प्रहरी र नागरिकबीच सम्बन्ध सहयोगात्मक रहेन, समन्वयात्मक र सौहार्दपूर्ण रहेन भने काम गरेकोमा न प्रहरीलाई सन्तुष्टि हुन्छ न सेवा पाए पनि नागरिकको मनमा सद्भाव जाग्छ । प्रहरी र नागरिकको मूलभूत मनोविज्ञानमा पहिले परिवर्तन आउनु आवश्यक छ । प्रहरी नागरिकको मित्र होइन, ‘यिनको न मित्रता राम्रो न शत्रुता नै राम्रो’ भन्ने नागरिकमा जन्मेदेखि संस्कार बसेको छ । प्रहरीमा पनि वर्दी लगाउने बित्तिकै धाक–रवाफ देखाउनै पर्छ, कडकेर बोल्नुपर्छ, हप्कीदप्की गर्नुपर्छ भन्ने मानसिकता आजसम्म जान सकेको छैन । यस कुराको बोध नागरिक अगुवाहरूलाई जति छ, त्यतिकै प्रहरीको व्यवहार रुखो छ भन्ने कुरा प्रहरी अधिकृतहरूले पनि बुझेका छन् । अन्यथा ‘मुस्कानसहितको प्रहरी’ भन्ने नारा लगाएर, तालिम दिएर समय खर्च गर्नुको औचित्य थिएन । मुस्कानसहितको प्रहरी अभियान थालेको वर्ष दिन बितिसक्दा पनि त्यसको ताजगीकरण भएको छैन । नागरिकले टीठ लाएर प्रहरीलाई मुस्कानसहित देख्न खोजेको हो, तर त्यस्तो भएको थोरै मात्र अनुभव नागरिकलाई छ ।
नेपाल प्रहरीको विकास ‘पहिले थुन अनि सुन’ बाट भएको हो । त्यस बेला त्यही चलन थियो । आज नागरिक शिक्षित भएको छ, प्रहरीबाट लोकतान्त्रिक र समभावयुक्त व्यवहारको अपेक्षा गर्दछ । पहिले थुन अनि सुनको साटो पहिले सुन अनि थुन भन्ने परम्परा प्रहरीले अँगालोस् भन्ने चाहेको छ । साथै नागरिकले प्रहरीबाट अन्य थुप्रो अपेक्षा पनि राखेको छ । आज संसार सानो भएको छ । सबै ठाउँको सबै कार्यव्यापारबारे सबैलाई थाहा हुन्छ । विकसित देशहरूमा प्रहरी–नागरिक सम्बन्धबारे सबै जानकार छन् । त्यसैले बीचको अप्ठेराहरूको वास्ता नगरेर नागरिकले प्रहरीसँग अति सभ्य देशको प्रहरीजस्तै क्रियाकलापको अपेक्षा गर्दछ । यी सबै कारण त छँदैछ–अहिले सङ्क्रमणकाल पूरै निमिटयान्न भइसकेको छैन, त्यसैले सबैको मानसिकता आक्रामक छ । सबै कुराको प्रतिकार नै गर्नुपर्ने ‘रिफ्लेक्स एक्शन’ सबैमा हावी छ । लामो समयदेखिको द्वन्द्वले आक्रामक बनाइदिएको छ । त्यही रिफ्लेक्स एक्शन–त्वरित प्रतिक्रिया बनेर चारैतिर देखिन्छ । मैले भनेको भएन भनेर मानिस विरोधको प्रतिक्रिया देखाइहाल्छ । नहुनुको कारणबारे गम्भीर बहस गर्दैन ।
एउटा समय थियो ध्वनि प्रदूषणबारे लेख्दा काम नपाएको आरोप लाग्दथ्यो तर आज भजन र धार्मिक समारोहको विस्तारित ध्वनि पनि मानिसलाई सहय हुँदैन । हुनु पनि हुँदैन । तर यसलाई रोक्न नागरिक सहमति आवश्यक हुन्छ, प्रहरी एउटाले गरेर हुँदैन । बाटोमा निर्लज्ज बनेर सूसू गर्ने चलन छ, असभ्यता हो भन्ने लाग्दछ, यो रोक्न प्रहरीले केही जोरजबर्जस्ती पनि गर्यो । पछि थाकेर बस्यो । किनकि समाजबाट उसले सहयोग पाएन । एउटा व्यक्तिलाई कुनै कुरा मन परेको छैन भने प्रहरी वा सम्बद्ध जोसुकैले तत्काल पूर्ति गरिदिएन भने उसलाई रनाहा छुट्छ । सामन्तवादले पिल्सिएको नेपाली जनता एकैपटक गणतन्त्रमा पुगेको छ । ऊ तत्काल सबैथोकको भर्पाई खोजिरहेको छ । त्यसका लागि आफ्नो योग्यता र अरूको क्षमताको उसले पटक्कै विचार गरेको छैन । तसर्थ प्रहरीले नयाँ सन्दर्भमा जनमैत्री हुनका लागि अनुकूल परिस्थिति निर्माण गर्नुपर्दछ भने नागरिकले पनि हिजोको साँढे प्रवृत्तिको प्रहरीको लगाम विस्तारै नियन्त्रणमा लिने काम गर्नुपर्छ । बलमिचाइ दुवैका लागि प्रत्युत्पादक हुन सक्छ ।