जीतलाल श्रेष्ठ, निजगढ, ११ कार्तिक÷
एक महिना अघि बस्तीमा भेलबाढी पसे पनि अहिलेसम्म रोकथामको केही उपाय भएको छैन । बाराको चुरे भएर बग्ने निजगढ नगरपालिका–१२ रामथली रतनपुरीस्थित खयरखोलाले आप्mनो बहाव परिवर्तन गर्दै १२) घर उच्च जोखिममा पारेको छ । वर्षा बिते पनि रोकथामको प्रभावकारी कामा गरिएको छैन ।
गएको असोज महिनाको पहिलो साता दिउँसै बस्तीमा पानीको भेल पसेपछि गाउँलेहरूमा भागदौड मच्चियो । भेलले दुई बिघाभन्दा बढी धानबाली, गोलभेंडा, मकैबाली नष्ट ग¥यो । घर–आँगन नैं डुबान हुनेगरी आएको भेलले चाडबाडका लागि जोहो गरेर राखेको अन्नपात नष्ट भयो ।
स्थानीय ठाटाबाठालाई हात लिएर ढु·ा बिक्री गर्ने गिरोहले चुरे फेदसम्म ट्याक्टर लगेर खोस्रँदै ढु·ा संकलन गर्ने गरेपछि ४÷५ वर्ष यतादेखि त्यस भेगको चुरे स्खलन तीव्र बनेको छ । “आधा दशक अघिसम्म खोलाको सतह गहिरो थियो । केही वर्षदेखि खोलाबगर अग्लियो । बस्ती, खेतवारी होचिंदै आयो”– स्थानीय ज्ञानबहादुर दोङ बताउँछन् । यसरी विपक्ति आइलागेपछि यस पालिदेखि माथि चुरे फेदसम्म ट्याक्टर लैजान रोकेका छौं–पीडित गाउँलेहरूले बताए ।
बस्ती जोगाउन लगाइएको केही तारजालीसमेत पानीको भेलले बगाएको छ । यस अघि पाँचपटक बस्ती र खेतबारीमा भेल पसिसके पनि राज्यले भेलबाढी रोक्ने प्रयाससमेत नगरेको युवा समाजसेवी रूपेन्द्र धमलाले भने । चुरे फेदका रतनपुरी, भरतगंजसिगौल र निजगढ गरी तीनवटा गाविस गाभेर निजगढ नगरपालिका घोषणा भयो । नगरपालिकाले समेत प्रभावकारी कार्य अघि बढाएको छैन ।
एकथरि युवा र वृद्ध स्थानीय प्राकृतिक स्रोत साधन उत्खनन, दोहन गर्नेसँग मिली चुरे आसपासबाट ढु·ा उत्खनन, सङ्कलन गर्दै आएका छन् । यस्ता गिरोहलाई नियन्त्रण नगरी चुरे संरक्षणका लागि काम गर्नु बालुवामा पानी खन्याएजस्तै हुने प्राविधिकहरू बताउँछन् । “माथि बनायो, तल भत्काउने काम थालिहाल्छन, केही स्थानीयहरू”–जिल्ला भूसंरक्षणका एक प्राविधिकले भने । राज्यले बनाइदिएर मात्र हुँदैन ।
संरक्षणका लागि स्थानीय जुट्नैपर्छ । अनि मात्र काम दिगो र प्रभावकारी हुन्छ”–प्राविधिकहरू भन्छन् । राष्ट्रपति चुरे संरक्षण अन्तर्गत विगतमा जिल्ला भूसंरक्षण कार्यालयले निर्माण गरेको तारजालीको ब्रेकरसमेत सङ्कटमा परिरहेको छ । विगतका वर्षमा चुरे आसपासको खोलाबगरमा स्काभेटर, लोडरजस्ता राक्षसी मेसिन क्रसरले प्रयोग गर्दै ढु·ा, ग्रेभल जथाभावी उत्खनन गरेपछि यस्तो विपक्ति नजिकिंदै आएको हो ।