गोपाल ठाकुर
नेपाली काङ्ग्रेस तथा विपीका अनुयायीहरूले आज ‘निष्ठा’ प्रदर्शन गर्दै राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै छन् । यो ३९औं राष्ट्रिय मेलमिलाप दिवस हो । २०३३ सालमा आजैको दिन विश्वेश्वरप्रसाद कोइराला नेपाली काङग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्वासनबाट स्वदेश फिर्ता हुने निर्देशन जारी गर्दै भारतबाट नेपाल फर्केका थिए । त्यस बेला कतिपय पञ्चहरूले उनको ज्यान सजायको माग पनि गरेका थिए । यस विषम परिस्थितिको आकलन गर्दै उनका कतिपय हितैषीहरूले निर्वासन नत्याग्न सल्लाह पनि नदिएका होइनन् । तर उनी राष्ट्रिय मेलमिलापको आह्वान गर्दै नेपाल फिरेका थिए । तिनताक उनको राष्ट्रिय मेलमिलापको नीतिलाई राजा र काङ्ग्रेस बीच सम्बन्ध सुधारको प्रयासको रूपमा बुझिएको थियो । यदि राष्ट्रिय मेलमिलापको नीतिलाई फगत त्यति नै ऐतिहासिक सन्दर्भमा हेर्ने हो भने २०६५ जेठ १५ पछि त्यो औचित्यहीन बनिसकेको छ । त्यसैले राष्ट्रिय मेलमिलाप दिवसलाई आज असान्दर्भिक भन्दा अत्युक्ति नहोला । २०३३ पुस १६ मैं उनले नेपाली जनतालाई गरेको सार्वजनिक अपिल र बेला–बखत राष्ट्रियताबारे व्यक्त गरेका विचारहरूलाई हेर्ने हो भने राष्ट्रिय मेलमिलापको अहिले टड्कारो आवश्यकता देखिन्छ । उनले अपिलमा भनेका छन्–“आज देशमा स्वार्थपरकता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलबाला छ । यस्तो परिस्थितिमा सबैभन्दा पहिले राष्ट्रियताको हत्या हुन्छ ।”
उनको यस अभिव्यक्तिले स्वार्थपरकता, सम्प्रदायिकता, व्यक्तिवाद र विदेशी मुखापेक्षा सामन्तवादको चिनारीको रूपमा स्थापित गरेको छ । वास्तवमा यी दुर्गुणहरू सामान्यतया विजेतामा देखिने उन्माद, विजयको स्थायित्वको लागि राष्ट्रिय आत्मसमर्पणवादको उपजको रूपमा आउनु अवश्यम्भावी छ । यस्तो अवस्थामा कुनै पनि सामन्ती शासक विजित राष्ट्रहरूको जनतामाथि प्रभुत्वकै आधारमा मुर्दा शान्ति स्थापित गर्दछ । जुन दिन ती राष्ट्रहरूमा अस्तित्वबोध र नैतिक बल सुदृढ हुन्छ, शासकहरूको पतन निश्चित रहन्छ । त्यसैगरी त्यो मुर्दा शान्ति लम्बियो भने विजेताले आर्जन गरेको राज्य पनि कुनै अर्काे शक्तिशाली साम्राज्यको आधिपत्यमा जान सक्छ । तसर्थ प्रतिकूल परिस्थितिमा पनि विपीको निर्वासन त्याग र स्वदेश वापसीको मूल उद्देश्य स्वार्थपरकता, साम्प्रदायिकता, व्यक्तिवाद र विदेशी मुखापेक्षाविरुद्ध निर्मम सङघर्ष नै हुनुपर्दछ ।
ऐतिहासिक भौतिकवादले राज्यको गठनलाई नै शोषणको सबैभन्दा निकृष्ट औजारको रूपमा व्याख्या गर्दछ । यस अनुसार शासन फेरिंदा शोषणको प्रारूप मात्रै फेरिन्छ । अर्थात् शासकहरू रूपमा मात्रै फेरिएका हुन्छन, जनबल कमजोर भयो भने तिनीहरू पुन: पछाडि फर्किन सक्छन् । अहिले त्यसका विभिन्न सड्ढेतहरू देखिंदैछ । नेपालका राजनीतिक दलहरू सशस्त्र वा सडक आन्दोलनमा भएका बेला पृथ्वीनारायण शाहलाई सामन्ती राज्य विस्तारको नायक र राजा महेन्द्रलाई निकृष्ट सामन्ती अधिनायकको रूपमा व्याख्या गर्ने गर्दथे । तर अहिले तिनको नायकत्व स्थापित गर्न श्रीपेचविहीन सम्राट्हरू ना·िएर लागेका देखिन्छन् ।
नेपालको साम्यवादी आन्दोलनमा दरवबरपरस्थता नौलो घटना होइन । पुष्पलालको हातबाट मनमोहन अधिकारीले नेपाल कम्युनिस्ट पार्टीको नायकत्व खोसेर बिना कुनै संस्थागत निर्णय दरवारमा निवेदन हालेर पार्टीमाथिको प्रतिबन्ध फुकुवा गराएका थिए । डा केशरज· रायमाझीले नेकपाको वैधानिकता नै दरबारमा बुझाएका थिए । मोहन विक्रमलगायत एकथरी नायकहरूले जनमत–सङ्ग्रहको बहिष्कारको नाममा निर्दलीय व्यवस्थाकै पक्षमा मतदान गराएकै हुन् । माधव नेपालले राजा ज्ञानेन्द्रको शरणमा प्रधानमन्त्री पदको विज्ञापन भरेकै हुन् । प्रतिगमन आधा सच्चियो भन्दै एमालेलाई ज्ञानेन्द्रको प्रतिगामी सरकारमा पनि उनले लगेकै हुन् । यस पृष्ठभूमिमा यदि वामदेव गौतमले डडाल्नुमा खाएको राजा महेन्द्रको लठ्ठीको चोट बिर्सेर उनलाई राष्ट्रवादीको संज्ञा भिडाउँछन् भने आश्चर्यको के कुरा भयो र १ किनभने यिनीहरूले आफ्नो वर्ग परिवर्तनपछि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई पछयाउनु आवश्यक
रहेन ।
नेपालको कम्युनिस्ट आन्दोलनमा देखिने यस्ता टाट पल्टाइबारे विपी र उनका अनुयायीहरूले शुरुदेखि नै प्रहार गर्दै आएका थिए । राजा र राजतन्त्रसँग पनि उनको दार्शनिक र अर्थ–राजनीतिक निकटताको कारण उनी राजा र राजतन्त्रलाई संवैधानिक मात्रै बनाउन चाहन्थे, जुन सम्भव रहेन । तर अहिले उनकै अनुयायीहरू खुल्लमखुला पृथ्वीनारायण शाहलाई नेपालको एकीकरणकर्ता बताइरहेका छन् । यस्तो भन्ने काङ्ग्रेसीहरूले विपीलाई आफ्नो आदर्श मानेको भन्नु नकच्चरोपन मात्रै साबित हुन्छ । विपीले गोर्खा राज्य विस्तारलाई किमार्थ नेपालको राष्ट्रिय एकताको अभियान मानेका छैनन्, “गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन, न त्यस समयका शासकहरू नेपाली राष्ट्रिय भावनाले प्रेरित नै थिए, न त गोरखा राज्य विस्तारको यन्त्र, गोरखा पल्टनका सिपाही या अफिसरहरू नै राष्ट्रवादी थिए । गोरखाली राजाहरूले विजय अभियान प्रारम्भ गरेका थिए र तिनीहरूको चरित्र विजेताको थियो, राष्ट्रिय नेताको होइन, जसले गर्दा विजित देशहरूका राजा र प्रजासँग कोमल व्यवहार गरिएन । काठमाडौंका नेवार प्रजालाई अद्यावधि त्यसको गुनासो छ ।’ (तरुण बुलेटिन नं २, सन् १९७१ मा प्रकाशित ‘राष्ट्रियता: नेपालको सन्दर्भमा’ शीर्षक लेखबाट साभार)
विपीले यहाँ नेवार प्रजाको गुनासो उठाएर गूढ रहस्योद्घाटन गरेका छन् । किनभने काठमाडौंं उपत्यका नै सही अर्थमा नेपाल हो । अद्यपि पहाड र मधेस दुवै क्षेत्रबाट काठमाडौंं आउनेहरूमा कतिपयले ‘नेपाल गएर आएको’ भन्ने गरेका छन् । ऐतिहासिक भाषाविज्ञानले भाषामा वर्णोच्चारण पनि बदलिने गरेको व्याख्या गर्दछ । यस्तै परिवर्तनले ‘नेपाल’ नै ‘नेवार’ भएको तर्क पुष्पलालले पनि गर्ने गरेको पाइन्छ । यस अर्थमा नेवारहरूको थलो सि·ै देशको परिचय बन्नु त गौरवकै कुरो होला तर उनीहरूको भाषा नेपाल भाषा हुँदाहुँदै यहाँ खस कुरालाई गोर्खा भाषा हुँदै ‘नेपाली’ भनेर नयाँ भाषा, नयाँ जाति, नयाँ राष्ट्रियताको उठान गरियो जसले खसेतरलाई अहिलेसम्म समेटेको छैन । यसमा नेवारहरूको गुनासो रहनु स्वाभाविक हो तर मधेसीहरूले त नेपाल पस्न पनि राहदानी लिनुपर्ने बाध्यता झेल्दा उनीहरूले कस्तो राष्ट्रिय बोध गरेका होलान् ? अनुमान गर्न सकिन्छ ।
यस आलोकमा हेर्ने हो भने विपीको राष्ट्रिय मेलमिलापको सोझो अर्थ हो विजित र विजेता राष्ट्रबीच एकताको प्रयास । यो नै वास्तवमा राष्ट्रिय एकता हो । तर यसका लागि विजित र विजेताको मनोविज्ञानलाई समाप्त पार्नु पहिलो शर्त हुन आउँछ । यसबारे मैले यसै स्तम्भमा राजतन्त्रदेखि गणतन्त्रसम्म नेपाली राष्ट्रियता एकजातीय, एकलधर्मी, एकभाषी र एकल सांस्कृतिक रहेको कुरो उठाइसकेको छु । विपीले पनि यस्तो राष्ट्रियताको आरम्भ सुगौली सन्धिसँगै गोरखा राज्य विस्तार अभियानमा पूर्णविराम लागेपछि मात्रै शुरु भएको बताएका छन्–“गोरखा शासक तथा तिनका अनुयायीहरूको विजय अभियानको परिणामस्वरूप र साथै ब्रिटिश विदेशी विजेताहरूको त्यस्तै अभियानसँग जुध्न पुगेर बन्न गएको नेपाल देशको इतिहास सन् १८१६ को सुगौली सन्धिबाट प्रारम्भ हुन्छ ।” अर्थात् सन् १८१६ मा नेपाली राष्ट्रियताको उदयका लागि गोरखा राजाहरूको विजय अभियानको एउटा अप्रत्याशित सामग्री फेला पर्र्या ।’ (ऐऐ)
यस प्रकार इतिहासले शाह राजाहरूलाई विजय अभियानको एउटा अप्रत्याशित सामग्रीको रूपमार् नेपाली राष्ट्रियता’ जुटाइदिएको हो जुन आफैंमा पनि खसेतर र तिनमा पनि गोर्खालीतरहरूका लागि पराइकरणको औजार सिवाय अहिलेसम्म केही बन्न सकेको छैन । किनभने अहिले पनि विजेता गोर्खाली राष्ट्रियताले नै बाँकी विजित राष्ट्रियताहरूमाथि शासन गरिरहेको तीतो यथार्थ हाम्रो सामु उपस्थित छ । यो क्रूर सामन्ती राज्यको चरित्र हो लोककल्याणकारी गणराज्यको होइन । सामन्ती राज्य र शासकको क्रूरताबारे पनि विपीले बोलेका छन्–“पृथ्वीनारायण शाहको क्रूर स्वभाव तथा परास्त भएका शत्रुहरूप्रति उनको प्रतिशोधको व्यवहारले गर्दा उनले नेपाली जनताको एउटा ठूलो एवं प्रभावशाली समुदायलाई आफूबाट विमुख पारे । र तिनीहरूमा पछिसम्म पनि शाह शासनप्रति अनुकूल भाव आउन सकेन । विभिन्न समुदाय, जाति, वर्गको एकीकरण, तिनीहरूबीच भावनात्मक एकताको स्थापना दूरदर्शी राजनीतिज्ञता, शासनाधिकारको विवेकपूर्ण प्रयोग तथा शासकको तर्फबाट गरिने सहिष्णुताको व्यवहारले मात्र सम्भव हुन्छ, न कि शासकबाट हतियारको बलजफ्ती प्रयोगले ।’ (तरुण बुलेटिन नं ४, सेप्टेम्बर १९७१ मा प्रकाशित ‘राजतन्त्र’ शीर्षक लेखबाट साभार)
इतिहासले विश्वमा र हाम्रै सन्दर्भमा पनि शासकीय हतियारको बलजफ्तीलाई निकम्मा साबित गरिसकेको छ । त्यसैले शासित राष्ट्रियताहरूले पनि आफ्नो पहिचानसहित स्वशासनको अनुभूति गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो । तसर्थ उनीहरूले चलाइरहेको राष्ट्रिय आत्मनिर्णयको अधिकारयुक्त पहिचान सहितको सङ्घीयताको आन्दोलन कुनै जातिवादी (ऋबकतभ(दबकभम यच भतजलष्अ) वा जातीय (चबअष्कत) आन्दोलन नभई राष्ट्रिय मुक्ति आन्दोलन (ल्बतष्यलब िीष्दभचबतष्यल :यखझभलत) हो । विश्वेश्वरप्रसाद कोइरालाको राष्ट्रिय मेलमिलापको साकार रूप यहाँ मात्रै प्रतिविम्बित हुन सक्छ ।
वाणस्थली, महादेवस्थान–७, काठमाडौंंं