यमुना प्रधानाङ्ग ‘मुना’
विज्ञानले दु्रत गतिमा फड्को मार्दै छ । वैज्ञानिकहरूले जति पनि आविष्कार गरेका छन्, त्यसले हानि–नोक्सानी दुवै हुन्छ । तर त्यसो भन्दैमा कुनै पनि कुरामा कोशिश नै नगर्ने हो भने एउटा बामे सर्न लागेको बच्चा लड्छ भनेर समाइराख्ने, बोकिराख्ने गर्यौं भने भोलि गएर त्यो बालक पूर्णरूपले हिंड्डुल गर्न अक्षम हुन्छ । त्यस्तै वैज्ञानिकहरूले आविष्कार नगरेका भए अहिलेको युग विज्ञानको युग कहलिंदैन्थ्यो । उही बालकजस्तै संसारको पनि अवस्था हुन्थ्यो, गतिहीन । कुनै पनि चीजको सही उपयोग गरेमा, यसले हामीलाई हानिभन्दा धेरै फाइदा दिन्छ ।
विज्ञानको विकासको लाभ उठाउने सञ्चारमाध्यम पनि एक हो । सञ्चारमाध्यम भन्नाले टेलिफोन, मोबाइल तथा नेटवर्किङबारे भन्दैछु । केही वर्ष पहिले अहिलेको जस्तो मोबाइलको जमाना थिएन । शनिवारको दिन आफन्तहरूसँग कुरा गर्न दूरसञ्चार कार्यालयमा फोन गर्ने ग्राहकहरूको लामो लाइन हुन्थ्यो । दूरसञ्चारको व्यवस्था सुगम ठाउँमा मात्र थियो । त्यो पनि कुरा प्रस्टसँग बुझिने हुन्थेन । अत्यन्त जरुरी खबर आदानप्रदानका लागि आकाशवाणीको नै भर पर्नुपर्दथ्यो । अझै पनि मेरो मानसपटमा सम्झनाका ती पलहरू ताजै छन् । कुरा २०४०/०४१ सालतिरको हो, मेरो हजुरबुबा बिरामी हुनुभएकोले वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना हुनुहुन्थ्यो । मेरी आमालाई हजुरबुबा बाँच्नुहुन्छ भन्ने आशा कमै थियो । त्यसैले आमाले बुवालाई भन्नुभयो– अब बुवाको बाँच्ने आश कमै छ, तपाईंकी दिदी र भाइलाई खबर पठाउनुहोस् । “जतिसक्दो चाँडो आउनु बुवा सिकिस्त हुनुहुन्छ” भनी म र बुवा दूरसञ्चारमा गई आवा पठायौं । दिन प्रतिदिन हजुरबुबा थलिंदै जानुभयो । फुपू र काका आइपुग्नुभएन । बाजेको बाँच्ने आशा कमै थियो । चिकित्सकले पनि बाँच्न मुश्किल छ, तपाईंहरूको भाग्य, भनिरहँदा आमाले बुवासँग भन्नुभयो– “बाहुनबाजेलाई बोलाई यहीं बुवाबाट गौदान गरौं कहीं फिरेर आउनुहुन्छ कि ?” बुवाले भन्नुभयो– “हुन्छ नि त, डाक्टरलाई पनि सोध्छु कसो नदेला । तिमी बाहुनबाजेलाई खबर गरेर आऊ ।” बुवाले डाक्टरलाई सोध्नुभयो डाक्टरले सहमति दिए । आमा पनि बाजेलाई लिई गाईको पनि व्यवस्था गरी आउनुभयो । हजुरबुवा रहनुभएको दुई तलाको बेडसम्म धागो पुर्याई हातमा समाउन लगाइयो र त्यो धागो तल राखिएको गाईको पुच्छरमा बाँधी हिन्दू धर्म परम्परा अनुसार विधिपूर्वक बैतर्नी कार्य सम्पन्न गरियो । त्यतिखेर आमाबुवाको त्यहाँ रहेका बिरामी, बिरामी कुरुवा बसेका मानिसलगायत देख्ने सबैले प्रशंसा गरेका थिए । छोराबुहारी हुनु त यस्तो पो, आदि इत्यादि भनिरहँदा हाम्रो शिर ठाडो भएको थियो । गौदान गरेको भोलिपल्ट आमाले बुवालाई भन्नुभयो– “बुवालाई बागमती लैजाऔं, आज रात पनि काट्नुहोला जस्तो छैन । बुवाले भाडामा गाडीको व्यवस्था गर्नुभयो । डाक्टरले बाँच्ने सम्भावना नरहेको बताएपछि आफन्त एवं छरछिमेकीलाई खबर गरी हजुरबुवालाई बागमती लगियो । राति १०–११ बजेबीच हजुरबुवाले देह त्याग्नुभयो । काका र फुपूले छिटो खबर पाउनुहुन्छ कि भनी फेरि आवाको माध्यमबाट हजुरबुवा परलोक हुनुभएको खबर पठाइयो । आफन्त सबैलाई काँचो सेतो धागोले चिठी बाँधी हुलाकमार्फत् पठाउने काम गरियो । धागो बाँधेको चिठी हेरेपछि हुलाकीहरूले लापरवाही गर्दैनन् भनेर नै हाम्रा पुर्खाले मरेको खबर सेतो धागोले बाँधेर पठाउने रीति बसालेका हुन् कि जस्तो लाग्छ । हजुरबुवा परलोक हुनुभएको १४/१५ दिन भइसकेको थियो । काका र फुपूको अत्तोपत्तो थिएन । मान्छेद्वारा खबर पठाउन पनि डेढ/दुई दिन लाग्थ्यो ।
उता नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. २ डाँडाको थुम्कोमा अवस्थित भूटोल बजारमा रहनुभएका मेरा आफन्त काकाबाजेहरूले चिठी पाई जुठो फुकाइ सक्नुभएको थियो । उक्त नगरपालिकाको सोही डाँडाको फेदीमा अवस्थित बटार बजारमा जहाँ मेरा साख्खे काका र फुपूको घर छ, त्यहाँ काकाबाजेको नाति झर्नुभएछ र मेरो काकासँग भेट भयो । काकाले सोध्नुभयो– “किन कपाल काटेको ? को गयो ?” नातिले भनेछन्– “काका हजुरलाई थाहा छैन, कलैयामा बाजे बितेको आज सोर्ह/सत्र दिन भइसक्यो ।” यो सुनेर काका हँ १ भन्दै आश्चर्यमा पर्नुभयो रे । र, तुरुन्त फुपूलाई पनि खबर गरी बाहुनबाजे बोलाई विधिपूर्वक त्यही किरिया बस्नुभयो । समयमैं खबर पुगेको भए एकैपटक किरियाकर्म त सकिन्थ्यो । किरिया सकेपछि उहाँहरू हामी भएको ठाउँ तराईमा फुपू लिई आउनुभई सबै कुरा सुनाउनुभयो र हामीलाई किन बेलैमा खबर नगरेको, सञ्चो नभएको बेलामा नै खबर गर्नुपर्ने थिएन, बेलैमा खबर गरेको भए बुवाको मुख त हेर्न पाउने थियौं भनेर काका र फुपूले गुनासो पोख्नुभयो । हामीले माथिका वृतान्त सबै सुनाउँदा एकछिन त दूरसञ्चारमाथि आक्रोश पोख्नुभएको थियो ।
हिजोअस्ति जस्तो लाग्छ काकाकी छोरी ( दिदी)ले भन्नुभएको कुरा अझै पनि मेरो कानमा गुन्जिरहन्छ । जतिखेर मोबाइलको विकास भइसकेको थिएन । भिनाजु आर्मीमा हुनुहुन्थ्यो । सरकारको तर्फबाट उहाँले विदेश जाने मौका पाउनुभएको थियो । “मैले नपढेको त यतिखेर पो पश्चाताप लागिरहेको छ बहिनी,” दिदीले भनिन्– “तिमीहरूले पढ्न कर नगरेको पनि होइन, कति गरेका थियौ । आमाबुवाले पनि पढ्नको लागि नभनेको होइन । त्यतिखेर मेरो बुद्धि कहाँ गएको थियो होला । म पनि तिमीहरूले पढेको बेला सँगै पढेको भए धेरै पढ्न नसके तापनि कमसेकम अक्षर लेखपढ त गर्न सक्थें । त्यति अक्षरसम्म पनि पढ्न नसक्ने भएको कारण तिम्रो भिनाजुले पठाएको चिठी अरूलाई पढ्न लगाउने गरेकी छु । पढेको भए चिठी त पढ्न अरूलाई लगाउनुपर्ने थिएन । उहाँले पनि कति मनमा लागेका कुरा चिठीमा खुलेर लेख्न पाउनुभएन भने मैले पनि सबै कुरा खुलेर लेखिपठाउन पाइनँ ।” आदि इत्यादि भनिरहँदा म दिदीको मुख हेरी सुनिरहेकी थिएँ । उहाँको मुहारमा पश्चातापको भाव झल्किएको सहजै देखिन्थ्यो ।
आजको जस्तो समय त्यतिखेर भएको भए ती सबै माथिका कुराहरू उहाँहरूलगायत कसैले भोग्नुपर्ने थिएन । अहिले त्यो अवस्था कमै छ । भोलिका दिनहरूमा हाम्रा सन्ततिले माथि लेखिएका कुराहरू पढ्दा सुन्दा दन्त्य कथाजस्तै लाग्नेछ । आजभोलि त धेरैको हातैमा मोबाइल हुन्छ । खाँदा, बस्दा, हिंड्दा जे गर्दा पनि मोबाइल साथमा नै राख्ने गरेका हुन्छौं । गाउँबेसी, शहर जताततै मोबाइलको सुविधा पुगेको छ । मोबाइलबिना मानिसको जीवन अधूरो अपूरो हुन थालेको छ । अझ भनौं हुने गरेको छ । त्यो बिना एक क्षण बिताउन मुश्किल छ । के हराएँ, के गुमाएँजस्तो लाग्ने । मोबाइल विशेष काम कुराका लागि त राम्रो फाइदाजनक हो । जतिखेर पनि कुरा गर्नुपरेमा कुरा गरी फाइदा लिन सकिन्छ । तर साना–साना कुरामा पनि हाम्रा औंलाहरू मोबाइलको की प्याडमा सल्बलाउन पुग्दा भने अनावश्यक कुराहरूमा आफू नियन्त्रित नहुँदा हाम्रो महिनाभरि पुर्याउनुपर्ने बजेट पुर्याउन हम्मे हुन पुगेको छ तर हामीले त्यतातिर ध्यान दिइराखेका छैनौंैं । भर्खर मात्र समाचारमा सुनियो कि मोबाइलमा ट्वाइलेटको फ्लसभन्दा अठतीस गुना बढी कीटाणु हुन्छ भनिरहँदा भने यसबाट बच्ने उपाय पनि सोच्नु हामीले जरुरी छ जस्तो लाग्छ । मोबाइल पड्केर दुर्घटनाहरू पनि हुने गरेका सुन्दै आइरहेका छौं ।
विज्ञानकै विकासको कुरा गर्दा सञ्चारकै विशेष अर्को साधन हो नेटवर्किङ । जसको कारणले कार्यालय, कलकारखाना, सङ्घसंस्थाहरूलगायतका विभिन्न कामहरू छिटोछरितो भरपर्दो रहँदै आएको छ । धेरै जनशक्ति लाग्ने ठाउँमा कम जनशक्तिले पनि काम हुने भएकोले खर्च कम गराएको छ । आफन्तजनले पठाएका रुपियाँ सहजै प्राप्त गर्न सकेका छौं । पढ्न चाहनेले यसबाट धेरै ज्ञान हासिल गरिराखेका छन् । समाचारहरू पनि सहजै पढ्न पाएका छौंं । गएर घुम्न नसके तापनि यसको माध्यमले धेरैे ठाउँबारे हेर्न जान्न पाएका छौं । फेसबूकको माध्यमबाट पुरानाभन्दा पुराना साथीहरूसँग सम्पर्कमा रही अहिलेको मुहार देखिनुका साथै सबै जानकारी लिन पाएका छौं । विदेशिएका आफन्तहरू नजिक गराएको छ । सँगै बसेको जस्तो त कहाँ हुन्छ र, तापनि सबैले नभनौं, साधन–सुविधा रुपियाँ हुनेहरूले स्काइपमा मुहार हेरेर नै कुरा गर्न पाउँदा भने आफन्तको कमी केही भए पनि कम गराएको छ अथवा टाढा भए तापनि आफ्नै वरिपरि छजस्तो आभास भएको छ । तर अहिले के बूढा के बूढी भुराभुरी सबै नेटमा नै व्यस्त रहँदा खासगरी फेसबूकमा भने यसले आफ्नो लक्ष्यलाई बाधा पुर्याउने त होइन भन्ने कतिलाई चिन्ता पनि लागेको होला भने कतिलाई बाधा पुर्याएको थाहै पनि नहोला । विद्यार्थीहरूले फेसबूक चलाइरहँदा समयको ख्यालै नगरी सही उपयोग नगर्नाले अभिभावकहरूलाई आफ्नो सन्ततिको भविष्यप्रति चिन्ता लाग्न थालेको छ भन्ने सुन्दै आएका पनि छौं ।
पहिले हामी भन्ने गथ्र्यौ अमेरिका जमिनमुनि छ, हामीभन्दा तल । त्यहाँ दिन हुँदा यहाँ रात हुन्छ, यहाँ रात पर्दा त्यहाँ दिन हुन्छ । कुरा सही पनि हो, तर विज्ञानको विकासले गर्दा पृथ्वी हाम्रो दश औंंलाभित्र परेको छ । मानौं भकुन्डो समाएजस्तै । चाह्यौं भने विज्ञानको विकासबाट फाइदै फाइदा लिन सक्छौं । फाइदाको अगाडि बेफाइदा कमै छ । विज्ञानको विकासबारे भनिरहँदा भने अन्त्यमा भन्न मन लाग्यो— विज्ञानको विकाससँगै, पृथ्वी भयो भकुन्डोजत्रो, स्काइपमा कुरा गर्न पाउँदा मजा नै अर्को । अस्तु १