युग परिवर्तनको अर्थ हो, आमूल परिवर्तन । सानातिना सुधार र सामान्य परिवर्तनले जब अपेक्षित कुरा प्राप्त हुँदैन भने सम्पूर्ण युग नै परिवर्तन गर्नु जरुरी हुन्छ । साम्यवादी आन्दोलनले आफ्नो प्रारम्भिक दिनमा निकै गर्वका साथ घोषणा गर्यो कि संसारका सारा समस्या समाधान गरिदिन्छु । उसको के धारणा थियो भने सबै समस्याको कारण धनको कमी हो । धन बढयो भने सबै समस्याहरू स्वत: समाप्त भएर जानेछन् । यसका लागि बढी उत्पादन गर्नेतर्फ जति ध्यान दिनुपर्ने थियो, त्यति दिइएन, अपितु धनीहरूलाई गरीबीको कारण ठहर्याएर वर्ग सङ्घर्ष उत्पन्न गराइयो । यस वर्ग सङ्घर्षले संसारमा निकै मारकाट मचायो, रक्तपात र अशान्ति फैलायो, जुन जगजाहेर छ ।
पूँजीवादी क्षेत्रमा पनि संसारका कठिनाइ र समस्याहरूको निवारणका लागि थोरै प्रयत्न गरिएन । विज्ञान र वैज्ञानिकहरूले यसका लागि अनेकानेक आविष्कार मात्र गरेनन्, अपितु वैभव र समृद्धिका लागि थुप्रै आधार निर्माण गरे । यसबाट सफलता पनि निकै प्राप्त भयो । पूर्वजहरूका तुलनामा वर्तमान पीढी बढी समृद्ध पनि भयो । सुविधा र साधनहरूको दृष्टिले वर्तमान पीढीका मानिस यति सौभाग्यशाली छ, जति सृष्टिको आरम्भदेखि बितेको शताब्दीको मध्यसम्म कहिले पनि रहेन । यो छुट्टै कुरा हो कि यी सुविधा–साधनहरूको सञ्चयको लालसा र उपभोगको लिप्साका कारण गरीबी अहिलेसम्म हट्न सकेको छैन ।
बढ्दो मनोरोग र अपराधले के साबित गरिरहेका छन् भने बढेको वैभव पनि व्यक्तिलाई सुखी र समुन्नत बनाउन बढी उपयोगी हुन सकेन । बरु यस वैभवलाई दिन प्रतिदिन बढाउने चक्करमा प्राकृतिक सम्पदाहरूको दोहन एवं प्रकृतिसँग जसरी अनुचित खेलवाड गरियो, त्यसले पर्यावरणलाई खतरा अवश्य नै उत्पन्न भएको छ ।
पारिवारिक स्नेह, सौजन्य, सहयोग, सौहार्दको क्षय हुँदै समाप्तिसम्म पुगिसकेको छ । एउटा गोठमा भेंडाहरू बसेजस्तै परिवारमा कैयौं व्यक्तिहरू बस्दछन्, तर एक अर्काप्रति प्रेम र सहयोग दर्साउनुको साटो आफ्नो–आफ्नो स्वार्थ सिद्ध गर्न तल्लीन रहन्छन् । अधिकारको माग र कर्तव्यको उपेक्षा सर्वत्र देखिन्छ । परिणामस्वरूप परिवार नामको संस्था टुट्नु र छरिनु आजको युगको सबभन्दा ठूलो त्रासदी बनेको छ । पति–पत्नीको नाता दुई शरीर एक प्राण मानिन्छ, तर आजको समयलाई हेर्दा त्यो आदर्श पनि समाप्त हुँदै गइरहेको छ । यौन लिप्सा मात्र एउटा कारण लाग्दछ, जसले गर्दा पति–पत्नीको नाता जीवित छ । यसै प्रस·मा सन्तानहरूको जन्म हुन्छ र उसप्रति जुन प्रकृतिप्रदत्त लगाव उत्पन्न हुन्छ, त्यसले पनि पति–पत्नीलाई केही हदसम्म आपसमा बाँधेको हुन्छ । यदि यौन आकर्षण र सन्तानको मोह हटाइदिने हो भने सहज सौजन्यबाट प्रेरित भावपूर्ण दाम्पत्य जीवन कदाचित नै दृष्टिगोचर होस् । गृहस्थ जीवनको भावनात्मक आनन्द उच्चस्तरीय हुन्छ, यसको अनुभूति मात्र होइन, कल्पना पनि वर्तमान युगको मानिसहरूको हातबाट खोसिंदै गएको छ ।
यही अवस्था समाजको पनि छ । समाज व्यवस्थाको संरचना कुनै प्रकारले कागतको विशालकाय पुतलाभैंm उभिएको त छ, तर त्योभित्रबाट खोक्रो छ, त्यसभित्र केही पनि छैन । नातागोताबीच उल्याउने, बिगार्ने र दयनीय देखाउने जुन दुरभिसन्धि बिहे इत्यादि आयोजनहरूमा देखिन्छ, त्यसले आजको मानिस कति कारुणिक अवस्थामा बाँचिरहेको छ भन्ने बोध हुन्छ । भ्रष्टाचार, फेसन, विलासिता, धूर्तता, उच्छृङ्खलता त मानौं सभ्यताको अ· बनिसकेका छन् । यसो त भन्नका लागि आजको युगलाई तर्क र बुद्धिको युग भनिन्छ, तर अन्धविश्वास र कुरीतिलाई जति उत्साहका साथ आजको दिनमा आत्मसात गरिएका छ, त्यति त ती दिनहरूमा थिएनन् होला, जसलाई हामी अशिक्षित, असभ्य र आदिमकाल भन्दछौं । आडम्बर र चमत्कारले अध्यात्मलाई जसरी ग्रस्त पारेको छ, त्यसको उच्छेदका लागि लाग्दछ एउटा अर्को भगीरथ तपजस्तो प्रचण्ड पुरुषार्थ आवश्यक छ ।
सामूहिक जीवनमा शासनतन्त्रको प्रधानता छ, तर अब त सरकार पनि पहुनाजस्तै दुई दिनका लागि आउनेजाने भएको छ । राजनीतिक अस्थिरताको यस युगमा शासन प्रमुखको सारा समय आफ्नो स्थिरता र कुशलताकै चिन्तामा बित्दछ, उसले राष्ट्रको चिन्ता कसरी गरोस् ? जहाँ सरकार स्थिर छ, ती पनि आफ्नो सड्ढीर्ण स्वार्थपूर्तिका लागि अन्य राष्ट्रप्रति जुन धारणा राख्दछन्, त्यसले शोषण, आधिपत्य, विग्रह र युद्धको कुचक्रलाई गतिशील बनाउँछ ।
अचेल त एउटा समस्या समाधान गर्न पाएको छैन, अन्य दस समस्या आइलाग्छन् । अहिले वर्तमानमा देखिएका यी समस्त विभीषिकाहरू समाप्त गर्नु त्यति सजिलो छैन । एकातिर स्याहार्यो, दसतिर भताभु· हुने अवस्था छ ।
यस्तो अवस्थामा समाधान एउटै छ– ‘युग परिवर्तन’ प्रकृति, परिवेश, परिस्थितिहरू, प्रवृत्तिहरू, सामाजिक गतिविधिहरू, राजनीतिक संरचना, वैज्ञानिक एवं आर्थिक सोचलाई एक साथ, समग्र परिवर्तनको महौपक्रम । यद्यपि यो कार्य त्यति सरल छैन न मानवीय पुरुषार्थले सम्भव, तर जब मानिसको पाखुरा थाक्न थाल्छ अनि पतन र विनाशको आशड्ढा बलियो हुन थाल्दछ । त्यस बेला प्रवाहलाई उल्टाउने कार्य प्रकृतिले स्वयं गर्दछ र एकचोटी फेरि मानवको अन्त:प्रकृति, बाहय परिस्थितिहरू, सामाजिक, राजनीतिक एवं आर्थिक संरचनाहरू नयाँ आकारमा निर्माण हुन थाल्दछन् । प्रकृति एवं पर्यावरणले भावी सड्ढल्पना अनुसार स्वयम्लाई तयार पार्दछ । सम्पूर्ण सृष्टिका साथ युग परिवर्तनको मोहक राग छरिन थाल्छ, जसको प्रत्येक स्वर, लय एवं तालमा उज्ज्वल भविष्यको प्रतिध्वनि हुन्छ । वर्तमान क्षणमा यसै प्रतिध्वनिलाई स्वयम्मा, प्रकृति एवं परिवेशमा, जीवनको प्रत्येक क्षणमा तीव्रबाट तीव्रतर भइरहेको अनुभव गर्न सकिन्छ । यही प्रतिध्वनि आज चारैतिर, प्रत्येक ठाउँमा ध्वनित छ, युग परिवर्तन नै युगको नियति हो, मानवको भवितव्यता हो ।