एमाओवादीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको घरको छतमा मौलाएको तरकारीखेतीको तस्वीर सार्वजनिक भएको छ । सानेपास्थित निवासको छतमा गरिएको तरकारीखेती अर्गानिक भएको डा. भट्टराईले खुलासा गरेका छन् । काठमाडौंका लागि यस किसिमको तरकारीखेती यो पहिलो भने होइन । यसअघि काठमाडौं र अन्य शहरका बासिन्दाहरूले पनि छतमा तरकारीखेती गरेका खबर पत्रपत्रिकाका पाना र टेलिभिजनका पर्दाहरूमा छाइसकेका छन् । उनीहरू समाजका त्यति चर्चित व्यक्ति नभएकाले होला, अरूले त्यसको सिको गरेनन् । तर भट्टराई जस्तो ओहोदा र उच्च नाम कमाइसकेका व्यक्तिले छतमा गरेको तरकारीखेती भने सम्भवत: यो पहिलो हो । डा. भट्टराई देशविदेशले पत्याएका विद्वान हुन् । उनी मुलुकका पूर्वप्रधानमन्त्री र वर्तमान संविधानसभाको राजनीतिक संवाद समितिका सभापतिसमेत हुन् । भट्टराईको छतमा हुर्किरहेको हरियो तरकारी अर्गानिक भएको कुरा पनि अर्को महत्त्वपूर्ण पक्ष हो ।
प्लटिङ र शहरीकरणको नाममा उब्जाउ जमीन कङ्क्रिटले ढाक्ने क्रम बढ्दो छ । मागअनुरूपको हरियो तरकारी आपूर्ति हुन नसक्दा सीमित व्यापारीले मुलुकको तरकारी बजारलाई आफ्नो कब्जामा राखेका छन् । यसो हुँदा वास्तविक मूल्यभन्दा पनि कैयन गुना बढी रकम तिर्न उपभोक्ता बाध्य छन् । गृहिणीहरूको एउटा भनाइ नै छ– “भान्सा समाल्न त सजिलै हो, तर तरकारीकै पिरलो ।” अन्न जुटाउनुभन्दा तरकारी जुटाउन समस्या छ । तर हामी सबैभन्दा लापरवाह तरकारीमैं गर्छौं । त्यसैले त बन्द, हडताल, वर्षा, बाढी, पहिरो वा कुनै कारण पायो कि तरकारीको मूल्यले आकाश छुन्छ । सर्वसाधारण उपभोक्ताले अन्न र माछामासुमा भन्दा हरियो तरकारीमा कैयन गुना बढी रकम खर्चिरहेका हुन्छन् । स्वस्थ एवं शुद्ध तरकारी होइन, विषादी प्रयोग गरेको, सुई लगाइएको, रासायनिक मलको रस भरिएको र हानिकारक र· प्रयोग भएको तरकारी पाउँछौं । जुन हेर्नका लागि मात्र तरकारी, वास्तविकता भने शरीरलाई नाश पार्ने रोगको घर हो । छाला, मुटु, मिर्गौला, नपुङ्सकता, अरुचि, अल्सरलगायतका ज्यान जाने रोगहरू अस्वस्थ तरकारीको उपभोगबाट मानव शरीरमा उब्जने गरेका छन् ।
डा. भट्टराईले नमुना प्रदर्शन गरेजस्तो अर्गानिक तरकारी उत्पादन गर्न सके धेरै राम्रो । यो मानव शरीरको लागि ओखति नै हो । अर्गानिक तरकारीखेती गर्दा लागत पनि निकै कम पर्छ । ज्ञान, सीप र परिश्रम भने जरुरी छ । ५ धुर जग्गामा ड्याङ बनाइ आलोपालो गरेर उपभोग गर्दा पाँचजनाको परिवारलाई मनग्य पुग्ने कृषिविज्ञहरूको दाबी छ । कम्तीमा लगातार एक हप्तासम्मलाई धान्न सक्ने तरकारीबारी हरेक घरसँग भइदियो भने पनि एउटा आर्थिक क्रान्ति नै हुन्छ । दिनहुँ हल्का शारीरिक अभ्यास हुनुका साथै घरमा विसर्जित फोहोरहरू प्रा·ारिक मलको रूपमा प्रयोग हुने हुँदा स्वास्थ्य एवं वातावरण पनि स्वच्छ राख्न टेवा पुग्नेछ । हाम्रो समाजमा अरूले गरेपछि मात्र आफूले सिको गर्ने चलन छ । त्यसमा पनि नाम चलेकाहरूले राम्रो या नराम्रो जे गरून्, त्यसको नक्कल गर्ने सौख बालकदेखि वृद्धसम्ममा छ । उसो भए नाम चलेका व्यक्ति डा. भट्टराईको नक्कल गर्दै हामी पनि तरकारीखेती गर्ने कि ?