विश्वराज अधिकारी
एउटा व्यक्ति असल भएमा उसले आफ्नो इमानदार सोच, चिन्तन र क्रियाकलापहरूद्वारा देशलाई बलियो, आत्मनिर्भर र धनी तुल्याउन सक्छ भने स्वार्थी भएमा आफ्ना गलत उच्च महत्त्वाकाङ्क्षा, सत्ता लोलुपता र हृदयहीन व्यवहारद्वारा आफ्नो देशलाई गृहयुद्धमा धकेलेर, लाखौ जनताको ज्यान लिएर, देशलाई नै बरबाद गर्न सक्छ । अन्य विभिन्न व्यवहारद्वारा देश र जनतालाई निरन्तर पीडित तुल्याउन सक्छ ।
देश र जनतालाई आफ्नो स्वार्थी व्यवहारद्वारा अन्तहीन पीडा दिने नेताहरूको सङ्ख्या मुख्यगरी एसिया र अफ्रिकामा निकै छ । लिबिया, इथियोपिया, सोमालिया, इरिट्रिया, लाइबेरिया, नाइजेरिया, सुडान, युगान्डा, सिएरालियोन आदि अफ्रिकी मुलुकहरू सानाठूला, विभिन्न किसिमका स्वार्थी नेताहरूको व्यवहारद्वारा पीडित छन् । घरेलु झगडा र द्वन्द्वले गर्दा ती देशका नागरिक ज्यान जोगाउन युरोपका विभिन्न मुलुकहरूमा पुगेर शरणार्थीको जीवन बाँच्न बाध्य छन् । एसियाली मुलुकहरू–सिरिया, अफगानिस्तान, इराक आदि जस्ता द्वन्द्वग्रस्त मुलुककका नागरिकहरू पनि त्यस्तै किसिमका समस्याहरूद्वारा पीडित छन् । एसियाका ती द्वन्द्वग्रस्त मुलुकका नागरिकहरू नेताहरूले चर्काएका युद्धका पीडाहरू खेपेर बाँच्न बाध्य छन् । नेपालका स्वार्थी नेताहरूको व्यवहारबाट नागरिक कति पीडित छन् भन्ने कुराको अनुमान कसैले पनि सहजै लगाउन सक्छ ।
यस आलेखमा भने एक इमानदार नेताको निस्वार्थी सोच, चिन्तन, सुझबुझ आदिले भरिएको व्यवहारले देशको कत्तिसम्म विकास हुन सक्छ भन्नेबारे चर्चा गर्न खोजिएको छ । एक दूरदर्शी, असल नेताले सामान्य आर्थिक स्थिति भएको राष्ट्रलाई विश्वको धनी राष्ट्रहरूको पङ्क्तिमा कसरी खडा गर्न सक्छ भन्ने उल्लेख गर्न खोजिएको छ ।
सिंगापुरका दिव·त नेता लि क्वान येउ विश्वका थोरै त्यस्ता नेताहरूमध्ये पर्दछन् जसले आफ्नो देशलाई आर्थिक एवं सामाजिक विकासको पथमा तीव्र गतिमा दौडाए । छोटो समयमा आफ्नो मुलुकलाई विश्वका धनी राष्ट्रहरूमध्ये एक तुल्याए । सिंगापुर अहिले विश्वका प्रमुख व्यापारिक केन्द्रहरूमध्ये एक मानिन्छ । सिंगापुर विश्वको चौथो ठूलो आर्थिक कारोबार हुने ठाउँ हो भने विश्वका पाँच अति व्यस्त बन्दरगाहमध्ये एक हो । सिंगापुरको बहुआयामी अर्थ व्यवस्था विश्व अर्थ व्यवस्थासँग ज्यादै बलियो गरी टाँसिएको छ । भूमिको अभावको कारण कृषिमा निकै पछाडि रहेको सिंगापुर मुख्यगरी व्यापारमा आश्रित छ, त्यसमा पनि खासगरी निर्माणमा । सन् २०१३ मा सिंगापुरको कुल गार्हस्थ्य उपत्पादनमा निर्माण क्षेत्रको योगदान ३० प्रतिशत थियो । प्रतिव्यक्ति आयको हिसाबले सिंगापुर विश्वको तेस्रो बढी प्रतिव्यक्ति आय हुने राष्ट्र हो । ५४ लाख ६९ हजार ७०० सय जनसङ्ख्या (सन् २०१४) भएको सिंगापुरको प्रतिव्यक्ति आम्दानी ७८ हजार ७ सय ६२ डलर रहेको छ । आर्थिक विकासको हिसाबले सिंगापुर एसियाको चार प्रारम्भिक बाघहरूमध्ये एक हो । सन् २०१३ को इन्डेक्स अफ इकोनोमिक फ्रिडम अनुसार सिंगापुर विश्वको दोस्रो स्वतन्त्र (सरल) अर्थ व्यवस्था भएको देश मानिएको थियो । अति स्वतन्त्र, अति अन्वेषणमुखी, अति प्रतिस्पर्धी र अति व्यापार–मैत्री सिंगापुरको अर्थ व्यवस्थाका चार प्रमुख विशेषताहरू हुन् । यी विशषताहरूले नै सिंगापुरलाई छोटो समयमा अति धनी राष्ट्रको दर्जा दिलायो । सिंगापुर विश्वको १४ औ ठूलो निर्यातकर्ता हो भने १५ औ ठूलो आयातकर्ता । यसै गरी सिंगापुर विश्वमैं एघारौं ठूलो वैदेशिक सञ्चिति भएको राष्ट्र हो । तर यी सबै उपलब्धिहरूको पछाडि लि क्वान येउको ठूलो हात रहेको विश्वास गरिन्छ । ३१ वर्षसम्म सिंगापुरको प्रधानमन्त्री रहेका लि क्वान येउले आफूलाई केवल सिंगापुरको आर्थिक विकासमा केन्द्रित गरे । सिंगापुरलाई एक समृद्ध राष्ट्र तुल्याउन लिले प्रतिभातन्त्र
(:भचष्तयअचबअथ) मा जोड दिएका थिए । लिको इमानदारी र प्रतिभातन्त्रको प्रयोगले नै सिंगारपुर आज यो अवस्थामा पुगेको हो । प्रतिभातन्त्रले हरेक व्यक्तिलाई उसको सामाजिक हैसियत, पद, पैसा, जाति वा समुदायको आधारमा होइन, उसको प्रतिभाको आधारमा अवसर दिनुपर्दछ भन्ने कुरामा विश्वास गर्दछ । सिंगापुरले विश्वभरका प्रतिभाहरूलाई आकर्षित गरेको छ । परिणामस्वरूप सिंगापुर अहिले बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय हुन पुगेको छ । सिंगापुरको जनसङ्ख्यामा करिब ७६ प्रतिशत चिनियाँ, १५ प्रतिशत मले र ७ प्रतिशत भारतीय मूलका मानिस छन् । बहुसांस्कृतिक भएको कारणले पनि यो देशले चमात्कारी आर्थिक प्रगति गरेको हुन सक्छ ।
आधुनिक सिंगापुरका निर्माता मानिएका लि क्वान येउको मृत्यु केही दिन पहिले (:यलमबथ, :बचअज द्दघ, द्दण्ज्ञछ) भएको थियो । यो आलेख तयार पार्दासम्म, प्राप्त समाचारहरूको अध्ययन गर्दा, लिलाई अन्तिम श्रद्धाञ्जलि दिनेहरूको भीड लाग्ने क्रम जारी थियो । सरकारले जनतालाई ठूलो भीड नगने अनुरोध गर्नुपरेको थियो । लिको अन्तिम दर्शन गर्न सिंगापुरको डाउनटाउनमा आठ घण्टा लामो भीड लागेको थियो । यति मात्र होइन, त्यति ठूलो भीड अधिकारीहरूका लागि अप्रत्याशितसमेत हुन पुगेको थियो । लिको लोकप्रियतालाई मध्यनजर गर्दै सिंगापुरका विभिन्न सङ्घ संस्थाहरूले आफ्ना कर्मचारीहरूलाई लिको श्रद्धाञ्जलीमा भाग लिन जान दिने कामबाट बिदासमेत दिएका थिए । केही समयका लागि भूमिगत रेल, ‘एम आर टी’ चौबीस घण्टा सञ्चालन गरिएको थियो । लिलाई सम्मान प्रदान गर्ने क्रममा लागेको केही किलोमिटरसम्मको लामो भीडले लि सिंगापुरमा कति लोकप्रिय थिए भन्ने कुराको अनुमान सजिलै लगाउन सकिन्थो ।
लिले आफ्नो कार्यकालमा विभिन्न आलोचनाहरू नखेपेका भने होइनन् । उनले सिंगापुरियन मात्र होइन, सिंगापुरभित्र रहेका जो कोहीलाई चुईंगम खान पूर्ण रोक लगाएका थिए । सरकारको आलोचना गर्ने प्रकाशनहरू बन्द गर्न लगाएका थिए । वंश वृद्धिका लागि शिक्षित महिलाहरूलाई प्रोत्साहित गर्न उनीहरूलाई आर्थिक प्रोत्साहन दिने व्यवस्था गरेका थिए । उनी देशमा विभिन्न राजनैतिक दलहरू हुनुपर्दछ भन्ने मान्यताको विपक्षमा थिए । राष्ट्रको आर्थिक विकासका लागि विरोधी स्वरहरू दबाउनुपर्दछ भन्ने मान्यतामा बलियो विश्वास राख्दथे ।
३१ वर्षसम्म सत्तामा रहेर एक किसिमको तानाशाही कायम गरेका लिले देशमा प्रभावकारी राजनैतिक व्यवस्था का लागि एक राजनैतिक दल बढी उपयोगी हुन्छ भनी वकालत गर्थे । एक दलीय व्यवस्था पूर्वी एसियाली राष्ट्रहरूको लागि सुहाउँदो हुनेमा जोड दिन्थे । विरोधीहरूको रचनात्मक विचार सुन्नुभन्दा कान थुन्नु उपयोगी मान्थे । तर यति हुँदाहुँदै पनि लि आफ्नो क्षेत्रमा मात्र होइन, विश्वकै प्रभावकारी नेताको रूपमा स्थापित भए । यस्तो हुनुको एउटै कारण थियो । र त्यो कारण थियो उनी इमानदार हुनु । सिंगापुर र त्यहाँको जनताको आर्थिक विकासका लागि लि समर्पित थिए । आफ्नो जीवनकालमा जे गरे सिंगापुर र त्यहाँका जनताका लागि गरे । तर सन्तुलितरूपमा गरे । चिनियाँ मूलका भए तापनि मले वा भारतीय मूलका नागरिकसँग कुनै किसिमको भेदभाव गरेनन् ।
लिको लोकप्रियताले एउटा कुरा विवादरहित किसिमले प्रस्ट भएको छ– के भने अहिले यो भूगोलको जुनसुकै क्षेत्रको र खासगरी एसिया र अफ्रिकाको जनतालाई मात्र शान्ति र आर्थिक खुशहाली चाहिएको छ । अहिले जुनसुकै देशका नागरिक आर्थिक खुशहाली ल्याउने र शान्ति कायम गर्न सक्षम हुने राजनैतिक व्यवस्था नै उपयुक्त हो भन्ने मनस्थितिमा पुगेका छन् । राजनैतिक व्यवस्था पूर्ण प्रजातान्त्रिक छ कि छैन भन्ने कुरा ठूलो होइन, जुनसुकै राजनैतिक व्यवस्था सञ्चालन गर्न नेताहरू इमानदार छन् कि छैनन् भन्ने कुरा ठूलो हो भन्ने स्थितिमा पुगेका छन् । अहिले नागरिकहरूले इमानदार नेता खोजी रहेका छन् । सिद्धान्तको भारी बोक्ने नेताहरू खोजिरहेका छैनन् । सिद्धान्तको भारी बोक्ने र त्यही सिध्दान्तको नाममा जनतालाई ठग्ने नेताहरू खोजिरहेका छैनन् ।
नेताले जस्तोसुकै राजनैतिक व्यवस्था प्रतिपादन गरे तापनि, ऊ तानाशाह भए तापनि, यदि उसले इमानदारीपूर्वक देश र जनताको हितमा काम गरेको छ भने जनताले त्यस्तो नेताको गल्तिलाई माफ गर्दोरहेछ । उसको गल्तिलाई भुलेर उसलाई प्रिय र सम्मानीय नेताको दर्जा प्रदान गर्दोरहेछ । सिंगापुरका दिव·त नेता लिको लोकप्रियाताले यस तथ्यको निर्विवाद पुष्टि गरेको छ । यो तथ्य नेपालका अपरिपक्व नेताहरूले बुझ्नु जरुरी छ । सिद्धान्त, वाद र विभेदको विद्या पढेर ठूलो नेता हुने होइन, जनताको निस्स्वार्थ सेवा गरेर महान् नेता बन्ने तथ्य नेपाली नेताहरूले बुझ्न जरुरी छ ।
दच द्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm