प्रस, पथलैया, १५ पुस/
मौवादेवी युवा क्लब, बडहर्वाविरुद्ध गोल वर्षा गर्दै सनराइज युवा क्लब, उमजनले मनहर्वामा जारी जिल्ला रेडबुल लिग पुरुष फूटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मनहर्वाको बडहर्वामा सम्पन्न अन्तिम भिडन्तमा उमजनले मौवादेवीलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । उमजनको जितमा रवि पासवान, गजेन्द्र चौधरी, नागमणि चौधरीले समान दुई–दुई गोल गरेका थिए । टिमका लागि चतुर्धन चौधरी र दिलमणि चौधरीले एक–एक गोल गरे ।
लिग विजेता सनराइजले नगद रु २० हजार हात पारेको छ भने उपविजेता मौवादेवीले १० हजार पायो । विजेता र उपविजेता टिमलाई अखिल नेपाल फूटबल सङ्घ (एन्फा)का कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ, कार्यवाहक कोषाध्यक्ष रवीन्द्र श्रेष्ठ, मनहर्वा गाविसका निवर्तमान अध्यक्ष देवचन्द्र चौधरी र मनहर्वा गाविसका निवर्तमान उपाध्यक्ष मिठुराज भारतीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका सनराइजका रवि पासवनालाई साइकल वितरण गरिएको स्थानीय आयोजक बारा जिल्ला फूटबल सङ्घका उपाध्यक्ष कयामुद्दिन मंसुरले जानकारी दिए ।
लिगको समापन कार्यक्रममा बोल्दै एन्फा कार्यवाहक अध्यक्षले देशव्यापी खेल कार्यक्रम अन्र्तगत बारामा लिग सञ्चालन गरिएको बताए । विभिन्न उमेर समूहमा फूटबल खेलाडी तयार पार्ने एन्फाको नीति अनुसार देशका ४५ जिल्लामा लिग सञ्चालन भइरहेको उनले बताए ।
सङ्घका अध्यक्ष एम समिउल्लाहको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन मौवादेवी युवा क्लबका अध्यक्ष वसन्त खतिवडाले गरेका थिए ।