–कुमार रुपाखेती
पाकिस्तानी राष्ट्रपति जुल्फीकार अलि भुट्टोलाई उनकै विश्वासपात्र जियाउल हकले फाँसीमा झुन्ड्याएपछि २)३६ सालमा त्यसको प्रभाव नेपालमा समेत देखियो । विद्यार्थीहरू आन्दोलित हुन थाले, बहुचर्चित अस्कलकाण्ड त्यसैताका भयो । स्व. राजा वीरेन्द्रले आन्दोलन मन्थन पार्न २)३७ सालमा जनमत सङ्ग्रह घोषणा गरे । राजनैतिक दलहरू तथा मतदाताहरूलाई खुशी पार्न राजाले पञ्चायती व्यवस्थालाई ‘सुधारिएको पञ्चायती व्यवस्था’ नामाकरण गरे, जसको फलस्वरूप थुप्रै काङ्ग्रेसी र कम्युनिस्टहरू पार्टी त्याग्दै सुधारिएको पञ्चायती व्यवस्थामा प्रवेश गरे । २)३७ सालको जनमत सङ्ग्रहमा सुधारिएको पञ्चायती व्यवस्था पहेंलोले हरियो बहुदललाई तीन लाख चानचुन मतले पराजित ग¥यो ।
पञ्चायती व्यवस्थाको अगाडि ‘सुधारिएको’ थप्न बाध्य राजाले त्यसपछि राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा लगाम कस्दै प्रौढ स·ठन, महिला स·ठन, युवक स·ठनको सदस्यता खुकुलो गरे अनि निर्वाचन प्रणालीमा समेत केही सुधार ल्याए । यसरी सुधारिएको पञ्चायती व्यवस्थाले अलि–अलि प्रजातान्त्रिक अभ्यासको बाटो अँगाल्न थाल्यो, धेरैले राजाको यो कदमको दरियादिलले स्वागत गरे र पञ्चायती प्रजातन्त्रको अभ्यासमा जुटे । बहुदलवादीको खेदो खन्ने काम समेतमा कमी आयो । त्यसो त विपी कोइरालाहरू २)३३ सालमा नै राष्ट्रिय मेलमिलापको नारा लिएर भारतबाट नेपाल छिरिसकेका थिए । राजाको यस्तो कदमबाट प्रभावित विपी समेतले टुँडिखेलको एउटा विशाल आमसभालाई सम्बोधन गर्ने क्रममा ‘राजा र मेरो घाँटी एउटै’ भनेका थिए, उनको यो भनाइबाट त्यतिखेरका जल्दाबल्दा कम्युनिस्टहरू सशङ्कित बनेका थिए । अर्थात् सुधारिएको पञ्चायतले आपूm प्रजातान्त्रिक भएको आभास गराउन सफल भएको थियो । मोहन विक्रम सिंहलगायत ‘मशाल’ समूहले जनमत सङ्ग्रह बहिष्कार गरेको थियो, जसबाट काङ्ग्रेस र मालेहरू खफा थिए र यो बहिष्कार नै बहुदलवादीको पराजयको कारण बताउँदै आएका थिए ।
मुलुकमा अहिले बहुदलीय व्यवस्था छ । करिब अढाई दशकअघि आएको यो व्यवस्थाले थुप्रै मूल्य र मान्यता तहसनहस गरिसकेको, मुलुक हदैसम्म गरिबीबाट गुज्रिरहेको, फटेहाल नेताहरू मालामाल भएका, चारौतिर अन्योल र अविश्वासको माहौल खडा भएको, छाडापनले सम्प्रदायिक सद्भाव खलबलिएको सबैलाई थाहा छ । मुलुकको यस्तो दुर्गति देखेर अब राजावादीले होइन बहुदलवादीहरू नै वर्तमान व्यवस्था मुलुकको लागि अफापसिद्ध भएको, नेपालमा बहुदलीय प्रणाली असफल भएको बताउन थालेका छन्, जुन दुर्भाग्यपूर्ण हो । यो मुलुक प्रयोगै–प्रयोग भएको मुलुक हो । यहाँ थरीथरीका राजनैतिक प्रयोग र परिवर्तन भए तर कुनै प्रयोगले मुलुक र जनताको कायापलट गर्न सकेन, सिवाय नेताजीहरूको ।
मलाई लाग्छ स्व. राजा वीरेन्द्रले भैंm एउटा अर्को नयाँ प्रयोग बहुदलवादीहरूले गर्न बाँकी छ । पञ्चायतकालमा समेत राजासँग असहमति राख्ने ठूलो बहुदलवादी समूहहरू सत्ताबाहिर विपक्षी भैm बस्थे । र राजाबाट भएका गल्तीहरूके फेहरिस्त जम्मा गरी वकालत बहस गरिरहन्थे । अहिले पनि काङ्ग्रेस–एमालेसँग असहमत माओवादीलगायत २२ दल सत्तासीनहरूको गल्ती केलाउने र बहस गर्ने काममा सक्रिय देखिन्छन् । यिनीहरूलाई पक्षमा पार्न, दरियादिली देखाउँदै, सबै अट्न सक्ने गरी वर्तमान व्यवस्थाको नाम फेर्दै ‘सुधारिएको बहुदलीय व्यवस्था’ अथवा ‘सुधारिएको गणतन्त्र’ नामाकरण गरे कस्तो होला ? अब कसैले यसलाई राजाको नकल गरेको नठानोस् । राजाकै नकल गर्दा पनि मुलुकमा व्याप्त असहमति सहमतिमा परिणत हुन्छ भने कसको बाउको के जान्छ । मलाई लाग्छ यो सुधारिएकोमा सबै झुम्मिनेछन् । राजाको सुधारिएको पञ्चायतमा लठ्ठिने बहुदलवादीहरू सुधारिएको गणतन्त्रको आकर्षणमा नफस्ने कुरै भएन । तर पटकपटक राजा बन्न भ्याएका पूर्वराजा ज्ञानेन्द्रले त माधव नेपालजस्तालाई दौरा सुरुवालमा नारायणहिटीको चक्कर लगाउन लगाएर ‘माछा–माछा भ्यागुतो र ज्वाई नारायण देउवालाई भ्यागुतोको धार्नी बनाउँदै ‘अक्षम’ भनेको मलाई अभैm खलिरहन्छ ।
वर्तमान सत्तासीनले राजा ज्ञानेन्द्रभैंm पक्कै गर्ने छैनन् र छिटै ‘सुधारिएको बहुदलीय व्यवस्था’ अथवा ‘सुधारिएको गणतन्त्र’ नारायणहिटीबाट होइन सिंहदरबारबाट घोषणा गर्छन् भन्ने मलाई लागेको छ । ज्ञानेन्द्र होइन, वीरेन्द्र चरित्र देखाउँछन् भैmं लागेको छ । ‘सुधारिएको’ शब्दले दुष्यन्तकुमारहरूको सट्टा कतै श्रवणकुमारहरू पैदा हुन्छन् कि ?
जनताको चाहना यही हो र जनचाहना अनुसार हिंड्ने व्यवस्थालाई प्रजातन्त्र भनिन्छ । आज पनि नेपालमा मात्र होइन संसारभरि नै राजावादी र राजाको वकालत गर्नेलाई निरङ्कुशवादी भनिन्छ । राजा महेन्द्रको पञ्चायती व्यवस्था नेपालमा खासै निरङ्कुश मानिन्थ्यो । सक्रिय राजतन्त्रको वकालत गर्नेलाई अनुदारवादी मान्नु उचित हो तर सक्रिय प्रजातन्त्रवादी बन्ने र चरित्र चाहिं ‘साधुको भेषमा डाकू’ प्रदर्शन गर्नेलाई के भन्ने ?
राजा महेन्द्रको पालामा ‘निरङ्कुश पञ्चायत’ भनेभैंm ‘निरङ्कुश बहुदलवादी’ भन्ने अवस्था आइसकेको छ । होशियार नेताहरू होशियार १
अब कमल थापा मात्र होइन, कुनै बेला चर्चित बहुदलीय हस्ती र बहुचर्चित गृहमन्त्री खाँटी काङ्ग्रेसी खुमबहादुर खड्कासमेत ‘नेपाललाई हिन्दू राष्ट्र कायम गर’ भनेर घुमाउरो पाराले राजावादी धारमा पुगेका छन् ।