$type=ticker$count=12$cols=4$cate=0

मिथिला क्षेत्रमा गरिने कबुला विषयक चर्चा

SHARE:

- बासुदेवलाल दास
    कबुला भनेको कबोल गर्नु अथवा भाकल गर्नु हो । यसलाई अर्को शब्दमा बाचा गर्नु वा वचनबद्धता पनि भन्न सकिन्छ । यसो हेर्दा यसलाई एक प्रकारको अन्धविश्वास भन्न सकिए तापनि सामाजिक परम्परामा यसप्रति लोकको विश्वास रहेको पाइन्छ । यस संसारमा जे जति भयो, जे जति भइरहेको छ तथा भविष्यमा समेत जे जति हुनेछ, ती सबै ईश्वर अथवा परमशक्तिको इच्छा अनुसार नै हुन्छ भन्ने अवधारणा समाजमा विद्यमान रहेको देखिन्छ । यसै अनुरूप, वास्तवमा, ईश्वरलाई सर्वशक्तिमान ठानेर उनीप्रति मानिसले आस्था राख्ने गरेको पाइन्छ । ईश्वरीय शक्तिद्वारा जुनसुकै कार्य पनि सम्भव हुन सक्ने दृढ विश्वास समाजमा रहेको छ । यस कारण ईश्वरीय शक्तिप्रति जनमानसमा एक प्रकारको डर अथवा भय पनि विद्यमान रहेको पाइन्छ । भनिन्छ कि त्यही डर अथवा भयले गर्दा उनीप्रति श्रद्धाभावको विकास भएको थियो । ईश्वरीय शक्ति समक्ष मानिस अति निरीह प्राणीको रूपमा उपस्थित हुने गर्दछ । ईश्वरको प्रसन्नता इष्टकारक तथा अप्रसन्नता अनिष्टकारक हुने मान्यता समाजमा रहेको छ । यसै कारणले ईश्वरप्रति भय मिश्रित आस्थाभाव स्थापित हुन पुगेको भनिन्छ ।
    विद्वानहरूको विचारमा मानव प्राणीलाई ईश्वरीय शक्तिको सर्वप्रथम बोध प्राकृतिक शक्तिको रूपमा भएको थियो । यस अन्तर्गत सूर्य, चन्द्र, वायु, भूमि, जल, आकाश, अग्नि आदिका शक्तिलाई स्वीकार गरिएको थियो । आदिकालीन मानवलाई रात्रिकालीन अन्धकारको साथै प्रबल वेगवान हुरीबतास तथा असिनावर्षा इत्यादिको ठूलो भय रहने गर्दथ्यो । यस्ता प्राकृतिक शक्तिको प्रसन्नताका लागि अनेक प्रकारका वस्तु अर्पण गरिन्थ्यो । यसै क्रममा कालान्तरमा ईश्वरीय शक्तिका प्राकृतिक स्वरूपका साथै विविध प्रकारका सगुण स्वरूपहरू विषयक परिकल्पना गरिएका थिए, जसले गर्दा ती शक्तिको आराधना तथा उपासना गर्ने कार्यमा सुगमता होओस् । यस प्रकार मानवको चिन्तनशीलताले ईश्वरीय अथवा दैवी शक्तिका प्रतीकको रूपमा उसको भावनात्मक आवश्यकताअनुरूप अनेक आकार र प्रकारका प्रतीकात्मक देवीदेवताहरूको सृजन गरेको थियो ।
    यसरी सृजन गरिएका देवीदेवताहरूका प्रतीकलाई कतिपय स्थानमा माटोको पिण्डको स्वरूपमा स्थापित रहेको देख्न सकिन्छ, जसलाई मातृशक्तिको रूपमा ‘माई’ संज्ञाले अभिहित गरिएको पाइन्छ । यस्तै कतिपय स्थानमा माटोको पिण्डको स्वरूपमा स्थापित देवतालाई पुरुषभावमा समेत आराधना गरिएको हुन्छ । अर्कोतिर, कालान्तरमा आवश्यकता अनुसार यस्ता देवीदेवताका साकार स्वरूपको परिकल्पना पनि गरियो । यसरी साकार स्वरूपमा स्थापित देवीदेवता समक्ष आराधना, उपासनाका साथै आफ्नो मनोभावको सम्प्रेषणमा समेत सहयोग पुग्न गएको थियो । यसरी अनेक देवीदेवताका रूप, र·, तिनका वाहन एवं आयुधहरू विषयक विवेचन गरिएको पाइन्छ । मानवले आफ्नो रक्षाका लागि सर्वशक्तिमान देवीदेवताका हातहरूमा विविध प्रकारका अस्त्रशस्त्रसमेत धारण गराइदियो । त्यस्तै आफ्नो आराध्यलाई आफूलाई मन पर्ने वस्तु अर्पण गर्ने प्रचलन आरम्भ भयो । यसको एउटा सानो उदाहरणमा भन्न सकिन्छ कि गुलियो लड्डू मन पर्ने भनिएका भगवान् श्रीगणेशजीलाई काठमाडौं उपत्यकाका निवासीहरूद्वारा अण्डाका साथै हाँस–कुखुराको बलि अर्पित गरिएको देखिन्छ । त्यस्तै नेपाली भाषा साहित्यका आदिकवि मानिएका भानुभक्त आचार्यद्वारा लिखित रामायणमा श्रीरामले ग·ा पार गरी मृग मारेर त्यहाँ पकुआ तारेर खाएको वर्णन गरिएको छ भने तुलसीदासको रामचरितमानस (रामायण)मा श्रीरामलाई भगवान् विष्णुको साक्षात् अवतारको रूपमा स्वीकार गरिएको छ । यसरी नै भगवती श्रीदुर्गाका चारवटादेखि एक सय आठवटासम्म हातहरू रहेका स्वरूपको परिकल्पना गरिएको देखिन्छ । त्यस्तै रावणका दशवटा तथा शेषनागका हजारवटा शिरको विवेचन गरिएको छ । अर्कोतिर, देवीदेवताका वाहनको रूपमा विभिन्न पशुपक्षीहरूको परिकल्पना गरिएको पाइन्छ । वास्तवमा सर्वशक्तिमान ईश्वरलाई मानवले आफ्नो मनोनुकूल अनेक प्रकारबाट उपासना गर्ने गरेको देखिन्छ ।
    भनिन्छ कि प्राच्य चिन्तनमा सबै प्रकारका वस्तुमा देवताको भाव राखिएको छ । अन्न, जल, वायु, प्रकाश, अन्धकार, वर्षा, बादल, पृथ्वी, नदी, तीर्थ, ग्रह, उपग्रह, वाणी, गीत, स·ीत, कला, औषधि, वनस्पति, प्रकृति इत्यादि सबैप्रति आराधना र उपासनाको भाव रहेको देखिन्छ । प्राणीको जन्मदेखि मृत्युपर्यन्त समस्त जीवनमा दैवी कृपा विद्यमान रहने विश्वास यस क्षेत्रमा पाइन्छ । यसका साथै कर्म अनुसारको फल प्राप्त हुने दर्शनमा पनि लोकविश्वास रहेको छ । यस जीवनमा पर्न आएका असहज परिस्थिति अथवा कष्टकर समयलाई पूर्वजन्मको कर्मको फल भनेर समेत व्याख्या गरिएको पाइन्छ । यस्तै आफूद्वारा गर्न नसकिएका कार्यप्रति ‘ईश्वरको इच्छा’ भनेर सन्तोष गरिन्छ ।
    मनुष्यका आवश्यकता असीमित हुन्छन् । तीमध्ये कतिपय आवश्यकताको पूर्ति हेतु सर्वशक्तिमान ईश्वर समक्ष प्रार्थना गरिएको देखिन्छ । यसरी त्यस्ता आवश्यकता अथवा मनोकामनालाई दैवी शक्ति समक्ष व्यक्त गर्दा ती कामनाको पूर्ति भएमा अमुक वस्तु अर्पण गर्नेछु भनेर बाचा गर्ने प्रथा रहेको पाइन्छ । यसैलाई वचनबद्धता अथवा कबोल गरेको भनिन्छ, जसलाई अर्को शब्दमा भाकल भनिन्छ । भाकललाई मैथिली भाषामा ‘कबुला’ भनिन्छ । कबुला विषयक सम्पूर्ण विवेचन प्राय: असम्भव रहेको भन्न सकिन्छ, किनभने यस अन्तर्गत यति विविधता देखिन्छ कि ती समस्तलाई वर्णन गर्न सकिंदैन ।
    कबुलामा अनेक प्रकारका वस्तु अर्पण गर्ने प्रचलन रहेको देखिन्छ, जसमा फलफूल, मिष्टान्न, पक्वान्न, अन्न, वस्त्र इत्यादिका साथै पशुपक्षीको बलिसमेत रहेका हुन्छन् । यस्ता कबुलाका वस्तुलाई सम्बन्धित देवीदेवताका समक्ष चढाइने गरिन्छ । मिथिला क्षेत्रमा कबुलाको रूपमा अनेक व्रत, उपवास, अनुष्ठान आदि पनि गरिन्छन् । यस्ता व्रत, अनुष्ठान आदि सीमित अवधिका तथा अवधिरहित स्वरूपमा गरी दुवै प्रकारका हुने गर्दछन् । कतिपय व्रत आदि आजीवन गर्ने भाकल गरिएका हुन्छन् । यस्तै जगन्नाथधाम, वैद्यनाथधाम, जनकपुरधाम जस्ता तीर्थको यात्रा गर्ने, ग·ा आदि पवित्र नदीहरूमा स्नान गर्ने, कुनै खास मन्दिर, मूर्तिको दर्शन तथा पूजा गर्ने जस्ता कबुला गरिएका हुन्छन् । मिथिला क्षेत्रमा गरिने कबुलाहरूमा केही शारीरिकरूपबाट कष्टसाध्य हुने समेत गरिएको देखिन्छ, जसमा ‘दण्ड’ दिने कबुलालाई लिन सकिन्छ । यस अन्तर्गत मिथिलाको सबभन्दा ठूलो पर्व छठिव्रतको अवसरमा दण्ड दिनेले आफ्नो घरबाट छठिघाट रहेको पोखरी अथवा नदी स्थानसम्म साष्टाङ्ग दण्डवत् ढोग गर्दै जाने गर्दछ । यसरी नै दण्डवत् ढोग गर्दै कतिपय धाम, तीर्थ तथा नदीतटसम्म समेत जाने गरिएको देखिन्छ ।
    कबुला स्वयम्द्वारा अथवा अन्य व्यक्तिद्वारा समेत गरिएको हुने गर्दछ । यसरी गरिएको कबुला यथाशक्ति पूरा गरी निर्वाह गरिन्छ । यस्तो नगरिएमा उपास्य वा आराध्यको कुदृष्टि पर्ने डर रहने गर्दछ । यस प्रकार आराध्य, उपास्य अथवा पूज्य समक्ष व्यक्त गरिने मनोकामना अन्तर्गत सन्तानप्राप्ति, सुख समृद्धि, रोगबाट मुक्ति, अभीष्ट सिद्धि इत्यादि विषयक भावहरू हुने गर्दछन् । यसबाट आराध्यमाथि भरोसा रहने भएकोले आत्मबलको वृद्धि, प्रेरणामा सबलता, कार्यमा लगनशीलता हुनुका साथै सफलताप्रति आकाङ्क्षता तथा आशावादिता रहने गरेको हुन्छ ।
    यसरी कबुला गरेमा आराध्यको कृपादृष्टि प्राप्त हुने तथा अभीष्टको सिद्धि लाभ हुने विश्वास रहेको पाइन्छ ।
    मिथिला क्षेत्रमा अनेक देवीदेवताका मन्दिर, मूर्ति आदि रहनुका साथै पवित्र नदीहरू रहेका छन् । यीमध्ये कतिपय शक्तिपीठहरूलाई अत्यन्त जाग्रत स्थानको रूपमा मानिएको पाइन्छ । यस्ता स्थानमा गएर अथवा त्यस्ता स्थानमा स्थापित विग्रह वा मूर्तिप्रति ध्यान गरेर गरिएको कबुला अवश्य सफलीभूत हुन्छ भन्ने लोकविश्वास रहेको देखिन्छ । यसरी गरिएको कबुलापश्चात् मनोकामना पूर्ति भएमा कबुला (भाकल) गरेको चढौना चढाउने मानिसहरूको घुइँचो प्राय: यस्ता स्थानहरूमा देख्न सकिन्छ । अर्कोतर्फ, मिथिलाको समाजमा ईष्र्या, द्वेष तथा परस्पर कटुताको भाव पनि रहेको पाइन्छ । यस प्रकारको कतिपय अवस्थामा अन्य व्यक्तिको अनिष्ट हुने भावले पनि कबुला गरिएको प्रस· समाजमा देख्न सकिन्छ, यद्यपि यस्तो गर्नुलाई राम्रो मानिंदैन ।
    भनिन्छ कि कबुला भनेको व्यक्तिगत मनोभाव अन्तर्गत पर्ने कुरा हो । यसमा मानवीय स्वभाव जस्तै अनेकता एवं विविधता पाइन्छन् । जहाँसम्म यसलाई अन्धविश्वास अन्तर्गत मानिने प्रश्न छ, यसमा आधुनिक वैज्ञानिक ज्ञानका ज्ञानीहरूद्वारा यस्तो भन्ने गरिएका पाइन्छन् । परन्तु, कतिपय यस्तो अवस्था आइपर्ने गर्दछ, जहाँ मानिसको कुनै सामथ्र्यले काम गर्न सक्दैन, उसको कुनै युक्ति, बुद्धि चल्दैन भने त्यस्तो अवस्थामा ऊ ईश्वरको सर्वशक्तिमानताप्रति नतमस्तक हुने नै गर्दछ । यस ईश्वरीय शक्तिलाई जुनसुकै नामले अभिहित गरिए पनि विश्वका सबै भागमा मानिएको भनिन्छ । यस प्रकार जब मानिस सर्वशक्तिमान अथवा उनका शक्तिको कुनै पनि अ· वा उपा·प्रति आस्थावान भएर आफ्नो मनोकामना पूरा गरिदिन कातरभाव तथा श्रद्धापूर्वक निवेदन गर्दछ, तब उसको मनोकामना अवश्य पूर्ण हुने दृढ विश्वास रहेको देखिन्छ । कबुला गरिएपश्चात् मनोकामना पूर्ण भएमा ईश्वरीय शक्तिप्रतिको आस्थामा झन् वृद्धि हुने हुन्छ । यसबाट समाजमा दैवी शक्तिको कृपादृष्टि प्राप्त भइरहने एवं त्यसप्रति आस्तिकताको भाव स्थापित हुने देखिन्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मिथिला क्षेत्रमा गरिने कबुला विषयक चर्चा
मिथिला क्षेत्रमा गरिने कबुला विषयक चर्चा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhmQm3HPr7fp93x9T5ul65N9s8jnqe0Bbiuuf6SQ79zUfgO7-7zFBxNz0B4sYRWYHfBSfP0o6H4PCF6NknrOH6sz5GG2W6STfCY8pKahJ6JwsZoJCfXPYQVt9P6oKh3CSEBU5z7NLjkhGM/s1600/basudevlal+das.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhmQm3HPr7fp93x9T5ul65N9s8jnqe0Bbiuuf6SQ79zUfgO7-7zFBxNz0B4sYRWYHfBSfP0o6H4PCF6NknrOH6sz5GG2W6STfCY8pKahJ6JwsZoJCfXPYQVt9P6oKh3CSEBU5z7NLjkhGM/s72-c/basudevlal+das.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/12/blog-post_57.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/12/blog-post_57.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy