$type=ticker$count=12$cols=4$cate=0

३० दलीय मोर्चाद्वारा लाठी जुलुस प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच ठाउँ–ठाउँमा झडप, दुबैतर्फ घाइते

SHARE:

प्रस, वीरगंज, १५ चैत/
    एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज वीरगंजमा लाठी जुलुस प्रदर्शन गर्‍यो ।
    घण्टाघरबाट निस्केको लाठी जुलुसमा सहभागीहरूको लाठी खोस्ने क्रममा माईस्थान चोकमा प्रहरी र आन्दोलनकारीबीच भएको सामान्य झडपमा प्रहरीतर्फ दुईजना र आन्दोलनकारीतर्फ करिब ८ जना घाइते भएको बताइएको छ । जिप्रका पर्साले माईस्थान चोकमा प्रदर्शनकारीहरूले प्रहरीलाई निशाना बनाएर लाठी प्रहार गरेको र सोबाट प्रहरी निरीक्षक बिजुली भुँजेल र प्रज सन्तोष पटेल घाइते भएको प्रहरी प्रवक्ता वीरबहादुर ओलीले बताए । उनले ५७ वटा लाठी प्रहरीले नियन्त्रणमा लिएको जानकारी गराएका छन् ।
    यता प्रदर्शनकारीहरूमध्ये ८ जना घाइते भएका मोर्चाका पर्सा संयोजक प्रदीप यादवले बताएका छन् ।
    उनले आफूसमेत रामसपाका केन्द्रीय सदस्य राजेशमान सिंह, सद्भावना पार्टी पर्साका अध्यक्ष इमदाद गद्दी, इन्द्रकान्त दास, बाबूराम कौशिक, सन्तोष पासवान, गगनदेव पटेल, ओमप्रकाश साह, मुख्तार अन्सारी, पिन्टु उपाध्याय र वकिल मियाँलगायत सामान्य घाइते भएको बताए ।
    अध्यक्ष यादवले प्रदर्शनकारीहरूले शान्तिपूर्ण तरिकाले लाठी जुलुस निकालेकोमा प्रहरीले माईस्थानमा लाठी खोस्ने क्रममा प्रदर्शनकारीहरूसँग भीडन्त भएको बताए । उनले शान्तिपूर्ण जुलुसमा प्रहरी दमनको प्रतिकारस्वरूप सामान्य भीडन्त भएको बताएका छन् ।
    भीडन्तपछि नगर परिक्रमा गरेको लाठी जुलुसले पुन: घण्टाघरमा कोणसभा गरेको थियो । फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा सम्पन्न कोणसभालाई राष्टिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंह, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष हरेन्द्र सिंह, तराई–मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष रमतुल्लाह खान, सद्भावना पार्टीका जिल्ला अध्यक्ष इमदाद गद्दी, एकीकृत नेकपा माओवादीका बाबूराम कौशिकले प्रहरी ज्यादती भएको बताउँदै प्रहरीले आचरणमा सुधार नगरे थप सङ्घर्ष गर्ने बताए ।
अब आन्दोलन रोकिंदैन
सिकेन्द्र पासवान, कलैया/
    मधेसी जन अधिकार फोरम नेपालका महासचिव रामसहाय यादवले अब कसैले चाहेर पनि आन्दोलन नरोकिने बताएका छन् ।
    ३० दलीय मोर्चाले कलैयामा निकालेको लाठी जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै यादवले मधेसको उपलब्धिहरू अब नेपाली काङ्ग्रेस र एमालेले दबाउन नसक्ने उनको कथन थियो ।
    विभिन्न कालखण्डमा भएका विभिन्न आन्दोलनका उपलिब्धहरू संस्थागत गर्न मोर्चाले चरणबद्ध आन्दोलन थालनी गरेको भए पनि सरकारले बल प्रयोग गरेर आन्दोलन दबाउने दुष्प्रयास गर्‍यो भने मोर्चाले डटेर सामना गर्ने उनले बताए । मुलुकमा अहिले दण्डहीनता बढेको, शान्तिसुरक्षा कायम हुन नसकेको बलात्कार, हत्या, हिंसा बढिरहे पनि वर्तमान सरकारले नियन्त्रण गर्न नसक्नु सरकारको नालायकीपन भएको उनले बताएका थिए । सोही सभालाई सम्बोधन गर्दै तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले सहमतिमैं संविधान जारी गर्न सत्तापक्षलाई आग्रह गरे । बहुमतको दम्भमा संविधान जारी गर्न खोजे त्यसको नतिजा भयावह हुने उनले बताए ।
    मधेसी जन अधिकार फोरम लोकतानित्रकका जिल्ला अध्यक्ष ओमप्रकाश चौधरीको नेतृत्वमा निस्केको लाठी जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गरी भरतचोकमा आएर कोणसभामा परिणत भएको थियो । सभालाई पूर्व भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावती पासवान, सभासद् दिलमाया धामी, पूर्वसभासद् प्रमोद गुप्ता, राष्ट्रिय मसपाका केन्द्रीय सचिव पारस साह, तमलोपाका केन्द्रीय सदस्यद्वय जितेन्द्र सिह, नवलकिशोर सिह, श्याम गुप्ता, एमाओवादीका केन्द्रीय सदस्य क्षेत्रबहादुर श्रेष्ठ, युवा नेताहरू मिश्री सहनी, सचितानन्द यादव, मुकेश साह, रामकिशोर यादव, धुरी साह, रामबाबू यादवलगायतले अब मधेसको अधिकार कसैले रोकेर नरोकिने कुरामा जोड दिएका थिए ।
    प्रहरी र प्रदर्शनकारीबीच केही बेर घम्साघम्सी भएको थियो । आज व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
मोर्चाले राष्ट्रिय पत्रिका जलाए
प्रस, रौतहट/
    ३० दलीय मोर्चाका कार्यकर्ताहरूले आज कान्तिपुर दैनिकलगायत राष्ट्रिय पत्रपत्रिका जलाएका छन् । मालपोत कार्यालय तथा नापी शाखाको  सेवा केन्द्र चन्द्रपुरमा सारिएको निर्णय खारेज गर्न माग गर्दै जारी रिले अनशन सम्बन्धी कान्तिपुर दैनिकलगायत राष्ट्रिय पत्रपत्रिकाले समाचार प्रकाशन नगरेको विरोधमा पत्रिका जलाइएको हो ।
    नेपाल पत्रकार महासङ्घ जिल्ला कार्य समिति रौतहटले पत्रिका जलाउने कार्यको घोर भत्र्सना गरेको छ । महासङ्घका अध्यक्ष शैलेन्द्रकुमार गुप्ताद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा समाचार आउँदा ठीक नआउँदा पत्रपत्रिका जलाउने परिपाटी बस्दै आएकोमा त्यस्ता क्रियाकलाप नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको उल्लेख छ ।
    यसै गरी ३० दलीय मोर्चाको लाठी जुलुसमा आज भएको दोहरो भिडन्तमा दुईजना आन्दोलनकारी घाइते भएका छन भने एकजना सुरक्षाकर्मी घाइते भएका छन् । घाइते हुनेमा एकीकृत माओवादीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य उपेन्द्र प्रसाद साह, फोरम नेपालका श्रीभगवान पटेल घाइते भएका हुन् भने जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी जवान रामबाबू यादव घाइते भएको जिल्ला अस्पतालले जनाएको छ । लाठी जुलुस प्रदर्शन गर्न प्रहरीले रोक लगाएपछि दोहरो झडप भएको थियो ।
    लाठी जुलुसमा सहभागी कार्यकर्ताहरूले गौर सदरमुकामको विभिन्न भागको परिक्रमा गर्दै सहमतिको सविधान निर्माण गर, सेवा केन्द्रको नाममा सारिएको निर्णय खारेज गरजस्ता नारा लगाउँदै परिक्रमा गरेका थिए । नगरका विभिन्न चोकमा प्रहरी परिचालन गरे पनि लाठी जुलुसमा रोक लगाउन सकेन ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : ३० दलीय मोर्चाद्वारा लाठी जुलुस प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच ठाउँ–ठाउँमा झडप, दुबैतर्फ घाइते
३० दलीय मोर्चाद्वारा लाठी जुलुस प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच ठाउँ–ठाउँमा झडप, दुबैतर्फ घाइते
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJbmxAbqqfcMDiBcyAZ2XD5HPdyZ1ClScPbmgbgc2hZZjnIySPayb2jqPWQVerTEZ31dtwMhwo6JeSJujI4EDhmTa86KRRt5EKHggIJlMnh0MDXBrM3QNcYDH8t8IaLGIt4M5RRcz1NkY/s1600/prahari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJbmxAbqqfcMDiBcyAZ2XD5HPdyZ1ClScPbmgbgc2hZZjnIySPayb2jqPWQVerTEZ31dtwMhwo6JeSJujI4EDhmTa86KRRt5EKHggIJlMnh0MDXBrM3QNcYDH8t8IaLGIt4M5RRcz1NkY/s72-c/prahari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/03/blog-post_488.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/03/blog-post_488.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy