प्रस, गरुडा, १३ फागुन/
शिक्षा क्षेत्रलाई भागबन्डाभन्दा माथि राख्न राष्ट्रपति डा. रामवरण यादवले आग्रह गरेका छन् । रौतहटको चन्द्रपुर १४ नजरपुरस्थित श्रीकृष्ण प्रणामी सेवा समितिले निर्माण गरेको वृद्धाश्रमको उद्घाटन समारोहलाई बुधवार सम्बोधन गर्दै राष्ट्रपति डा. यादवले शिक्षा क्षेत्रको भागबन्डाले मुलुकको भविष्य सड्ढटमा पर्ने बताए ।
“शिक्षक र डाक्टरको वर्ग हुँदैन, जात हुँदैन”–डा. यादवले भने–“शिक्षा धर्म हो ।” राष्ट्रपति डा. यादवले शिक्षा नरहे राष्ट्र बन्न नसक्ने हुनाले शैक्षिक क्षेत्रमा कुनै किसिमको भागबन्डा नगर्न आग्रह गरेका हुन् ।
संवैधानिक निकायहरूमा पनि दलहरूबीच भागबन्डाको कुरा सञ्चारमाध्यममा आइरहेकोले त्यसतर्फ सड्ढेत गर्दै त्यसो नगर्न उनले आग्रह गरे ।
राष्ट्रपति डा. यादवले चाँडोभन्दा चाँडो सहमतिको संविधान आउने कामना समेत गरे । आफ्नो कामनामा साथ दिन रौतहटवासीलाई राष्ट्रपतिले आग्रहसमेत गरे ।
कार्यक्रममा राष्ट्रपति डा. यादवले राष्ट्रको सर्वोत्तम हितमा सहमतिको संविधान जारी हुनुपर्ने विचार व्यक्त गर्दै सहमतिको लागि काङ्ग्ेरस र एमालेको मुख्य पहल हुनुपर्ने विचार व्यक्त गरेका थिए । पहिलो संविधानसभाले हतियार तथा सेना व्यवस्थापन गरेको बताउँदै राष्ट्रपति डा. यादवले इतिहासले दोस्रो संविधानसभामाथि सहमतिको संविधान जारी गर्ने अभिभारा दिएको बताए ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै राष्ट्रपति डा. यादवले माओवादीलाई सहमतिमा अन्तरिम संसद्मा ल्याएजस्तै संविधानसभा बाहिर रहेका शक्तिलाई समेत सहमतिमा ल्याएर सहमतिको संविधान जारी गर्नुपर्ने बताए । सबै कुरा मिलिसकेको भनिएको सन्दर्भमा सङ्घीयताको मुद्दा व्यवस्थित गर्न बाँकी रहेको सन्दर्भमा सहमतिको संविधान जारी हुने विश्वास व्यक्त गरे ।
राज्यको कुनै धर्म नहुने बताउँदै डा. यादवले सबै धर्मको सम्मान राज्यले गर्नुपर्ने बताए । सनातन धर्म सबैभन्दा उत्तम भएकोले यसको संरक्षणमा लागेकोमा कृष्ण प्रणामीको कामको उनले प्रशंसा गरे । कार्यक्रममा चन्द्रपुर–६ का १०१ वर्षे ज्येष्ठ नागरिक कृष्ण तिमल्सिनालाई दोसल्ला ओढाएर सम्मान गर्दै डा. यादवले वृद्धवृद्धाहरूको सम्मान समाजले नै गर्नुपर्ने बताए ।
कार्यक्रममा शिक्षामन्त्री चित्रलेखा यादवले शिक्षाले विश्वलाई बाटो देखाउने भएकोले नैतिक शिक्षा आवश्यक रहेको बताइन् । प्रत्येक व्यक्ति इमानदार र नैतिकवान भएमा विश्व शान्ति हुने बताउँदै शिक्षामन्त्री यादवले शिक्षाको महत्त्व जीवनमा सबैभन्दा ठूलो भएको बताएका छन् ।
नजरपुरमा आजदेखि श्रीकृष्ण प्रणामी धर्म महोत्सव पनि आरम्भ भएको छ । कार्यक्रमस्थलमा देवदेवीका प्रतिमाहरू स्थापना गरिनुका साथै दैनिक प्रवचन पनि हुने आयोजकले जनाएको छ । रौतहटको नजरपुर धार्मिक पर्यटनको केन्द्र बन्दै गएको छ । एक सय बीस घरधुरी रहेको नजरपुरमा सबैजना शाकाहारी छन् । गाउँको एउटै पनि मुद्दामामिला प्रहरी वा अदालतमा गएको छैन र समूहमा मिलेर सबैले काम गर्ने गरेका छन् ।