प्रस, वीरगंज, १४ पुस/
वीरगंजमा अहिले विभिन्न सङघ संस्थाहरूको नाममा आयोजना भइरहेको कार्यक्रमबाट आम उपभोक्ता ठगिने गरेको पाइएको छ । भर्खरै वीरगंज राणीसति अतिथि सदन वीरगंजमा आधुनिक इन्टरटेन्टमेन्टले आयोजना गरेको नारायणी मिस ग्ल्यामरमा आयोजकले ठगी गरेको भनी चारजनाले जिल्ला प्रशासन कार्यालय, पर्सामा लिखित उजुरी दिएका छन् ।
सो संस्थाले गएको शनिवार आयोजना गरेको नारायणी मिस ग्ल्यामरमा नियोजित तरिकाले आयोजकले प्रतियोगितामा उत्कृष्ट घोषित गरेको, एसएमएस भोटिङबाट ठगी गरेको, पुरस्कार वितरणमा पनि अनियमितता गरेको भनी रीता श्रीवास्तव, शिल्पा पन्थी, भारती गुप्तालगायत चार प्रतियोगीले लिखित उजुरी दिएका छन् । प्रतियोगीहरूले प्रथम हुनेलाई स्कुटी पुरस्कार दिने घोषणा गरेकोमा प्रतियोगीहरूसँग शुरुमैं कबोल गराई शर्त मानेपछि पुरस्कृत गरिएको र सोही अनुरूप अन्य प्रतियोगीहरूलाई सशर्त पुरस्कृत गर्ने काम भएको आरोप लगाइएको छ ।
उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले आधुनिक इन्टरटेन्टमेन्टका सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गरेपछि अहिले सञ्चालकहरू फरार छन् । जिल्ला प्रशासन कार्यालय, पर्साले एसएमएस भोटिङबाट भएको ठगीबारे नेपाल टेलिकमसँग संवाद थालिनी गरेको बताइएको छ । यो घटना अघि वीरगंजमा यस्तै केही थप घटना भइसकेका छन् । गएको कात्तिक ८ गते बिसिएन इभेन्ट म्यानेजमेन्टले भारत बिहारको चर्चित भोजपुरी गायक एवं अभिनेता पवन सिंह र गायिका तथा अभिनेत्री मोनालिसालाई सहभागी गराउने प्रचार गरी आम मानिसलाई ठगी गरेर फरार भएको छ । कात्तिक ८ गते कार्यक्रम गर्न नसकेको बिसिएन इभेन्ट म्यानेजमेन्टका सञ्चालक रञ्जन गुप्तालाई पर्सा प्रहरीले पक्राउ गरेको थियो । त्यतिखेर पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीसमक्ष सबै बक्यौता तिर्ने शर्तमा रु ५० हजार धरौटीमा उनी छुटेका थिए । तर गुप्ताले अहिलेसम्म बक्यौता तिर्न बाँकी छँदै प्रहरीबाट धरौटी रकम लिन सफल भएर दोस्रो कार्यक्रममा कलाकारहरूलाई ठगी गरी फरार छन् । पवन सिंह र मोनालिसा घटना सेलाउन नपाउँदै गुप्ताले पुस ५ गते वीरगंजमा भएको रमाइलो साँझमा सहभागी कलाकारहरूको रकम दम्पच पारी फरार भएका हुन् । उनले चर्चित गायक निङमा शेर्पा र विष्णु श्याम जोङलाई दिनुपर्ने रकम रु ३० हजार लिएर फरार भएको बताइएको छ । कार्यक्रमपछि कलाकारहरूले गुप्ताको वीरगंज–६ कुम्हालटोलामा रहेको डेरामा धर्ना दिए पनि गुप्ता फरार भएको कारण निराश फर्केका थिए । वीरगंजमा एकपछि अर्काे इभेन्टको आयोजना भइरहेको र त्यसमा ठगिएको आरोप लाग्दै आए पनि स्थानीय प्रशासन यस प्रकारको ठगी रोक्न प्रयासरत देखिएको छैन ।
पर्सा प्रहरीले इजाजत प्राप्त संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गर्दा शान्ति सुरक्षाको निवेदन लिएर आउने र दर्ता भएको संस्थालाई शान्तिसुरक्षा दिने काम गर्दै आएको बताउँछन् । इभेन्ट आयोजना गर्न अथवा कुनै कार्यक्रम गर्नका लागि छुट्टै इजाजत आवश्यक नभएको प्रजिअ हिमनाथ दवाडी बताउँछन् । शान्ति सुरक्षाको व्यवस्था गरिनु नै इजाजत हो प्रजिअ दवाडीको भनाइ छ । इजाजत प्राप्त संस्थाहरूले कार्यक्रम सम्पन्न भएपछि आम्दानीको १२ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्ने हुन्छ तर अहिलेसम्म भएका इभेन्टहरूमा घाटा देखाएर कर छल्ने काम भइरहेको छ । इभेन्ट आयोजकहरूले पछिल्लो समयमा शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासन प्रमुखलाई कार्यक्रमको प्रमुख अतिथि, निर्णायक मण्डलमा राखी आफ्नो गलत कामलाई वैधानिकता प्रदान गर्ने काम पनि गर्दै आएका छन् ।