प्रमोद यादव, रङगपुर १४ माघ/
पर्साको हरपुर गाविसमा सिआइबी काठमाडौंको टोलीले स्थानीय सरजुग चौधरीलाई हात्तीको दाँतसहित पक्राउ गरेपछि निजको पक्राउको विरोधमा स्थानीय बासिन्दा अगाडि आएपछि भएको दोहोरो भीडन्तमा चारजना प्रहरी र आधा दर्जन गाउँले घाइते भएका छन् ।
आज साँझ सिआइबी प्रनि भोला भट्टको नेतृत्वमा पाँचजना प्रहरी सम्मिलित टोलीले चौधरीको घरमा छापामारी गरी हात्तीको दाँत फेला पारेपछि चौधरीलाई पक्राउ गरेको थियो ।
प्रहरीले चौधरीलाई पक्राउ गरेपछि सोको विरोधमा गाउँलेहरूले सिआइबी टोलीलाई घेरा हाली गाउँबाट निस्कन दिएका थिएनन् ।
गाउँलेहरूले घेरामा लिएको सूचना प्रवाह भएपछि इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली र प्रहरी चौकी बिरुवागुठीको टोली घटनास्थल पुगेको थियो । थप प्रहरी टोली पुगेपछि गाउँलेहरूले ढुङ्गामुढा गरेका थिए । अधिकांश महिला र वृद्धवृद्धा सम्मिलित गाउँलेहरूको ढुङ्गामुढाबाट सिआइबीको गाडीको शीशा फुटेको थियो ।
पछि घटनास्थलमा इप्रका सिमरा, मनवा, परवानीपुर, एकटाँगा, रङपुर टाँडी र जिल्ला प्रहरी कार्यालय, पर्साबाट टोली पुगेको थियो । गाउँलेहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेको कारण प्रहरीले चेतावनीस्वरूप हवाई फायर गरेको थियो ।
हवाइ फायरपछि पनि प्रहरीसँग भिडेका गाउँलेहरूमाथि प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार करिब ७० राउन्ड हवाइ फायर र अश्रुग्याँस प्रहार गरिएको थियो । भीडन्तमा प्रहरी चौकी बिरुवागुठीका प्रसनि सरफलाल यादव, प्रहरी जवान कपिलमुनि पौडेललगायत प्रहरी घाइते भएका बताइएको छ ।
यसैगरी गाउँलेतर्फ प्रहरीको गोलीबाट दिपनी देवी सख्त घाइते भएकी छन् । उनको दुईवटा खुट्टामा गोली लागेको छ । त्यस्तै दुखनी देवी र इन्द्रा देवीको ढाडमा गोली लागेको छ ।
एक घण्टा लामो भीडन्तपछि स्थिति काबूमा आएको थियो । थप प्रहरी टोलीले गाउँलेको नियन्त्रणबाट सिआइबीको टोलीलाई मुक्त पार्नुका साथै हात्तीको दाँतसहित अभियुक्त सरजुग चौधरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, पर्सा ल्याएको छ ।
घटनामा घाइते भएकाहरू सबैलाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।