- चन्द्रकिशोर
स्थानीय समाचारमाध्यमको सबलता, गुणस्तरीयता र प्रभावकाररिताको आधारमा मुलुक र लोकतन्त्रको अवस्था मापन गर्न सकिन्छ भन्ने मान्यता राख्नु अस्वाभाविक ठहर्दैन होला । त्यस्तै अर्को प्रश्न पनि मोफसलको पत्रिकासँग जोडिएर यतिखेर उठिरहेको छ, मोफसलका साना दैनिकहरूले बनाइदिएका हरिया बजारमा राजधानीका ठूला पूँजीका अखबारहरू विचरण गर्न पुगिरहेका छन् । त्यस बेला उनीहरूले टिकिरहने उपायको खोजी कसरी गर्ने ?
यथार्थ के हो भने २०४६ सालको राजनीतिक परिवर्तनले मोफसलको पत्रकारिता क्षेत्रलाई पनि व्यावसायिक प्रतिस्पर्धा र जिम्मेवारी निर्वाहतर्फ अभिप्रेरित गरेको छ । त्यसैको फलस्वरूप अहिले मोफसलको पत्रकारिता क्षेत्रमा उल्लेख्य लगानी हुन थालेको छ । बढी पाठकहरू माझ पुग्ने होडबाजीले विषयगत विविधतातिर पनि पत्रपत्रिकाको ध्यान जान थालेको छ ।
व्यावसायिक स्वरूप ग्रहण गर्न थालेपछि राजनीतिक आस्था र विचारको प्रभावबाट भने मुक्त हुन सकिरहेको छैन । तर पनि राष्ट्रियस्तरका पत्रपत्रिका समयमा नपुग्ने र पुगे पनि बजारको माग अनुसार आपूर्ति नहुने भएकोले स्थानीयस्तरमा प्रकाशित समाचार नै मोफसलका पाठकहरू सूचनाको स्रोत बनेका छन् ।
मोफसलकै चर्चित पत्रिका ‘ब्लाष्ट’बारे कृष्णविनोद लम्सालले वर्ष ५ अड्ढ ५० मा लेखेको कुराले पनि मोफसलको पत्रिकाको भूमिका र महत्त्वलाई प्रस्टयाउँछ–“ब्लाष्ट पूर्वाञ्चलका प्रत्येक जिल्लामा नपढी धरै नपाउने पत्रिका बनेको छ । ब्लाष्ट पढिदियो, सकियो । उसबाट अरू केही होइन गाउँका सन्देशहरू, हल्लाहरू अपभ्रंश नभैकन अक्षरमा अनुवाद भएर छापिएर आउँछन् । नढाँटी भन्नुपर्दा समाचारहरू समाचारमा आउँछन्, अरू स्तम्भहरू सन्देश बोकेर आउँछन् ।”
मोफसलको पत्रकारिकताको उल्लेखनीय पक्ष के हो भने पुरानाहरू ओझेलमा परे पनि सक्रिय पत्रकारले युग परिवर्तनसँगै पत्रकारितालाई नयाँ पुस्तासम्म ल्याएका छन् । यसका बलियो उदाहरण हुन्– दाङका पत्रकार नारायणप्रसाद शर्मा । पञ्चायतकालमा निकै सङ्घर्ष गरेका शर्माले युगबोध साप्ताहिकलाई दैनिक मात्र बनाएनन्, मध्यपश्चिमकै उत्कृष्ट पत्रिकाका रूपमा स्थापित पनि गराए । २०३९ मा ‘मोर्चा’ साप्ताहिकमार्फत् नयाँ धार प्रारम्भ गरेका वीरगंजका जगदीश शर्माले २०४३ बाट ‘प्रतीक’ साप्ताहिक शुरु गरी पछि २०५३ देखि त्यसलाई दैनिकको स्वरूप प्रदान गर्नुलाई वीरगंजेली पत्रकारिताको नयाँ अध्याय मानिन्छ । पश्चिम नेपालको अग्रणी पत्रिकाको रूपमा जन्मेको ‘हिमदूत’ साप्ताहिकले ४५ वर्ष व्यतीत गरिसकेको छ । बीचको धेरै वर्षको अन्तरालपछि उक्त पत्रिका फेरि नयाँ कलेवर लिएर देखा परेको छ ।
विश्लेषक प्रत्यूष वन्तले भनेका छन्– “जनताको बाँच्न पाउने अधिकारको वकालत गर्न र उनीहरूको प्रजातान्त्रिक अभिलाषा मुखरित गर्न आफैं भित्रबाट र अन्य क्षेत्रबाट शुरु भएका सड्ढटहरूलाई नेपाली पत्रकारिताले पछार्नै पर्छ” ।
नेपाली पत्रकारिता (मोफसल समेत) ले लोकतान्त्रिक परिवेश प्राप्ति तथा २०४७ को संविधानले प्रत्याभूत गरेको प्ेरस–मैत्री माहौल अझ बढी अनुकुल बनाउन शाही कूपछि व्यापक प्रयत्न गरेर सफल त भयो, तर पोखराबाट प्रकाशित हिमदूत साप्ताहिकका सम्पादक बद्रीविनोद ‘प्रतीक’ ले उठाएको कुरा पनि महत्त्वपूर्ण छ कि स्थानीय तहमा पत्रपत्रिकाको दर्तामा कमी आएको छैन । तर प्रकाशन निरन्तरतामा भने आशालाग्दो परिणाम पाइएको छैन । खुला वातावरणले गर्दा २०४७ पछि पत्रकारिता क्षेत्रमा लगानीको आकर्षण बढ्यो । लगानीमा आकर्षण बढे पनि त्यसको अनुपातमा बजारको विस्तार र राज्यबाट दिनुपर्ने प्रोत्साहन नपाउँदा व्यावसायिक लगानीको सुरक्षा खोज्नेहरू ढुक्क हुन सकेनन् । त्यसैले गर्दा स्वाभाविकरूपमा पूँजी लगानी नभइकन अन्तर्निहित शक्तिकेन्द्रबाट सञ्चालित पत्रपत्रिकाहरू लाभ प्राप्त हुनासाथ बन्द हुने गरेका छन् । त्यस्तै अरू केही आर्थिक स्रोतका कारण बन्द हुन बाध्य भएका छन् । साना–साना विज्ञापन पनि सरकारद्वारा सञ्चालित राजधानीका सञ्चारमाध्यमबाट नै प्रचारप्रसार र प्रकाशन गर्ने परम्परा कायम छ । एउटा पियन, चौकीदारको आवश्यकतासम्बन्धी विज्ञापन गोरखापत्रमैं छाप्नुपर्ने बाध्यता वा विवशता किन ?
मोफसलका केही ठाउँ प्रविधिमा अगाडि देखिए पनि केही कुरामा चुकिरहेको अनुभव वीरगंजका पत्रकार गिरीश गिरीको छ । उनकै शब्दमा, पर्साको गर्दौलमा असार २१, २०६१ मा माओवादी धरापमा १२ प्रहरी मारिए लगत्तै घटनास्थलमा सुरक्षाकर्मीसँगै पुगेको थियो ‘प्रेस’ अड्ढित ज्याकेटधारी सञ्चारकर्मीहरूको दस्ता । उनीहरूको हातमा रेकर्ड मात्र थिएन, महँगा डिजिटल ‘स्टिल’ र ‘मुभी’ क्यामरासमेत देखिन्थे । त्यहाँको दृश्य सञ्चारका दृष्टिले सम्पन्न स्थानहरूभन्दा फरक थिएन । वीरगंजकै पत्रकारितालाई पहिलेदेखि नै ‘वाच’ गरिरहेकाहरू यसलाई ‘आश्चर्यजनक’ प्रगति मान्छन् । यसको अर्को पाटो पनि छ । त्यहीं घटनाको भोलिपल्ट जब समाचार आयो कुनै अखबारमा एकरूपता थिएन । सबैको समाचार फरक भएपछि ती पत्रिकाको सम्पादकीय निर्णय लिने व्यक्तिसँग यसको कारण बुझ्ने प्रयास गरिएको थियो । अनौठो के भयो भने घटनाबारे सम्पूर्ण पत्रकारहरूको बुझाइमा भने ठ्याक्कै एकमत थियो । वीरगंजेली पत्रकारिताको वर्तमान चित्र यही हो ।
यी सबका बावजुद पनि मोफसलका केही पत्रिकाहरू बजारमुखी, प्रतिस्पर्धी र पाठकमुखी हुन लागेको स्थिति विद्यमान रहेको मान्न सकिन्छ । लेखन मात्र नभई विज्ञापन लेखन, साजसज्जा तथा उपलब्ध उपभोग्य सामान र सेवाका विविधताले पत्रपत्रिकाहरू संस्थागतरूपले बजारमा देखा पर्न थालेका छन् ।
पत्रपत्रिकाको भाषागत स्थितितर्फ नियाल्दा थारू, हिन्दी, मैथिली, भोजपुरी, डोटेली र अङ्ग्रेजीमा प्रकाशन हुने गरेको छ । यसरी मोफसलको पत्रकारिताले भाषिक बहुलतालाई स्वीकार गरी स्थानीय जनतालाई स्थानीय भाषामैं समाचार–विचार सम्प्रेषण गर्ने कार्य गर्नु लोकतान्त्रिक समाजका लागि उत्साहप्रद स्थिति हो ।
कम साक्षर, धेरै दुर्गम क्षेत्र र ग्रामीणहरूको बहुमत रहेको नेपालको विकासका लागि स्थानीय भाषाका पत्रपत्रिकाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । गामघर साप्ताहिक (मैथिली) जनकपुरका सम्पादक रामभरोस कापडी ‘भ्रमर’ भन्छन् – स्थानीय भाषाका अखबार विकासको अवरोध हैन पुल हो ।” नेपाली समाजमा देखापरेका अन्तर्विरोध शताब्दीयौंको उकुसमुकुस–थिचोमिचो, समावेशीकरण एवं सामाजिक रूपान्तरणजस्ता गम्भीर एवं संवेदनशील सवालहरू उठिरहेको परिप्रेक्ष्यमा स्थानीय भाषाका अखवारको महत्त्व थप्दै उनको कथन छ – हाम्रो नेपाली समाजको मुख्य प्रवृत्ति सहिष्णुता, सहअस्तित्व हो, यो सामाजिक तन्तुलाई चुँडिन नदिन स्थानीय भाषाको अखबारले प्रभावकारी एवं निर्णायक भूमिका निर्वाह गरिरहेको छ ।