प्रस, वीरगंज, १५ पुस/
शहरी विकासमन्त्री डा. नारायण खड्काले माघ ८ गते संविधान जारी हुन नसके त्यसपछिका दिनमा मुलुकमा ठूलो दुर्घटना हुन सक्ने सम्भावना देखिएको बताएका छन् ।
प्रेस युनियन पर्साको आयोजनामा स्थानीय होटल कुमुमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले सबै दलका जिम्मेवार नेताहरूले माघ ८ गते संविधान जारी गर्ने पूर्वसहमति गरेका भए पनि अहिले आएर केही विवादित विषयहरूमा सहमति हुन नसक्दा तोकिएको समयमा संविधान जारी नहुने सड्ढेत देखा परेको बताए । उनले वार्ता प्रभावकारी र सहमति नजिक भएको बताउने तर बाहिर आएर आन्दोलन गर्ने दोहरो चरित्र अवलम्बन नगर्न आग्रह गरे । उनले विवादित विषयमध्ये निर्वाचन प्रणाली, न्याय प्रणाली, राज्य पुनर्संरचना र शासकीय स्वरूपबारे गम्भीर भएर सहमति बनाउन सके संविधान जारी हुन सक्ने बताए । उनले सहमति नभएको खण्डमा प्रक्रिया अवलम्बन गरेर संविधान बनेको विश्वमा धेरै उदाहरण भएको र छिमेकी देश पाकिस्तानमा त्यसको अभ्यास गरिएको बताए ।
पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिंदै मन्त्री खड्काले आफूले सम्पत्ति विवरण एक महिना अगावै सार्वजनिक गरिसकेको बताए ।
राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने मन्त्री खड्काको नाम सार्वजनिक गरेपछि पत्रकारले सोबारे प्रश्न गरेका थिए । उनले आफ्नो सम्पत्ति विवरण अन्नपूर्ण पोस्टमा प्रकाशन भएपछि र वेबसाइटमा पनि राखिएको हुँदा सबैले हेर्न सक्ने बताए । उनले सार्वजनिक पदमा बसेर आफूले कहिले लाभको राजनीति नगरेकोले सम्पत्ति विवरण बुझाउन अप्ठ्यारो नभएको बताएका थिए ।
पत्रकार सम्मेलन प्रेस युनियन पर्साका अध्यक्ष पुरुषोत्तम सिंह भट्टराईको अध्यक्षतामा भएको र सहजीकरण ध्रुव अधिकारीले गरेका थिए ।