चन्द्रकिशोर
बुझ्नुपर्ने तथ्य के हो भने तराई आपैंmमा एउटा विविधता बोकेको भूभाग हो । यहाँ भाषिक, धार्मिक, जातीय, आर्थिक विविधताहरू छन् । अर्को शब्दमा भन्नुपर्दा, नेपाल जस्तै दक्षिण नेपाल विविधतायुक्त छ । यहाँ एउटै पहिचानधर्मीहरूको बाहुल्यता छैन, वा भनौं नेपाली राजनीतिमा उठिरहेका ज्वलन्त सवालहरूबारे एउटै खालको समझदारी वा दृष्टिकोण यहाँ छैन । विभिन्न अवधारणा एवं आधारहरू टेकेर दृष्टिकोणहरू उदीयमान भइराखेका छन् । राज्य संरक्षित विभेद वा राज्यका स्रोतहरूको वितरणमा असमानताका एउटै खालको पृष्ठभूमि छैन । यस परिप्रेक्ष्यमा कुनै एक स·ठन वा वादले दक्षिण नेपालको प्रतिनिधित्व गर्न सक्दैन । दक्षिण नेपाललाई कुनै एक नेतृत्व वा दलले मात्र नभई लोकतान्त्रिक व्यवस्थाले मात्र सही प्रतिनिधित्व गर्न सक्छ । तराई, सांस्कृतिक समूहबाट राजनीतिक समुदायमा परिवर्तित हँुदैछ । तराईको नयाँ स्वरूप जुन विकसित हुँदै गएको छ, त्यसलाई काठमाडौं संस्थापनले न त बुझ्न सकिरहेको छ, न त निकटका अभिन्न छिमेकी दिल्लीले नै ।
अहिले बहुआयामिक द्वन्द्वका कारण तराईका समाज, राज्य, अर्थतन्त्र, राजनीतिक आधारहरू नराम्रोसँग खलबलिएको अवस्था छ । यस्तो अवस्थामा तराईप्रति मसिनो सुसूचना, समझदारी, सद्भाव र सहयात्राको पहल काठमाडौंबाट गर्नुपर्ने जरुरी छ । भई के राखेको छ भने तराईलाई केवल मधेसी राजनीतिको पर्यायका रूपमा हेरिने गरिन्छ, जो आपैंmमा एकाड्ढी र अधुरो छ । तराईमा विभिन्न पहिचानहरूको खोजी गर्ने समूहहरू छन्, तर यिनीहरूबीचमा मौलिक सामीप्यता पनि छन्, ऐतिहासिक पृष्ठभूमिका आधारमा, सांस्कृतिक अन्तप्र्रवाहका आधारमा, विभेदका जराहरूका आधारमा र जागरणका आधारमा । सामीप्यता र दूरीबीचको मौलिक अन्तरलाई यदाकदा स्वयम् तराईका बौद्धिक वर्ग र काठमाडौं संस्थापनले नबुझिदिंदाखेरी थोकमैं दृष्टिकोण बनाउने गरिन्छ ।
मधेसी दलहरू कमजोर हुँदै गएका छन् । टुट्ने, फुट्ने अमिवावादी रोगका कारणले मात्रै खस्किएको होइन मधेसी दलहरूको जनाधार । मधेसका समस्याहरू हल गर्नका लागि चाहिने दृष्टिकोणको अपुगपन र लक्षित समूहमा आशाको सञ्चार गर्न नसक्नु पनि लोकप्रियता कमीको कारण हो । यी दलहरू कमजोर भए, त्यस कारणले त्यसका लोकतान्त्रिक एजेन्डा “मधेसी मुद्दा”हरूलाई ओझेलमा पार्न खोज्नु काठमाडौं संस्थापनका लागि आत्मघाती काम हुनेछ । तराईमा अस·ठित तर मुखर नागरिक समाज स्वस्र्पूmतरूपमा विकसित हँुदै गइराखेको छ । जसले मधेसका न्यायपूर्ण आवाजलाई पतवार दिने काम गर्न सक्छ । दलहरू अलोकप्रिय हुनु एउटा पाटो हो, एजेन्डा अर्को पाटो हो । तराईको यथार्थ के हो भने मधेसी मुद्दाहरूप्रति युवाहरूमा अविश्वसनीय चाहना बढ्दै गएको छ । युवाहरूमा बढ्दो चासो र चिन्ताले मधेसी मुद्दालाई कुबेलामा मर्न दिंदैन । त्यसैले मधेसी दलहरू दलदलमा फस्दै गएका व्याख्या गर्दै मधेसी मुद्दालाई समाप्त पार्ने कार्यनीति काठमाडौंले लिनुहँुदैन । मधेस विद्रोहले तराईमा पहिचानप्रति आकर्षण र आत्मविश्वास बढायो तर असली चुनौती भनेको त्यसलाई राज्यको स्रोत र साधनमा समतामूलक वितरणसम्म पुर्याउनु हो ।
यो भूभाग तराई र मधेसमा विभाजित हुँदै गइरहेको छ । एउटा पक्ष तराई भन्न रुचाउँछ, अर्को पक्ष मधेसप्रति मोहित छ । ध्रुवीकरणको यो प्रक्रिया दलहरूमाझ, दृष्टिकोण निर्माताहरूबीच र स्वयम् यस क्षेत्रका पहिचानधर्मी समुदायहरूबीच पनि झल्किन्छ । मधेस विद्रोहताका बलिदान दिनेहरू मधेसी पहिचानसहितको नेपाली नागरिक बन्न खोजेका थिए । दक्षिण एसियामा जहाँकहीं पनि पहिचानको राजनीति गहिरिंदै गएको छ, त्यसले पृथक अस्तित्व खोजेको छ । श्रीलड्ढा, पाकिस्तान, भारत वा चीनमा तमिल, बलुची, काश्मीरी वा पूर्वोत्तर र तिब्बती पहिचानको खोजी निकटका उदाहरणहरू हुन् । आज तिब्बतमा समृद्धि जतिसुकै थपिंदै गएपनि त्यहाँ कोही तिब्बती राज्यप्रमुख हुन सक्ने तत्काल छाँटकाँट छैन, न त कोही तमिल श्रीलड्ढाको राष्ट्रपति नै बन्ने तत्काल स्थिति छ, तर तराईले सुखद स्थिति बेहोरिसकेको छ ।
तराईले यत्रो उपलब्धि पाइसक्दा पनि किन यहीं बढी हलचल छ ? मधेस विद्रोहपछिका उपलब्धिहरूलाई यान्त्रिक र नाटकीय प्रतिफलका रूपमा व्याख्या गर्नेहरू एउटै ठूलो जमात छ र यो बुझाइ रहेसम्म यसकै नाममा राजनीतिको खेती पनि भइराख्छ । समानता र सम्मानका निम्ति राजनीतिक र पेसागत आधारमा राजनीति त्यहीं सफल हुन्छ, जसको जरो नेपाली धर्तीमा र आन्दोलन जनकेन्द्रित हुन्छ ।
मधेसी दलहरूका प्रस्तावले अहिले पनि धरातलीय आकाङ्क्षालाई प्रतिनिधित्व गर्न सकिरहेको छैन । तराईको बदलिंदो आर्थिक–सामाजिक संरचना, युवाहरूका अपेक्षा, सामाजिक सुरक्षा जस्ता सवालमा मधेसी दलले ध्यान नै पुर्याउन सकेका छैनन् । हो, पछिल्ला समयमा मधेसी दलका केही नेताहरूले आआफ्नो क्षेत्रमा केही त्रृणमूलका मुद्दाहरू पनि उठाएका छन् र यसको प्रभाव आम मानिसमा पनि परेको छ, तर अहिले पनि के बुझाइ छ भने मधेसी दलको भूमिका र प्रस्ताव सत्ताराजनीतिबाट मुक्त हुन सकिरहेको छैन । दक्षिण नेपाललाई हेर्ने काठमाडौंको आँखा र स्वयम् यस क्षेत्रको प्रतिनिधित्व गर्छु भन्नेहरूको आँखामा देखिएका तस्वीरमा अतिवाद छ । फलत: दक्षिण नेपाल राजनीतिक अलगावको खतरनाक सिकार भइराखेको छ ।
मात्तिने, पात्तिने र आत्तिने स्वभावका लागि कहलिएको काठमाडौंको संस्थापन वर्गले दक्षिण नेपालसम्बन्धी भयको खेती गर्न नयाँ नयाँ मसलाहरू खोजी गर्ने गर्छन् । त्यो राष्ट्रियता, सङ्घीयता, भाषानीति, समावेशीकरण, सेनाको संरचना जस्ता सवालहरूलाई लिएर बीउ छर्ने काम हुन्छ । उता परम्परागत सोचाइमा समान भाषा, रहनसहन र संस्कृतिको आधारमा नेपालको तराई भारतीय हितविपरीत जान सक्दैन भन्ने एक बुझाइ थियो तर यतिखेर बदलिएको विभिन्न सन्दर्भ र स्वार्थले तराईको नयाँ स्वरूप निर्माण गरेको छ । यस अवस्थामा दक्षिण नेपालको यो भूगोल र यहाँका बासिन्दाको मनोभावलाई बुझ्न काठमाडौंमात्र होइन, तराईकेन्द्रित दलहरूले पनि ढिलो गर्नुहुँदैन । एउटा कुरा निश्चित हो कि तराईकेन्द्रित पृथकतावादी आन्दोलनलाई भूराजनीतिले अनुमति दिंदैन, तर यहाँ लामो द्वन्द्वको लाभकारी खेतीपाती गर्न कैयौं पक्षहरू उत्सुक छन् । स्वयम् काठमाडौं पनि सत्ताराजनीतिको शक्ति प्रदर्शन गर्न यसै क्षेत्रलाई रोज्छ । यस अवस्थामा यस क्षेत्रका जनतामा रहेको राष्ट्रियता, लोकतन्त्र र परिवर्तनका पक्षमा रहेको सुझबुझलाई यहाँका राजनीतिक खेलाडीहरूसँग जोडेर नहेरिदिन र त्यसलाई बाँकीका नेपाली भूगोलका बासिन्दाहरूसमक्ष बताउनमा काठमाडौंकेन्द्रित नागरिक समाज र मिडियाले विशेष पहल गर्नमा ढिलो गर्यो भने त्यसको परिणाम लामो समयसम्म नेपालले भोग्नुपर्ने हुन सक्छ । र, स्वयम् तराईको मिडिया र नागरिक समाजले यहाँको ताजा स्थितिबारे गम्भीर मनन र विश्लेषण गर्नुपर्छ ।