–कुमार रुपाखेती
भर्खर म·ल ग्रहमा पुगेको मीठो स्वादलाई पाकिस्तानले अमिलो–टर्रो बनाइदिएको छ । कुरा भारतको हो । दक्षिण एसियाको नाइके भारतलाई पाकिस्तानले मौका–कुमौका चुनौती र टेन्सन दिइरहन्छ । सबै थोकले सबै क्षेत्रमा पाकिस्तान, भारतभन्दा निकै निचा -तल० र कमजोर छ । कहिले धार्मिक क्ष्Fेत्रमा, कतै सार्वजनिकस्थलमा, त कहिले विधानसभा र संसद् भवनसम्म अनि कारगिलसम्म समेत आएर पाकिस्तानले भारतलाई ललकारी रहन्छ, नाक में दम गरिरहन्छ । खिसियाइल बिल्ली खम्बा नोचे भनेभैंm भारत हल्लीखल्ली गर्छ र शान्त बस्छ । पाकिस्तान र भारतबीचको कुकुर–बिरालोको झगडा जवाहरलाल नेहरूको समयदेखि नरेन्द्र मोदीको पालासम्म रूकी रूकी चलिरहेको छ । अहिले त पाकिस्तानले हदै गरिदियो । युद्धविराम उल्लङ्घन गर्दै सीमा क्षेत्रमा भारतीय पक्षको धनजनको निकै क्षति गरिदियो । विश्वशक्ति बन्ने होडमा छु भन्ने भारत आखिरकार पाकिस्तानी मामिलामा किन यति दब्बु देखिन्छ भन्ने प्रश्न आज संसारभरि नै उठ्न थालेको छ । परि आए चीनसँग समेत दो–दो हात करने को तैयार भन्ने भारतीय नेताहरू किन चीनभन्दा निकै कमजोर र लाचार पाकिस्तानीसँग जोरी खोज्नुपर्दा वक्तव्यबाजी र मिडियाबाजीमा मात्रै सीमित रहन्छ । कुनै बखत भारतकै अ· रहेको पाकिस्तानलाई गाँधी, अङ्ग्रेज, नेहरू र जिन्नाहरू मिलेर जन्माएका हुन् । अङ्ग्रेजको देखासिकी गर्दै कालान्तरमा पाकिस्तानबाट ब·लादेश बनाउने नायक भारत नै हो । चीनले तिब्बत हड्पेपछि भारतले सिक्किमलाई खाएको थियो । अर्थात् अरूको नक्कल र देखासिकी गर्न भारत माहिर छ । तर आपूmले कुनै अहं निर्णय गर्नुपर्दा भारतका सरकारलाई कामज्वरो आउँछ । अस्ति मोदीले सीमामा अप्ठेरो पर्दा नेताको मुख होइन, सेनाको गोली चल्छ भनी सबैको मुख टालेका छन् ।
सबैलाई थाहा छ, भारत र पाकिस्तानबीच भिडन्त भयो भने यसको असर दक्षिण एसियामा मात्र नभई पूरै एसिया प्रभावित पर्छ । लडाइँ कुनै समस्याको समाधान होइन । तर यी दुईबीच राम्रै लडाइँ नभएसम्म सुलह हुने लक्षण पनि देखिंदैन । अन्ततोगत्वा मरता क्या नहीं करता भनेभैंm भारतले एकपल्ट त जोरअजमाइस गर्नैपर्छ । पाकिस्तानमा राजनीतिक अस्थिरता कुनै नौलो विषय होइन । अहिले पनि त्यहाँ अस्थिरता
नै अस्थिरता छ । तालीवान आतङ्कवादी हमला, विपक्षी राजनीतिक दलद्वारा नवाज शरीफमाथि चढाइ, अमेरिकी मानवरहित विमान ड्रोनको हमला आदि इत्यादि डरलाग्दा समस्याले घेरिइरहँदा समेत ऊ भारतको पछि परेको देखिन्छ । कश्मीर यिनीहरूको मनमुटावको बासी विषय भएपनि सदाबहार, तरोताजा र खरो झगडाको घर बुझिन्छ ।
भारतमा अथवा भारतीय नेताहरूमा अभैm पनि अङ्ग्रेजी भूत सवार देखिन्छ । सेवकको होइन, शासकको हुकुमती रोब देखाउँछन् यिनीहरू । नेहरूको पालादेखि मत खसालेपछि यहाँका जनताहरू आपूmलाई दोस्रो दर्जाको र जित्नेलाई प्रथम दर्जाको नागरिकको रूपमा कल्पना गर्न विवश छन् । भारतीय राज्यहरू र राजनीति समेतमा दब·हरू अर्थात् नवअङ्ग्रेजहरू हावी छन् भन्ने भ्रम अभैm पनि भारतका शिक्षित र अशिक्षित वर्गलाई छ । जसको परिणामस्वरूप आम नागरिकहरू चुनावपछि ‘कर दिया वतन तेरे हवाले दोस्तो’ भन्दै सबैखाले महŒवपूर्ण मामिलामा बेखबर भएर बस्दछन् । भारतीय भूमिमा चीनले कवाज खेलोस् अथवा पाकिस्तानले मार्चपास गरोस् यो रोक्ने सरकारको जिम्मा हो भन्ने आम भारतीय जनताको सोचाइ बुझिन्छ ।
जसले गर्दा सन् १९४७ देखि बल्झिएको यिनको घाउ आलो भइरहन्छ र क्यान्सरको रूप धारण गरिरहन्छ । साँच्चै भन्ने हो भने भारत र पाकिस्तान दुवैतर्पm कुशल सर्जन नै छैनन्, जसले शान्तिपूर्ण तरिकाले यसको हल निकालोस् । भन्नेहरू त भन्छन् दुवै देशका सरकारहरू आप्mनो असफलता लुकाउन बेला कुबेला गोला बारुद चलाइरहन्छन् र जनतामा भ्रम छरिरहन्छन् । अचेल त राष्ट्रसङ्घले समेत यिनको लफडालाई लोग्ने–स्वास्नीको झगडा परालको आगो हो भन्न थालेको छ । चार महिना बितिसक्दासमेत आप्mनो ख्याति र वादा अनुसार मोदीले भारत र भारतीयहरूको कायापलट गर्न नसकेको जगजाहेर छ । सङ्क्षेपमा भन्ने हो भने उनी विदेश भ्रमणमा तल्लीन छन् । भारतको पहिचानभन्दा मोदीको पहिचान गराउन लालायित बुझिन्छन् । निकट भविष्यमा काठमाडौंमा हुने सार्क सम्मेलनमा समेत यिनले नवाज शरीफलाई कन्भिन्स गर्न सक्ने देखिंदैन । पाकिस्तानी सीमा क्षेत्रबाट भारतीयहरू पलायन हुन थालिसकेका छन् । भारत र पाकिस्तानबीच कुनै राजनीतिक संवाद र पहल नभएकोले हतोत्साहित भारतीयहरू आन्तरिक शरणार्थीभैंm झोली झिम्टा बोकी अन्यत्र गएका हुन् ।
म·ल ग्रहमा पुग्नु एउटा कुरा हो भने जनतालाई सुरक्ष्Fा र भरोसा दिनु अर्को कुरा हो । भारतजस्तो विशाल मुलुक जसले आप्mनै धरतीको सुरक्ष्Fा गर्न सकेको छैन, उसले आकाश र पातालमा पुगें भन्नु हिंड्दाखेरि खुट्टै लुलो हुने किस्सा हो । नेपालमा आएर बेसुरा बाँसुरी बजाउने भारतीयहरू पाकिस्तानमा सुरताल ठोक्न अन्कनाउने गरेका छन् ।
भारत र पाकिस्तानबीच अमनचयन हुनु दक्षिण एसियावासीको लागि ठूलो खुशीको कुरा हो । तर यिनको सन् १९४७ देखिको विवाद सुन्दासुन्दा सबैको कान पाकिसकेको छ, जसको हेक्का यिनीहरूलाई छैन । पाकिस्तान र भारतका अधिकांश जनता सुलह र शान्ति चाहन्छन्, त्यहाँका नागरिक समाज र अगुवाहरू पनि दुवै देशबीच दिगो शान्ति चाहन्छन् । तर दुवै देशका शासकहरू जनता जनार्दनको कुरा सुन्न तयार छैनन् । महाभारत मच्चिने सम्भावना बढ्दै गएको छ । यिनमा पाण्डव को हो र कौरव को हो भविष्यले बताउँला । तर अहिले भन्ने कुरा हो कि नलड ।