प्रस, वीरगंज, १० कात्तिक/
एकीकृत माओवादी पार्टी जिल्ला सङगठन पर्साको आयोजनामा आज एक दिने सङ्घीय प्रदेश निर्माणका आधार विषयमा अन्तक्र्रिया भएको छ।
स्थानीय ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंजको सभाहलमा आयोजित अन्तक्र्रियाका प्रमुख अतिथि पूर्व कानुनमन्त्री सभासद् प्रभु साहले हालसम्म भएको सम्झौता इमानदारिताका साथ पालना भए सहमतिमा संविधान निर्माण हुन सक्ने बताए। उनले विगतमा भएका सम्झौता पालनातर्फ दलीय नेताहरूमा इमानदारिता नदेखिएकोले विवाद उत्पन्न भएको बताए ।
सभासद् साहले नेताहरूमाथि, संविधान निर्माणभन्दा पद, कुर्सी र पार्टी जोगाउन अनावश्यक विवाद सृजना गरेको आरोप लगाए। ठाराब क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रमोद गुप्ताले सङ्घीय प्रदेश निर्माणमा प्रशासनिक विभाजन, आर्थिक साधन र स्रोत, समाजिक न्याय, भूराजनीतिक अवस्था, विदेश नीति निर्धारणका आधारहरू हुन सक्ने सुझाए।
पूर्व सभासद् आत्माराम साहले देशका प्रमुख दलका नेताहरू सङ्घीयता कमजोर पार्ने खेलमा लागिपरेको आरोप लगाए । उनले आम जनताको चाहना सङ्घीयता भएको र यसका लागि दलहरूबीच पटकपटक सम्झौता हुँदै आए पनि कार्यान्वयनमा आनाकानी भइरहेको बताए ।
फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य शशिकपुर मियाँले सङघीयताको लागि माओवादी विद्रोह र मधेस आन्दोलन भएको बताउँदै दुवै परिवर्तनलाई निस्तेज पार्ने षड्यन्त्र भइरहेको बताए। उनले सङ्घीयताको सवालमा काङ्ग्रेस र एमालेले अघि सारेको अवधारणा स्वीकार्ययोग्य नभएको बताए।
पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले सञ्चारकर्मीहरू परिवर्तनको पक्षधर भएको बताए। उनले दलहरू मिलेर संविधान बनाउनुपर्ने तर्क दिए।
पर्सा बारका अध्यक्ष प्रमोद साहले सङ्घीयताको आधार खोज्ने बेला आइ नसकेको बताए। उनले सङ्घीयतासहितको संविधान जारी हुने कुरामा द्विविधा भइरहेको बेला आधारको खोजी गर्न नहुने बताए।
एकीकृत माओवादी पार्टी पर्साका अध्यक्ष बलिराम साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिवक्ता सुरेन्द्र कुर्मी, पन्नालाल गुप्ता, नेकपा संयुक्त पर्साका रामराज जैसवाल, प्रा.डा. हरेराम ठाकुर, सद्भावना पार्टीका केन्द्रीय सदस्य नेजामुद्दिन समानी, शिक्षक युनियन पर्साका अध्यक्ष रामचन्द्र पडितलगायतले मन्तव्य व्यक्त गरेका थिए।