निर्भय कर्ण
मानिसले प्रत्येक मौसममा आफूलाई त्यस अनुरूप सामञ्जस्य गर्नुपर्छ । जसले मौसमको साथ समन्वय मिलाउन सक्यो उसलाई खासै समस्या हुँदैन । तर केही वर्षदेखि मौसममा यति तीव्र गतिले परिवर्तन भइरहेको छ–मानिसलाई यो बुझ्न कठिन भइरहेको छ कि आखिर जाडोमा गर्मीको अनुभूति र गर्मीमा चिसोको अनुभूति किन भइरहेको छ । कहिले बादलबिना पानी पर्ने, कहीं अनिकाल त कहीं बाढीको दृश्य किन देख्न पाइन्छ । यस्तोमा मौसमको परिवर्तनशील स्वभावले मानिसलाई सड्ढटमा पारिदिएको छ र ऊ आफूलाई परिवर्तनशील मौसम अनुसार समन्वय गर्न सकिरहेको छैन ।
बादलको लुकामारी खेल्ने प्रवृत्तिले किसानलाई झन् असमञ्जसमा पार्ने गरेको छ । किसान कहिले पानी पर्ला र खेती गरूँला भन्ने आशमा बसेको हुन्छ, तर उसको उम्मेद कहिले पूरा हुन्छ भने कहिले ठाम्मै पानी पर्दैन । कहिले यति पानी पर्छ कि खेतको बाली नै नष्ट हुन पुग्छ, कहिले भने लुकामारी खेलेर बादल आकाशबाट बेपत्ता हुन्छ । कहीं यति पानी पर्छ कि बाढी नै बाढी देखिन्छ भने कहीं अनिकाल नै आइपर्छ । प्रत्येक वर्ष के देखिएको छ भने पानी आफ्नो औसतभन्दा थोरै पर्छ र त्यो पनि बेला घर्काएर, बेमौसममा, जसले गर्दा खेतीमा निकै कठिनाइ मात्र होइन, नोक्सानी बेहोर्नुपर्छ । यसले गर्दा किसानले मात्र होइन, देशले नै ठूलो नोक्सानी बेहोर्नुपर्छ । नागरिकले खाद्यान्नको महँगीजस्तो समस्यासँग जुझ्नुपर्छ ।
मनिलास्थित एसियन विकास बैंक
(एडिबी) को के अनुमान छ भने नेपाल, भारत, ब·लादेश, भूटान, मालदिभ्स, श्रीलड्ढालाई २०५० सम्म बर्सेनि जिडिपीमा औसतरूपमा १।८ प्रतिशतसम्म नोक्सान हुन सक्छ ।
किसानहरूका दु:खमा सहायक बन्ने योजनाहरू त सरकारले बनाएको छ तर ती यति सक्षम छैनन् कि कुनै झन्झटबिना खेती हुन सकोस् र देश खाद्यान्नले सम्पन्न हुन सकोस् । यही कारण हो कि सबै देश एकअर्काको खाद्यान्नमाथि निर्भर हुन थालेका छन् । प्रत्येक देश हरेक वर्ष एकअर्काको देशको अन्न, दालसहित अन्य खाद्य पदार्थको आदानप्रदान गर्दछन् । पानीको महत्त्व बुझेर नै प्राय: के सल्लाह दिइन्छ भने पानी एकएक थोपाको उपयोग गर्नुपर्छ । नेपालमा कृषिको अवस्था अझ दयनीय छ । यहाँ किसानलाई सरकारको तर्फबाट न कुनै विशेष राहत दिइन्छ न सक्षम उपाय नै बताइन्छ । यस्तोमा किसान खेती छाडेर मजदुरी गर्न थाल्दछ । आवश्यकता पर्यो भने अन्य शहर र देशतिर पलायन हुन थाल्छन् । कमोबेस यही अवस्था अन्य देशहरूको पनि छ, जहाँ गरीबी र भोकमरी बढी छ । यस अवस्थाबाट बाध्य भएर प्रत्येक वर्ष हजारौं किसान आत्महत्या गर्न बाध्य हुन्छन् । भारतमा नै मनसुनको मौसममा करिब तीन करोड मानिस अस्थायी तवरबाट गरीबीको रेखामुनि पुग्छन् । किसानको काँधमा नै दुनियाँ अडेको छ, जसले सबैलाई खाद्य आपूर्ति गर्दछ । त्यही किसानको आँखामा जब रगतको आँसु चुहिन्छ भने मानव जगत्का लागि योभन्दा ठूलो विडम्बना के हुन सक्दछ ?
मौसमको यस परिवर्तित स्वभावको प्रमुख कारण हो ग्लोबल वार्मिङ । विशेषज्ञहरू के आशड्ढा व्यक्त गर्दछन् भने ग्लोबल वार्मिङले मौसमलाई अझ बढी खतरनाक बनाइदिएको छ र आउने वर्षहरूमा यसमा अझ अहम् परिवर्तन देखिने सम्भावना छ । चक्रवात, लू, अतिवृष्टि र अनिकालजस्ता आपदाहरू सामान्य हुनेछन् । धरतीमा विद्यमान ग्लेशियरबाट पृथ्वीको तापमान सन्तुलित रहन्छ तर परिवर्तित परिवेशले यसलाई असन्तुलित बनाइदिएको छ । तापमानमा भइरहेको वृद्धिको अनुमान वर्ष प्रतिवर्ष हामी सहज अनुभूत गरिरहेका छौं । केही दशक पहिले अत्यधिक गर्मी हुँदा पनि ३८ देखि ४० डिग्री सेल्सियस तापमान हुने गर्दथ्यो तर अहिले यो ५० देखि ५५ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । तथ्याड्ढको कुरा गर्ने हो भने पछिल्लो वर्ष हरितगृह ग्याँस उत्सर्जनका कारण नै ०.५–१.३ डिग्रीसम्म तापमानमा वृद्धि भइरहेको छ ।
बढ्दो तापमानले न केवल जलवायु परिवर्तन हुन थालेको छ अपितु पृथ्वीमा आक्सीजनाको मात्रा पनि कम हुन थालेको छ, जसले कैयौं बिरामी फैलिरहेको छ र यसको मुख्य कारण हरितगृह ग्याँस, बढ्दो मानवीय गतिविधिहरू तथा लगातार नाश भइरहेको ज·ल हो । संयुक्त राष्ट्र सङ्घको इन्टरगभर्मेन्टल प्यानल अन क्याइमेट चेन्ज (आइपिसिसी) को रिपोर्टले यस कुराको पुष्टि गर्दछ कि धरतीको बढ्दो तापमान र परिवर्तित जलवायुका लागि अन्य कुनै प्राकृतिक कारण होइन, अपितु मानिसको गतिविधिहरू नै जिम्मेवार बनेको छ । पर्यावरणको नोक्सान हाम्रो खुट्टामा आफैंले हानेको बन्चरोजस्तै छ । जसका कारण जलवायु परिवर्तनले मौसमलाई विकृत तुल्याइदिएको छ तर पनि हामी जलवायु परिवर्तनलाई सुधार्नुको साटो बिगार्नमैं लागेका छौं । यस्तो पनि होइन कि यसलाई पुन: सपार्नेभन्दा बिगार्नेको सङ्ख्या बढी छ, जसले तारतम्य मिलिरहेको छैन र लगातार पर्यावरणलाई नोक्सान भइरहेको छ । लगातार कम हुँदै गएको ज·ल, घर–कारखानाका लागि ज·ललाई घडेरी बनाउने कारणले ग्लोबल वार्मिङ बढिरहेको छ । बेमौसम बरसात र रापिलो घामले मानव जगत् र जीवहरूको क्रियाकलापलाई अस्तव्यस्त पारिदिएको छ । यस्तोमा हामी प्रकृतिप्रति सावधान र सजग भएर यसको संरक्षण गर्ने कार्यमा विशेष ध्यान दिनुपर्छ, अनि मात्र मौसम सन्तुलित हुन सक्छ र मानव जगत्ले शान्ति प्राप्त गर्न सक्छ ।