प्रस, वीरगंज, १६ माघ/
विद्युत् सप्लाइ काटिएपछि आन्दोलित नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकहरूले आज पनि अस्पतालको सेवा ठप्प गरे ।
विद्युत् महसुल बक्यौता नतिरेको कारण माघ १३ गतेदेखि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले अस्पतालका अति आवश्यक शाखाबाहेक चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरू बस्ने आवासीय क्षेत्रको विद्युत् सप्लाइ काटेको थियो । सोही विषयलाई बहाना बनाएर अस्पतालका चिकित्सकहरू बिहीवारदेखि आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलित चिकित्सकहरूले शुक्रवार पनि अस्पतालको सेवा ठप्प गरे । उनीहरूले प्रसूति गृहमा रहेको शल्यक्रिया कक्षमा शुक्रवार पनि कुनै शल्यक्रिया गरेनन् । तर तिनै चिकित्सकहरूले निजी अस्पताल, क्लिनिकहरूमा भने रोगी परीक्षणदेखि शल्यक्रियालाई निरन्तरता दिए ।
अस्पतालमा भर्ना भएका शल्यक्रिया गराउनै पर्ने रोगीहरूलाई उनीहरूका आफन्तले अस्पतालकै चिकित्सकको सल्लाहमा निजी स्वास्थ्य संस्थामा लगी शल्यक्रिया गराएका छन् ।
निजी स्वास्थ्य संस्थामा शल्यक्रिया गर्ने चिकित्सकहरू भने नाउक्षे अस्पतालकै थिए । चिकित्सकहरूले अस्पतालको सेवा ठप्प पारेपछि आज निजी स्वास्थ्य संस्थाहरूमा शल्यक्रिया गर्न अस्पतालका चिकित्सकहरूलाई भ्याइनभ्याइ भएको बिरामीका कुरुवाहरूले बताए ।
अस्पतालका बिरामीहरूलाई निजी अस्पतालमा लगेर शल्यक्रिया गराउने र पुन: अस्पतालमैं ल्याएर राख्ने गरिएको छ ।
कमजोर आर्थिक अवस्थाका बिरामीहरूले बाध्यतावश महँगो मूल्यमा शल्यक्रिया गराए पनि निजी अस्पतालमा खर्च धान्न नसक्ने बताएपछि अस्पतालमा भर्ना गर्ने गरिएको छ ।
नारायणी उपक्षेत्रीय अस्पताल र विकास समितिका चिकित्सकहरू बिहान ९ देखि १० बजेसम्म अस्पतालमा हाजिरी बनाएर काम ठप्प पारी निजी सेवामा तल्लीन छन् ।
नाउक्षे अस्पतालले ९२ लाख ६५ हजार विद्युत् बक्यौता नतिर्दा त्यहाँको विद्युत् सप्लाइ काटिएको हो । मेसु डा. रामशड्ढर ठाकुरले आज सार्वजनिक बिदाको कारण विद्युत् सुचारु हुन नसकेको बताए । उनले विद्युत् सेवा सुचारु गर्ने बारेमा प्राधिकरणसँग कुराकानी भइसकेको प्रतीकलाई बताए ।