शीतल गिरी
परपुरुष अर्थात् पति अथवा नातागोताभन्दा एकदम फरकको कुनै पुरुष । यस्ता मानिसहरूसँग भेट हुनु, केही कुराकानी हुनु प्रत्येक नारीको लागि सामान्य कुरा बनिसकेको छ । पुरुषप्रधान समाजमा यस्तो हुनै सक्दैन कि नारीले तिनीहरूको कुनै वास्ता नगरोस् ।
घरमा, बजारमा, कार्यालयमा, बसमा, टेम्पोमा पुरुषहरूसँग भेटघाट हुनु स्वाभाविकै हो ।
त्यो युग त अहिले रहेन कि नारीलाई निवासमा थुनेर राखियोस् । नारीहरू युग अनुसार आफ्नो प्रतिभा र महत्त्व बुझेर घरबाट बाहिर पाइला राख्न सक्ने क्षमतावान बनेका छन् भने अवश्य नै पुरुषहरूसँग भेटघाट त भइहाल्छ ।
हाम्रो देशको सामाजिक बनोट अनुसार पुरुष चाहे पति–मित्र होस्, छिमेकी होस्, सहकर्मी अथवा बाटोमा चिनिएको कुनै परिचित नै किन नहोस् सबैसँग औपचारिक हार्दिकतासाथ व्यवहार गर्नु गाह्रो छ ।
यदि नारीले यस्तो गर्दिन भने उसलाई घमण्डी, अहड्ढारी आदि नजाने के के उपाधि भिडाइन्छ ।
यहाँनिर क्षितिज र अमिताको उदाहरण दिनु समसामयिक हुनेछ । क्षितिजमोहनसँग अमिताको विवाह भएको थियो ।
घरपरिवारसँग परिचय भएको दिन कुर्सीमा बसेकी शर्मिली, सड्ढोची, लजालु, नता·ी अमितासँग हाँसखेल गर्दै निस्किदै थिए, क्षितिजमोहनको टाढाको नातामा भाइ पर्नेहरू । क्षितिजका साथीभाइहरू पछि पनि घर आउने गर्थे । ‘नमस्कार भाउजू’बाट शुरू भएर हाँसखेल, जिस्किनु र अमिताको सुन्दरता र सीपको वर्णन । अमितालाई यस्तो वातावरण राम्रो लाग्दैनथ्यो । उनी उठेर भित्र जान्थिन् ।
साथीहरू गएपछि क्षितिज रिसाउँथ्यो । अमिता साथीहरूसँग धक फुकाएर नबोलेकोमा गाली गथ्र्यो । ‘जिस्किनुपर्छ, हाँसखेलमा रमाउनुपर्छ,’ भनी भन्ने गथ्र्यो । ‘आजको युगमा संस्कारविहीन पाखे बनेर बसेमा मेरो बेइज्जत हुन्छ,’ भन्ने गथ्र्यो र आफूलाई परिवर्तन नगरेमा छाड्ने धम्कीसम्म दिन्थ्यो ।
लोग्नेको मन राख्न अमिताले आफ्नो भावना दबाइन् । र, उनी क्षितिजका साथीहरूबीच बाध्य भएर बस्न थालिन् । हाँसखेल, ठट्टाका बीच बाध्यतावश बस्न थालिन् । हाँसो, मजाकमा कहिले चिया, नास्ता, कहिले खाना । साथीहरूको आउने–जाने क्रम चलि नै रह्यो । अमितालाई धेरै नराम्रो लाग्थ्यो । तर पतिको डरले सब सहन्थिइन् । क्षितिज चाहन्थ्यो, अमिता उसका साथीहरूसँग खुलेर बोलून्, हाँसखेलमा सहभागी होऊन्, गीत सुनाऊन् र साथीहरूले तिनको सुन्दरताको बढाइ गरून् । बस यत्तिकैमा ऊ खुशीले पागल हुन्थ्यो र बिस्तारै–बिस्तारै बाध्यता बानीमा बदलियो । लजालुपन बिस्तारै हराउँदै गयो । खुलापनको कारण यदाकदा उनको कानमा पर्ने गथ्र्यो– ”चरित्रहीन छे, फलानोसँग फसेकी छे‘ ।’ अमिताको अन्तरात्माले नस्वीकार्दा पनि उनी बदलिनुपर्यो, यसको दु:ख उनलाई छ ।
यदि क्षितिजले अमिताको भावनाको कदर गरेको भए, उनलाई आफ्नो जीवनशैलीमा बाँच्न दिएको भए, केही बिग्रिने त थिएन । यो विडम्बना नै हो कि नारीले हाँसेर कुरा गर्यो भने चरित्रहीन भनिन्छ, हाँसेर नबोलेमा घमण्डी भनिन्छ । यी दुई स्थितिबाट बच्न जरुरी छ । परपुरुषसँग सन्तुलित सम्बन्ध बनाउनुपर्दछ । यस्तो सम्बन्धमा हार्दिकता त होस्, मर्यादित पनि । प्रत्येक मानिसको आफ्नो स्वभाव, विचार, भावना हुन्छ । पतिले पत्नीको स्वभाव, विचार र भावनालाई जबरजस्ती बदल्ने कोशिश गरिनुहुँदैन । समय अनुसार मिल्न सक्नु मानवीय स्वभाव हो र यस मान्यताभन्दा भिन्न नारी पनि जान सक्दिन । पत्नीको भावनाको कदर गर्दा पतिको अहम्मा धक्का लाग्ने होइन । पुरुष र नारीको प्रकृति नै यस्तै छ कि प्राय: आपसी भेटघाट या औपचारिक सम्बन्धले कहिले अर्को रूप लिन्छ भन्न सकिन्न । भलै अमिताले आफ्नो पतिप्रति पूर्णत: अपनत्व महसुस गर्छिन्, उनको लागि पति नै सर्वाधिक प्रिय छ । तर यसको अर्थ यो होइन कि कुनै परपुरुषले आफ्नो हृदयमा अमितालाई नबसाएको होस् । यदि यस्तो नहुँदो हो त ‘चरित्रहीन’ शब्द नै सायद शब्दकोशमा नै रहन्थेन होला ।
अमरको आकर्षण शुरूदेखि नै श्रीमतीतर्फ कम रह्यो । अमर साथीहरूसँग घुम्थ्यो, होटेलमा खान्थ्यो र राति अबेला घर फर्किन्थ्यो । आएर चुपचाप पल·मा सुत्थ्यो । बिचरी शान्ता दिनरात गृहकार्यमा व्यस्त, भोकी–प्यासी पतिको प्रतीक्षा गरिरहन्थी । अनि राति आएर अमरले भन्थ्यो– “मैले त साथीहरूसँग खाएर आएको छु, तिमी खाई हाल ।” तब उनको प्रतीक्षारत हृदय रुनु स्वाभाविकै हो ।
पत्नीलाई घुमाउनु, प्रेम गर्नु या उनको लागि मीठो दुई वचन बोल्न त अमरले सिकेकै थिएन । पत्नी लालायित थिई, बिचरी पतिको सामीप्य पाउनको लागि ।
शान्ताको भागमा पर्दथ्यो पतिको प्रताडना र रूखो वचन । शान्ता दिक्क हुन थाली, आफ्नो जीवनसँग । यदि शान्ता परपुरुषप्रति आकर्षित भएको अवस्थामा नराम्रो परिणामको सामना अमरले पनि गर्नुपर्छ । घरमा पतिबाहेक अन्य कोही सदस्य छैनन्, यस्तो अवस्थामा पतिले उपेक्षा गर्नु भनेको पत्नीलाई नेपाली समाजको यथोचित मान्यता र सीमाबाहिर गएर आचरण गर भन्नु हो । अमरले पत्नीको भावना बुझ्नुपर्छ, गुणवती शान्ताको कदर गर्नुपर्छ । प्रत्येक पत्नी पतिको सामीप्य चाहन्छ र यो उसको अधिकार पनि हो । पति–पत्नीको सम्बन्ध सुमधुर भएमा मात्र बालबालिकाको भविष्य उज्ज्वल बन्न सक्छ । पतिको साथी होस् या यात्राक्रमको नयाँ परिचित अथवा छिमेकी या सहकर्मी पुरुषको आकर्षण र विनम्रपनको सामना नारीले प्रत्येक पाइलामा गर्नुपर्छ र उनीहरूको चाहना जे भएपनि नारी स्वयम् यसप्रति सजग रहन सक्नुपर्छ । खासगरी त्यो घर बिग्रिन पुगेको देखिन आएको छ, जुन घरमा पतिले पत्नीको भावनाको कदर गरेको हुँदैन र यसरी त्यस घर बिगार्नमा पतिका मित्रहरूले नै पहल गर्ने गरेको पाइएको छ ।
यहाँ यसो भन्न कदापि खोजिएको होइन कि नारीले परपुरुषसँग कुराकानी नै गर्नुहुन्न । मर्यादामा रही कुराकानी गर्नु नराम्रो होइन । अलिकतिमात्र पनि यस्तो सम्बन्धको बारेमा यताउति चर्चा चल्न थाल्यो भने नारी घरपरिवार र समाजको नजरमा बिझ्ने हुन्छ र पतिको नजरबाट सदाको लागि शड्ढालु बन्न पुग्छे ।
सतीशको स्वभाव अर्कै छ । उसको विचारमा पत्नीलाई स्वतन्त्रता दियो भने बिग्रिन्छ । यस कारण उसले पत्नीलाई कठोर नियन्त्रणमा राख्छ । अनु दिनभरि गृहकार्यमा खटिरहन्छिन् । सतीश गएपछि अनुले ढोका बन्द गर्नुपर्छ । त्यस घरमा छरछिमेकको प्रवेशमा रोक लगाइएको छ । उसको यस्तो नियन्त्रणले अनु दिक्दार छिन् ।
झ्यालबाट हेर्न पाउँदिनन् । उसको इच्छा हुन्छ, छिमेकीसँग कुराकानी गर्ने, साथी बनाउने । उनीहरूको घरतर्फ लम्केको अनुको पाइला सतीशको रौद्र स्वभावको कारण बढ्न सक्दैन । आखिर कहिलेसम्म यस्तो ? विद्रोहको भावना पलाउनु स्वाभाविकै हो ।
कसलाई थाहा छैन, नारी पनि मानिस हो । यस्तो बन्दिनी जीवन अनुले इच्छापूर्वक स्वीकारेकी होइनन् । अन्तत: त्यही भयो, अनु कुण्ठा, त्रास, वैमनस्य र पश्चात्तापको विष एकान्तमा एक्लै पिउन विवश हुन्छिन् । अत: प्रत्येक पतिले पत्नीको भावना बुझ्ने प्रयास गर्नुपर्छ । नारीले पनि परपुरुषसँगको सम्बन्धलाई मर्यादित बनाउनुपर्छ । केही पुरुषहरूमा यस्तो स्वभाव पाइने गर्दछ कि कुनै नारीले हाँसेर कुरा गर्यो भने उसले आफ्नो मनमा हवाई कल्पना बनाउन थालिहाल्छ ।
उसलाई लाग्दछ कि हाँसेर बोल्नुको एउटै कारण हुन सक्छ, त्यो हो नारी ऊप्रति आकर्षित भएकी छ । तब ऊ प्रयत्न गर्दछ, जसरी भएपनि आफ्नो अधिकारमा लिन । यस्तो स्थितिको सामना गर्न नारीलाई निकै असजिलो पर्छ ।
पुरुषको हास्यास्पद, उग्र र स्पष्ट सड्ढेतलाई नारीले झेल्नुपर्ने हुन्छ । देख्नेहरूले गलत सोचाइ बनाउन सक्छन् । साँच्चै भन्ने हो भने पुरुषहरूको असमझदारीपूर्ण व्यवहारको कारण नारी चिन्तित हुन पुग्दछ । यस्तो घटना विवाहित नारीसँग नघटोस्, यसको लागि नारी (पत्नी)को भावना बुझ्न सक्नुपर्छ । नारीको भावना नबुझेकै कारण हाम्रो समाजमा पोइल जाने चलनमा कमी आउन सकेको छैन ।
उमा आफ्नो पतिसँग दिक्क छिन् । उनले भनेको पतिले मान्दैन । उसले मनोमानी गर्छ । कहिल्यै उमालाई प्रेम गर्दैन, घुमाउन लग्दैन । आफ्नो व्यापारमा दिनरात तल्लीन हुने गर्दछ । पैसाको कमी छैन उमालाई ।
स्वतन्त्रता पनि पूरा दिएको छ । जब इच्छा हुन्छ, घुम्न जान या किनमेल गर्न स्वतन्त्र छ । तर पैसा नै सबथोक त होइन । प्रेमको तुलना पैसासँग गर्न त सकिंदैन । टी.भी., इन्टरनेट, टेलिफोन, फ्रिज यस्ता भौतिक वस्तुले पतिको प्रेम त दिन सक्दैन ।
उमाले आफूले सकेको उपाय गरिन्, तर पतिमा कुनै अन्तर आएन । नारी पनि मानिस हो । अत: पतिले पत्नीलाई माया गर्नुपर्छ । कमसेकम १० दिनमा एकपटक सँगै घुमाउन लैजानुपर्छ । जुनसुकै कार्य गर्दा पनि सरसल्लाह लिनुपर्छ । कदापि पत्नीलाई वस्तु ठान्नुहुँदैन । जुन पतिले पत्नीलाई राम्रो व्यवहार गर्दैन, वास्तवमा भन्ने हो भने त्यही पति नै जोइटिङ्ग्रे हो ।