प्रस, वीरगंज, १४ फागुन/
पर्सा जिल्लाको उखु अहिले भारत निकासी हुन थालेपछि उखु किसान हर्षित भएका छन् ।
बाराको रिलायन्स सुगर मिलले गत वर्ष गरेको लिखित सम्झौता विपरीत उखु खरिद गर्न ढिलाइ गरेको अवस्थामा आन्दोलित पर्साका किसानहरूको उखु सीमावर्ती भारतको विभिन्न चिनी मिलहरूले लिन शुरु गरेपछि किसान हर्षित भएका हुन् ।
पर्सा जिल्लामा गत वर्षको तुलनामा यस वर्ष दोब्बर उखु खेती भएको उखु किसान सङ्घर्ष समिति पर्साका अध्यक्ष शहरुम राउत गद्दी बताउँछन् ।
गत वर्ष ६ सय बिघामा उखु खेती भएकोमा रिलान्यस सुगर मिलले बल्लतल्ल ५ सय बिघाको उखु खरिद गरेको थियो भने करिब १ सय बिघा खेतको उखुको कडा सङ्घर्षपछि तोकिएको क्षतिपूर्ति उपलब्ध गराएको थियो।
यस पाली भने पर्सा जिल्लामा १३६३ बिघामा उखु खेती गरिएको थियो । गत वर्षझैं यस वर्ष पनि रिलान्यस सुगर मिलले उखु खरिद गर्न ढिला गरेपछि पर्साका किसान आन्दोलित भएका थिए । यसैबीच भारतीय महावाणिज्य दुतावासको पहलमा सीमावर्ती भारतीय चिनी मिलहरूले उखु खरिद गर्ने वातावरण सृजना गरेपछि किसानहरू गत वर्षको दुर्दशा बेहोर्नु नपर्ने कुरामा ढुक्क भएका छन् ।
रिलान्यस सुगर मिलले पर्साको १० प्रतिशत मात्र उखु खरिद गरेको बेला भारतका चिनी मिलहरूले एक साताको अवधिमा २५ प्रतिशत उखु खरिद गरेका छन् ।
सञ्चारकर्मी एवं उखु किसान अनुप तिवारीका अनुसार उखु बिक्रीको समस्या भोगिरहेका पर्साका किसानहरू समक्ष भारतका चिनी उद्योगहरूले उखु खरिद गर्न हानथाप गरेको दृश्य अपत्यारिलो छ ।
बिहार पूर्वी चम्पारणको सुगौली, मझौलिया, पश्चिमी चम्पारणको लौरिया, नरकटियागंज, रामनगर र बगाहासम्मका चिनी मिलका प्रबन्धकहरू अहिले पर्साका किसानहरूको घरखेतमा पुगेर सेवासुविधाको प्याकेज अफर दिइरहेका छन् ।
रिलान्यस सुगर मिलको चलान प्राप्त गर्न समस्या भोगिरहेका किसानहरूलाई प्रतिक्विन्टल भारु २४५ मा चलानको कुरा त परै जाओस्, दैनिक भुक्तानी गर्ने अफरसहित उखुको माग भइरहको छ । सञ्चारकर्मी एवं उखु किसान तिवारी भन्छन्– हिजोको दिनमा किसानले चिनी मिललाई उखु ‘ले ले’ भन्नुपथ्र्यो भने अहिले भारतीय चिनी मिलहरूले उखु ‘दे कि दे’ भनिरहेका छन् ।