प्रस, वीरगंज, १६ माघ/
शहीद दिवसको अवसरमा आज नेपाली काङ्ग्रेस वीरगंज नगर कार्यसमितिले विविध कार्यक्रमको आयोजना गरेको छ ।
नारायणी उपक्षेत्रीय अस्पताल परिसरस्थित शहीद थीरबम मल्लको सालिकमा माल्यार्पण गरिएको थियो । यसैगरी अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै आकस्मिक कक्ष र बाल बहिर· विभागका लागि नाडी जाँच्ने दुई थान उपकरण एवं नेबुलाइजर मेसिन प्रदान गरिएको थियो ।
नेका नगर कार्यसमितिले शहीद तेजबहादुर अमात्यको सालिकमा पनि माल्यार्पण गरेको थियो ।
सो अवसरमा लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै हबिब मियाँ, चन्द्रावती र अब्दुल करिमलाई प्रमुख अतिथि सभासद् राजेन्द्रबहादुर अमात्यले दोसल्ला ओढाइ सम्मान गरेका थिए ।
एमाओवादी र नेकपा–माओवादीद्वारा संयुक्त कार्यक्रम
रामेश्वर मेहता, सिमौनगढ/
शहीद दिवसको अवसरमा एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीले सिम्रौनगढमा संयुक्त कार्यक्रम सम्पन्न गरेका छन् । सिम्रौनगढमा आयोजित कार्यक्रममा एमाओवादीका कामेश्वरप्रसाद कुशवाहा, मदन ठाकुर, नेकपा–माओवादीका श्यामकिशोर यादव, परमानन्द जयसवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
एमाओवादीका स्थानीय नेता बेदामी महतो कुशवाहाको सभापतित्वमा आयोजित कार्यक्रममा शहीद अच्छेलाल कुशवाहा र ललन जयसवालप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । द्वन्द्वकालको बेला सिम्रौनगढ निवासी कुशवाहा र श्रीनगर बैरिया निवासी जयसवाल सुरक्षा फौजद्वारा मारिएका थिए ।
त्यसैगरी नरही चोकमा संयुक्त माक्र्सवादीले शहीद स्मृति समारोह सम्पन्न गरेको छ । विक्रम संवत् २०११ मा भएको किसान आन्दोलनका अगुवा शहीद मुखलाल महतोको स्मृतिमा कार्यक्रम भएको थियो । माक्र्सवादीका पोलिटब्यूरो सदस्य नागेन्द्रप्रसाद यादवको मुख्य आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
दन्त परीक्षण शिविर आयोजना
शहीद दिवसको अवसरमा आज स्वतन्त्र मानव अधिकार समाज वीरगंजले निश्शुल्क दन्त परीक्षण शिविर आयोजना गर्यो । ड्राइपोर्ट श्रीसियामा आयोजित शिविरमा २५६ जनाको दाँत परीक्षण गर्नुका साथै औषधिसमेत निश्शुल्क वितरण गरिएको थियो ।
शिविरमा वरिष्ठ दन्त रोग विशेषज्ञ डा. मनोजकुमार उपाध्याय, डा. आशीषकुमार ढकाल, डा. असद हुसेनलगायतले चिकित्सकीय सेवा प्रदान गरेका थिए ।