमाएका छन् । स्वास्थ्य शिक्षाको अभावले रोगी बनेका छन् । आखिर रोगको घर भनेको दूषित हावापानी र खाना न हो र यसको सही जानकारी शिक्षाले दिने हुँदा हिजोजस्तो बिरामी पनि पाइँदैन र आस्था पनि रहेन । शिशु जन्मेको समयमा बज्जिका समाजमा सउरी घर (सुत्केरी घर)को ढोकामा दाउरा या गुइँठा सल्काएर राख्ने गरिन्छ, त्यहाँ फलामले बनेको फहसुल राखिन्छ, चौबीसै घण्टा आगो राख्ने गरिन्छ । यसो गर्दा आमा र बालक दुवैलाई भूतप्रेतको डर हुँदैन भन्ने विश्वास गरिन्छ । बालक जब पटकपटक डराउँछ अथवा झस्किन्छ, तब उसको टाउको तल बिछ्यौनामा चक्कु अथवा फलामको हतियार राखिदिइन्छ, यसो गर्दा बालक झस्किंदैन, डराउँदैन भनेर विश्वास गरिन्छ ।
आमाको आफ्नो बच्चामा कुनै किसिमको खराब नजर लाग्दैन भनिन्छ । कहिलेकाहीं बालक धेरै रुन्छ, तब म·लवार या आइतवारको दिन बालककी आमाले पाँचवटा रातो खुर्सानी बालकको चारैतिर घुमाएर आगोमा डढाउँछिन्, यसो गर्दा बालक सञ्चो हुन्छ भन्ने मान्यता छ । यस्तो मान्यतामा बाँचेकाहरू नयाँपन किन रुचाउँथे ?
जब कसैलाई शनिग्रहको प्रकोप हुन्छ, तब शनिवारको दिन नुहाएर कालो कपडामा कालो तिल राखेर कुनै ब्राहमणलाई दान दिनाले शनिग्रहको फल निष्प्रभावी हुन्छ भन्ने मान्यता
छ । केही मानिस यसको लागि
घोडाको नालको औंठी अथवा
डु·ाको काँटीको औंठी बनाएर
लगाउँछन् ।
जब कुनै केटाकेटी सुक्ने रोगले ग्रसित हुन्छ, तब बालकको स्वास्थ्य दिन प्रतिदिन नाजुक बन्दै जान्छ । यस्तो अवस्थामा बालकलाई तराजुमा राखेर त्यत्तिकै तौलको गाईको गोबर आइतवार या म·लवार कालो कपडामा बाँधेर पीपलको रूखमा झुन्डाइन्छ, जसरी जसरी त्यो गोबर सुक्दै जान्छ, त्यसैगरी बालकको स्वास्थ्य पनि ठीक हुँदै जान्छ भन्ने
मान्यता छ । फर्सी अथवा भन्टाको
खेतमा एउटा माटोको भाँडो (हाँडी)मा कालो पोतेर त्यसमा चुनाको टीका लगाएर राखिएको धेरैले देखेका
छन्, त्यसमाथि गोबरको एउटा गोलो बनाएर रातो खुर्सानी राख्नाले तरकारी बालीमा कसैको नजर लाग्दैन भन्ने विश्वास गरिन्छ । यस कारण जो अदृश्यशक्तिप्रति उदासीन बन्छ, गाउँघरमा उसको जीवन दुरुह बन्छ । जादु–टुना–मुना समाजको मान्यता अनुसार आवश्यक छ । यसबाट कोही पनि अछूतो रहँदैन ।
नयाँ घर बनाउँदाखेरी मानिसहरू बजर·बलीको पूजा गर्दछन् र एउटा बाँसको टुप्पोमा थोत्रिएको कूचो, पुरानो जुत्ता र काम नलाग्ने चाल्नो बाँधेर झुन्याइदिनाले कसैको खराब नजर लाग्दैन भन्ने विश्वास गरिन्छ । वरवधूको विवाहको दिन जब हुन्छ, तब लगनको दिनदेखि नै वरवधूको हातमा एउटा चक्कु र सुपारी दिइन्छ, ताकि विवाहको अवसरमा कुनै भूतप्रेत या दुष्ट आत्माको नजर नलागोस् ।
जन्ती जाँदाखेरी वरको गम्छाको धागो, राई र ज्वानो आगोमा हालिन्छ र त्यसमाथि एउटा खपडा राखेर लातले फोडिन्छ, तबमात्र वर विवाहको लागि प्रस्थान गर्दछ । जब कुनै व्यक्ति असाध्य रोगले पीडित बन्छ, तब घरका मानिस त्यस रोगीको मुखबाट ओकलेको खानेकुरो आइतवार या म·लवार कुनै कुकुरलाई ख्वाइदिन्छन् । यसो गर्दा
रोगी चाँडै रोगमुक्त हुन्छ भन्ने मान्यता छ । जब कुनै व्यक्ति मर्दछ र मानिस जब लाशलाई श्मशानघाट लैजान्छन्, त्यस समय विशेष गरेर गर्भवती महिलाको मृत्युको समयमा बालुवा र सरसौं एकसाथ मिसाएर घरदेखि श्मशानघाटसम्मको बाटोमा त्यो छर्दै जान्छन्, यसो गर्दा मृतात्मा फर्केर
घरमा आउँदैन भन्ने विश्वास
गरिन्छ । महिलाको मृत्यु हुँदा उसको पाइतालामा सुई रोपिदिइन्छ, यसो गर्दा चुडैलको रूप धारण गरेर फेरि
घरमा प्रवेश गर्न नसकोस् । आज पनि बज्जिका समाजमा थुप्रै किसिमका जो·–टो· (जादु, टोटका)ले लोकजीवनमा आफ्नो स्थान कायम राखेकै छ ।
यसको अस्तित्व बचाइराख्नमा
ग्रामीण महिलाहरूको विशेष योगदान
छ । समाप्त

शीतल गिरी