अनन्तकुमार लाल दास
सीमावर्ती भारतीय राज्य बिहारको हाजीपुर जिल्लाको महनार प्रखण्डमा सम्पन्न मैट्रिक परीक्षाको एउटा तस्वीर यतिखेर सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । त्यो तस्वीरले निकै कुराहरू बोलेको छ । भनिन्छ पनि तस्वीर आफैं बोल्छ । त्यो तस्वीरले परीक्षाको बेला हुने कदाचारलाई उजागर गरेको छ । चार तल्ले भवनको चारै तल्लामा पछाडि पट्टिबाट मान्छेहरू यसरी लटरम्म झुण्डिएका छन् कि उनीहरू आँप टिप्न रूखमा चढेकोजस्तो लाग्छ । उनीहरू जाँच दिइरहेका विद्यार्थीहरूलाई सहयोग पुर्याउन झ्यालमा झुन्डिएका थिए । जाँच चलिराख्दा विद्यार्थीहरूलाई बाहिरबाट सहयोग पुर्याउन उनीहरू त्यसरी लागि परेका थिए । परीक्षामा सोधिएको प्रश्नको उत्तर कागजमा सारेर वा गेसपेपरबाट सोझै च्यातेर आफ्ना विद्यार्थी बसेको तल्लामा पुर्याउन उनीहरू पछाडिबाट ठाडो पर्खाल उक्लेर झ्यालबाट फ्याक्ने जमर्को गर्दै थिए । यसरी त्यो तस्वीर बाहिरिंदा बिहार सरकार लज्जित भएको छ । बिहारमा जाँचमा चिट चोर्ने परम्परा रोक्ने तथा परीक्षा मर्यादित बनाउने व्यापक बहस चलिरहेको छ । यस बहसले अन्तर्राष्ट्रिय आयाम ग्रहण गरेको छ ।
लालू यादव बिहारका पूर्व मुख्यमन्त्री तथा चर्चित भारतीय नेता हुन् । उनका सदाबहार टिप्पणीहरूलाई मानिसहरूले चाख लिएर सुन्ने र पढ्ने गर्छन् । उनले गम्भीर विषयलाई पनि लोकलयमा भन्ने गर्छन् । बिहारको परीक्षाबारे उनको अभिमत जान्न पत्रकारहरूले कोशिश गर्दा उनले भने–“मेरो सरकार भएको भए म त किताब लिएर परीक्षा हलमा जान छूट दिन्थें ।” उनको यति मात्र टिप्पणी हास्य कलाकार राजू श्रीवास्तव मार्का टिप्पणी बुझिन्छ । लालू यादवले त्यसपछि भनेका छन्–“जसले पढेको छ उसले मात्र किताबबाट चोरी गर्न सक्छ । जसले नियमित अध्ययन गरेकै छैन, जसले किताबको पाना पल्टाएकै छैन उनलाई सि·ो किताब दिए पनि के फरक पर्छ । उसले त प्रश्नहरूको जवाफ खोज्नैमा समय बर्बाद गर्छ ।”
प्रश्नको जवाफ खोज्न पनि निपुणता चाहिन्छ । त्यो निपुणता कक्षाकोठामा नियमित एकाग्रतापूर्वक अध्ययन गरेको विद्यार्थीलाई मात्र प्राप्त हुन्छ । लालूको पूरक टिप्पणीले अघिल्लो टिप्पणी सुनेर हाँस्नेहरूलाई समेत गम्भीर बनाएको छ ।
सीमावर्ती बिहारमा चलिरहेको यो बहससँगै नेपालमा पनि केही प्रश्न उठेको छ । यहाँ पनि प्रवेशिका परीक्षा सकिएको छ । जाँचको दरम्यान निरीक्षकहरू निलम्बनमा परेका छन्, बोराका बोरा गेसपेपर फेला परेको, विद्यार्थीहरू कारबाईमा परेका छन् । चिट चोरीका सवालमा पर्सा जिल्ला पनि अछूतो रहेन । यहाँ पनि प्रजिअको नेतृत्वमा निरन्तर अनुगमनको खबर आइराखे पनि फरक शैली र तरिकामा संस्थागतरूपमैं चोरी गराइएको गाइँंगुइँ शैक्षिक वृत्तमा छ । मधेसमा एउटा उखान छ–सिपाही डाल–डाल, चोर पात–पात । प्रशासनले शैक्षिक अनुशासनका लागि जति तदारुकता देखाए पनि नयाँनयाँ तरिकाबाट चोरी गर्ने र गराउने काम भएकै हो । खासगरी तराईका जिल्लामा चिट चोर्ने काम भएको खबर राष्ट्रिय सञ्चारमाध्यमहरूमा पनि प्रशस्त आएको छ । वीरगंजका प्राध्यापक डा. प्रमोद कुशवाहाले त चोरी–संस्कृति बढेको बताएका छन् । यसरी मधेसमा जाँच कसरी सुधार्ने, चोरीविरुद्ध अभियान कसरी चलाउने कुराहरू प्रशस्त सुन्न थालिएको छ । कतिपयको मत छ जाँच प्रक्रिया सुधारेपछि शैक्षिक गुणस्तर आफैं सुध्रिन्छ । शिक्षा क्षेत्र भताभु· भएकै हो चोरीको कारणले । प्रवेशिका परीक्षाको के कुरा, यहाँ क्याम्पसस्तरमा हुने जाँचमा निर्वाध चोरी हुन्छ । वीरगंजका क्याम्पसहरू पनि यसबाट अछूतो छैन । ठाकुरराम बहुमुखी क्याम्पसमा त स्नातकोत्तर तहको जाँचमा समेत चोरी भएको तस्वीर सामाजिक सञ्जालहरूमा आएको थियो । प्रहरी, प्रशासन तथा शिक्षा क्षेत्रमा संलग्न पदाधिकारीहरू समेत जाँच दिइरहँदा त्यहाँ उनीहरू आफैं चोरीमा संलग्न भएको कुराले चर्चा पाएको थियो । नक्कल गर्ने प्रवृत्ति रोक्न सकिंदैन भनियो । एकजना परीक्षार्थीले त त्यहाँका प्राध्यापकहरूले नै चोरी गर्न उक्साउने गरेको कुरा बताएका थिए ।
नक्कल गर्नु हुँदैन । नक्कल गर्ने चलन रोकिनुपर्छ । जाँचको मर्यादा कायम गर्नुपर्छ । विद्यार्थीहरूलाई सहज जाँच दिनुपर्दछ यसमा दुई मत छैन तर परीक्षा सुधारको नाममा प्रहरी आतड्ढ खडा गर्नु भएन । निरीक्षणको नाममा बाल मस्तिष्कमा भय उत्पन्न गराउनुभएन । के कसैले यस कोणबाट हेरेको वा विश्लेषण गरेको छ ? पत्रकारहरू स्वयं पनि निरीक्षणको नाममा परीक्षा केन्द्रहरूमा भौंतारिएको र बिनाअनुमति खासगरी छात्राहरूको फोटो खिचेर सामाजिक सञ्जालहरूमा राख्ने गरेको गुनासो आएको छ । १४ देखि माथिका छात्रछात्राको अचानक कसैले फोटो लिइदिंदा उसको एकाग्रता भ· हुने, उसमा तनाव उत्पन्न हुने, उत्तरलेखनमा अलमल हुने वा फोटो शेयर भएपछि विभिन्न ठाउँबाट हुने टिप्पणीबारे कहींकतैबाट प्रश्न उठाइएको छैन । त्यसैगरी व्यापक प्रहरी प्रयोग, घुम्ती टोलीको निरन्तर दौडाहाले परीक्षा युद्धभूमि बनेको देखियो । चोरी नियन्त्रणका नाममा जेजस्ता विधि अपनाइए, त्यसले सस्तो लोकप्रियता दिए पनि परीक्षार्थीमैत्री भन्न मिल्दैन । यस्तो प्रक्रियाले विद्यार्थीहरूलाई झन् हतोत्साहित पार्छ ।
रोग कहाँ छ ? विद्यालयमा छ, त्यो कक्षा कोठाभित्र छस अभिभावकको बुझाइमा छ । अहिले मधेसमा शिक्षकहरूको एउटा यस्तो जमात छ जसले अरू जे काम गरे पनि पढाउने काम गर्दैन । ऊ समाजसेवी हुन सक्छ, राजनीतिकर्मी हुन सक्छ, युनियनको नेता हुन सक्छ, ठेकेदार हुनसक्छ, जिल्ला शिक्षा कार्यालयको बिचौलिया हुन सक्छ, पत्रकार हुन सक्छ तर पढाउने काम गर्दैन । सरकारी तलब खान्छ तर पढाउँदैन । फेरि यस्तै शिक्षकहरूको लागि प्रवेशिका परीक्षको समय दशैं आएको जस्तो हुन्छ । यिनीहरू त जाँचको बेला ‘दिउँसो होली र राति दिवाली’ मनाउँछन् र यिनीहरूले नै परीक्षा सुधार्नुपर्यो भनेर फुर्ती लाउँदै हिंड्छन् ।
पढाइ किन हुूदैन ? मेरो के प्रश्न छ भने सरकारी विद्यालयहरूमा पढाइको गुणस्तर किन खस्क्यो ? सर्वेक्षणहरूले के देखाएको छ भने सरकारी विद्यालयका विद्यार्थीहरू नक्कल गर्न बाध्य हुन्छन् । उच्च शिक्षा अध्ययन गरेका शिक्षकहरू सरकारी विद्यालयमा छन् । सरकारले ती शिक्षकहरूलाई क्षमता विकासका लागि अनेकौं अवसर उपलब्ध गराएको छ । निजी विद्यालयभन्दा सरकारी विद्यालयमा त्यससँग जोडिएको सञ्चालक समिति सक्रिय छ । त्यहाँ विभिन्न पगरीधारी युनियनका नेताहरू छन् । अनुगमन गर्नका लागि ठूलो संयन्त्र भएको शिक्षा कार्यालय छ, जिल्लामा उपलब्ध बजेटमध्ये सबैभन्दा बढी शिक्षामा छ र त्यो सबै सरकारी विद्यालयमा खर्चिएको छ । यति हुँदाहुँदै पनि सरकारी विद्यालयहरूको गुणस्तर निरन्तर ओरालो लागेको छ । भवनहरू बनेका छन्, कम्प्यूटर पुग्दैछन्, विभिन्न रूप र र·का शिक्षकहरू विद्यमान छन् तर पढाइ छैन । सरोकारवाला सरकारी निकाय जाँचको बेला आतड्ढ खडा गर्ने गरी दौडाहा गर्छ, मिडियाबाट अनुगमनको ह·ामा खडा गर्छ, त्यसको केही अंश पनि शिक्षण सुधारतर्फ केन्द्रित गरेको भए यस्तो अवस्था आउँदैन्थ्यो ।
परीक्षा सकियो । विभिन्न कोणबाट खबरहरू आए । छलफल चले फेरि एक वर्षपछि यही क्रम दोहोरिन्छ । भनिन्छ–शिकारी आएगा, दाना डालेगा, जाल बिछाएगा, भूलकर उसमें फसना नहीं । तर यही हुँदैछ । कदाचार मुक्तिका नाममा खुब ह·ामा हुन्छ र फेरि सबै सामसुम हुन्छ। आज आवश्यकता छ शिक्षण सुधारको । शिक्षक सबैलाई अनिवार्य पढानउनुपर्ने बाध्यता सिर्जना गनुपर्छ । दूरदराजका विद्यालयहरूमा पनि गतिला शिक्षक पठाउनुपर्छ । विद्यालयमा पठनपाठन–संस्कृति विकास गर्ने, विद्यार्थीहरूलाई प्रश्नहरूको शैली र उत्तर लेख्ने तरिकाबारे भरमग्दुर ज्ञान दिनुपर्छ ।
यी कुराहरू भनिराख्दा मूल विषय भने परीक्षा सुधार्ने कि पढाइ भन्ने हो । तराईमा यसबारे बहस हुनैपर्छ । मधेसमा कस्तो प्रदेश हुनेभन्दा महत्त्वपूर्ण प्रश्न हो मधेसको पठनपाठन–संस्कृति । मधेस इतिहासमा ज्ञानको क्षेत्रमा निकै चर्चा पाएको ठाउँ हो । पहाडी क्षेत्रभन्दा विद्यालयहरू खुल्ने क्रम तराईमा शुरु भयो । सरकारी विद्यालय खोल्न निजी दाताहरूले लाखौं–करोडौं नगद–जिन्सी दान गरेका छन् तर आज त्यही क्षेत्रमा सार्वजनिक शिक्षा अधोगतितिर लागेको छ । नागरिक समाजले बोल्नुपर्यो, मिडियाले यो कोणबाट बहस उठाउनुपर्यो, राजनीति गर्नेले यसबारे मन्थन शुरु गर्नुपर्यो ।
जबसम्म परीक्षा सुधार्ने कि पहिला पढाइ भन्ने निधोमा पुग्दैनौं, अलमल भइरहन्छं । यो विषय पहिले चल्ला कि फुलजस्तो जटिल पनि छैन र दार्शनिक पनि छैन । मेरो लामो अनुभवले के भन्छ भने पहिले पढाइ सुधार्नु पर्यो । विद्यार्थीलाई पढ्न प्रेरित गर्नुपर्यो, विद्यालय र अभिभावकबीच सम्बन्ध स्थापित गर्नुपर्यो, अभिभावकले बेलैमा चनाखो हुनुपर्यो । जाँचको बेला कहाँ केन्द्र पर्यो, को केन्द्राध्यक्ष छ, को निरीक्षक छ र तिनका लागि ज्ञात–अज्ञात खातिरदारी गर्नुभन्दा शुरुदेखि पढाइमा ध्यान दिनुपर्यो । विद्यार्थीलाई परीक्षा के हो, त्यसको सामना कसरी गर्ने, विद्यालयको परीक्षा र प्रवेशिका परीक्षामा के भिन्नता छ, त्यहाँ सुरक्षा किन राखिन्छ, दौडाहा टोली किन हुन्छ भन्ने कुराको सहज जानकारी दिनुपर्यो अनि हेर्नुस्, जाँच कसरी हुन्छ ? ह·ामा मात्र खडा गरेर केही हुँदैन ।