भनिन्छ खाएको रिन र आगो निमिटयान्न नपार्ने हो भने एक दिन नराम्ररी पिरोल्छ । त्यसै कोटिमा बाचा पनि पर्दछ । गरेको बाचा पूरा गरिएन वा पूरा गर्न नसक्दा आममाफी मागिएन भने यसले पनि पिरोल्छ । नेपाल सरकारले पूर्वमा धेरै बाचाहरू गरेको छ, जसको पूर्ति आजसम्म हुन नसक्दा बिजोग भइरहेको छ । यहाँ विडम्बना के पनि छ भने एकथरिलाई एउटा बाचा र अर्कोथरिलाई त्यही विषयमा विपरीत बाचा गरिदिंदा शीर्ष नेताहरू वा सरकारमा विवेक नामको कुनै चीज छ कि छैन भनी बुझ्न गार्हो भएको छ । जेठी माग्छे पानी कान्छी माग्छे घाम भनेर बूढालाई पिर परेको थियो । त्यस पिरले उसले दुनियाँलाई आफ्नो दु:खेसो मात्र सुनाएको थियो, पानी र घामको याचना गरेको थिएन । तर नेपाल सरकारले भने जेठीलाई पानी र कान्छीलाई घाम दिने धृष्टता गरेको छ । तराईका सदरमुकामहरूबाट केही सरकारी कार्यालयको शाखा विस्तार अन्यत्र गर्न खोज्दा लामो सङ्घर्ष चलेर सरकार आफ्नो पाइला पछि सार्न बाध्य भयो तर लगत्तै शाखा विस्तार गर्न भनिएको जनताले पाउने सुविधा गुम्दा अर्को आन्दोलन चर्काए र सरकारले उनीहरूलाई शाखा विस्तार गरिदिन्छु, निर्णय खारेज भएको होइन, स्थगित मात्र भएको जवाफ दिएको थियो । त्यसैले अहिले रौतहटको सदरमुकाम गौरमा सरकारी निर्णयका बावजुद रिले अनशन जारी छ ।
सरकारले गर्नुपर्ने काम धेरै छ । पहिलो काम त जनतालाई बाचा दिएर निर्वाचित भई सत्तामा बस्न पाएको आधार संविधान निर्माण नै बाँकी छ । यसमा सरकार मात्र होइन, सरकार बाहिर रहेका राजनीतिक दलहरू पनि बाचा उल्लङ्घनका पात्र भएका छन् । निर्वाचन अघि मुख्य दलहरूलाई आफू बहुमतले जित्छु भन्ने अतिविश्वासले एक वर्षभित्र संविधान दिन्छु भन्न आँट दिएको थियो, तर निर्वाचनमा गठबन्धनको सरकार र सहमतिको संविधानबाहेक जनमत नपाउँदा हिस्स परेका राजनीतिक दलहरू अब अत्तो थापिरहेका छन् र जनतालाई रनभुल्लमा पारेर आन्दोलन र सत्ता सञ्चालनको खेलमा लागेका छन् । हिजो जनताले किन कसैलाई बहुमत दिएन भन्ने कुरा आज राजनीतिक दलहरूले बिर्सेका छन् । आफ्नो बाचा बिर्सेका छन् र यस बिर्सेको बाचाले भोलि उनीहरूलाई कहाँ पुर्याउने छ, त्यसको वास्ता पटक्कै गरेका छैनन् । किनकि ठूलो भएको एमाओवादीले निर्वाचन हारेको आधार संविधान बन्न नदिनु नै थियो । त्यै गल्ती अहिले पनि दोहोर्याउने काम भइरहेको छ ।
जनतालाई संविधान चाहिएको छ । न माओवादीको, न नेपाली काङ्ग्रेसको, न मधेसवादी दल अथवा एमालेको, न कोही कसैको । जनतालाई आफ्नो लागि संविधान चाहिएको छ, जुन राजनीतिक दलहरू दिन तयार छैनन् । उनीहरूले भ्याएसम्म माओवादी संविधान, काङ्ग्रेसी संविधान र त्यस्तै दलीय संविधान दिन खोजेका छन्, जसले गर्दा सहमति भइरहेको छैन । भरपर्दो सुरक्षा, रोजगार, सडक, ऊर्जा, शिक्षा र स्वास्थ्यको प्रत्याभूति दिनेगरी संविधान बन्यो भने जनतालाई केही चाहिंदैन र त्यसमा कुनै दलको पनि हठ कायम र खारेज भएको मानिने छैन । होइन, यसैगरी वितण्डा मचाउँदै जाने हो भने भोलि हुने निर्वाचनमा कुन दल कहाँ पुग्छ र कुन नचिताएको दल अगाडि आइपुग्छ, कसैले ठोकेर भन्न सक्दैन । त्यस बेला आजका शीर्ष दलहरू निहुरमुन्टि न बाहेक अरू परिणामा पुग्नेछैनन् ।