जीतलाल श्रेष्ठ/सिकेन्द्र पासवान, बारा, १२ मङ्सिर/
बाराको बरियारपुरमा लाग्ने बलिका लागि विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा शुक्रवार विधिवत् पूजाआजा गरी पशुबलि शुरू भएको छ । मङ्सिर १ गतेदेखि शुरू भएको मेलामा दर्शनार्थीहरू आउने जाने क्रम जारी रहे पनि १० गतेदेखि गढीमाई मेलामा मानवसागर उर्लिएको छ । दुई सय बिघाभन्दा पनि बढी क्षेत्रफलमा लागेको मेलामा दर्शनार्थीहरूको भीड निकै नै बढेको छ । आस्थाकी देवी गढीमाईको विधिवत् पूजा आराधनासँगै साड्ढेतिक नरबलि, पञ्चबलि दिएपछि भाकलका लागि भक्तालुहरूले ल्याएका राँगाहरूको बलि शुक्रवार बिहान ९ बजेबाट शुरू भएको हो ।
पौराणिक मान्यता अनुसार मकवानपुरका सेन राजाहरूको अन्तिम समयमा तत्कालीन बाराको फत्तेपुर सेमरी गाउँका एक आदिवासी भगवान चौधरी सेन राजाको राजस्व प्रशासनको चपेटामा परी मकवानपुरगढीमा थुनामा कैदी जीवन बिताइरहेका थिए । उनी माईका भक्त थिए । एक दिन राति सपनामा मकवानपुरगढीकी माईले चौधरीलाई यहाँबाट अन्यन्त्र लैजान भनिन् ।
माईको प्रतापले चौधरी थुनामुक्त भएपछि उनले माईलाई बोकी पहाड, जङ्गल छिचोल्दै बरियारपुरमा पुग्दा उज्यालो भइसकेको थियो । त्यसपछि भगवान चौधरीले माईलाई त्यही स्थापना गरे । त्यसै बेलादेखि गढीमाईको पूजाअर्चना र बलिदान दिने चलन शुरू भएको इतिहास छ । पछि गढीमाईको मन्दिरसँगै मूर्ति बनाइएको हो । अहिले भगवानदास चौधरीकै खलक म·ल चौधरी गढीमाईको मुख्य पुजारी छन् ।
मङ्सिर शुक्ल सप्तमीको मध्यराति सबैभन्दा पहिले गढीमाई मन्दिरका मूल पुजारीले लिपपोत गरेर विधिपूर्वक पूजाआर्चना गरी गढीमाईलाई रिझाउँछन्, अनि माईको मूर्तिमा पाँच वर्षको थाती पूजाअर्चना एकैपटक गर्छन् । पूजाका लागि प्रत्येक वर्ष गाउँभरिमा नै सबैभन्दा पहिले लगाएको धान शुद्धताका साथ राखेर, गढीमाईको मेला परेको वर्ष, कुटेर निकालिएको चामलको खीर बनाइ प्रसादस्वरूप माईलाई अपर्ण गर्छन् र त्यसपछि दुईवटा हाँसको अन्डा चढाएर पूजाअर्चना गरेपछि मात्र धामी, दुखा, कछडियाले तान्त्रिक विधि अनुसार पूजा शुरू गर्छन् ।
रौतहट कनकपुर सिम्रीका धामी, दुखा, कछडियाले तान्त्रिक विधि अनुसार माईको पूजा गरेपछि गढीमाईको पूजाका लागि राखिएको दियो (बत्ती) आपैंm बल्छ र त्यसपछि धामी, दुखा, कछडियाले शरीरको महत्त्वपूर्ण पाँच अ·– निधार, आँखाको माथिको भाग, जिब्रो, छाती, दाहिने तिघ्रा र औंलाको रगत दिई नरबलिको परम्परा कायम राख्छन् । धामी, दुखा, कछडियाले पूजा सम्पन्न गरेपछि कुभिन्डो र सेतो मुसाको बलि दिइन्छ । माईको प्रतापले बत्ती आपैंm बल्छ र सेतो मुसो पनि कतैबाट आइपुग्छ भन्ने जनधारणा रहे पनि अचेल सेतो मुसा ज·लबाट समातेर ल्याउने गरेको बताइन्छ ।
बलि दिने तिथिको एक दिनअगाडि मध्य रातमा सातजना महिलालाई शृङ्गार गरी गढीमाई मन्दिरछेउमा रहेको ब्रह्मस्थानको पूजा गरिन्छ । पूजापछि सेतो मुसा, बोका, सुङ्गुर, राँगा र हाँसको बलि दिइन्छ । यसरी पञ्चबलि दिइसकेपछि मात्र श्रद्धालुलाई बलि चढाउन अनुरोध गर्ने प्रचलन रहेको मन्दिरका पुजारी म·ल चौधरी बताउँछन् । यो मेलाको विशेषता नै बत्ती आपैंm बलेपछि बलि दिन शुरू गरिने र बत्ती निभेपछि बलि दिन बन्द गरिनु हो, पुजारी चौधरीले बताए । त्यस बेलासम्म बलि दिन नसकिएका राँगाको कान काटेर छाड्ने प्रचलन रहेको छ ।
बलि दिएपछि निस्केको रगतमा झि·ा नआउने बलिको मुख्य विशेषता मानिन्छ । गढीमाईसँगै उनकी ६ बहिनी दोरलाही, मनकामना, संसारी, गड्वाला, समे र सिरकटी रहेका छन् । ती सबैको पनि पूजा त्यसै दिन गरिन्छ । सातै बहिनीको रक्षार्थ रहेका सिपाही जगी नट, छदु नट, ग·ा नट, मोतीराम नट छन् ।
गत वर्षभन्दा यस वर्ष राँगाको बलि घटेको मेला व्यवस्थापनमा राँगा गणनामा खटेका सदस्यहरू बताउँछन् । यसअघिका वर्षमा झन्डै दोब्बरको सङ्ख्यामा राँगाको बलि चढेको मेला व्यवस्थापन समितिका प्रवक्ता मोतीलाल कुशवाहाले बताए । छिमेकी मुलुक भारतबाट आउने भाकलका राँगाहरू त्यहाँको सरकारले रोक लगाएपछि अनुमान लगाए जति बलिका राँगा आउन नसकेको हो । दुई दिनसम्म हुने बलिमा छुटेका भाकलका पशुहरूलाई माघे सङ्क्रान्तिका दिन बलि दिने गरिन्छ । त्यस दिन चढाएको भाकल गढीमाईलाई चढ्ने र मनोकाङ्क्षा पूरा हुने भक्तालुहरूमा अटल विश्वास छ ।
मङ्सिर महिनाभरि लाग्ने यस मेलामा दुई करोडको हाराहारीमा दर्शनार्थी आउने अनुमान गरिए पनि अहिलेसम्म ५० लाखभन्दा बढीले दर्शन र मेला भरिसकेका गढीमाई मेला व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साहको अनुमान छ । मङ्सिर १२ गते राँगा र १३ गते बोका बलि दिने तिथि रहेको छ ।
मुलुकका विभिन्न स्थानका साथै छिमेकी मुलुक भारतको उत्तरप्रदेश, विहार, झारखण्डलगायतका राज्यबाट भाकल चढाउन र माताको दर्शन गर्न आउनेको सङ्ख्या बढ्दो छ ।