प्रस, निजगढ, १२ असोज/
निजगढ नगरपालिका–९ स्थित बकैया ड्याम नजिकैको सार्वजनिक जग्गा किर्ते गरी किनबेच भइरहेको भन्दै सो जग्गा सार्वजनिक हुनुपर्ने माग बढेको छ । आइतवार निजगढ नगरपालिकाको सभाहलमा स्थानीय नागरिकहरूको एउटा भेलाले केही सातापछि जनभेला समेत गर्ने निर्णय गरेको छ । फिल्डबूकमा पर्ती गौचरनसमेत लेखिएको सार्वजनिक जग्गा पूर्ववत् सार्वजनिक घोषित हुनुपर्ने भन्दै भेलाका सहभागीहरूले माग गरेका थिए । परापूर्व कालदेखि सन्धिसर्पन, मुर्दाघाट, पानीघाट, डाइभर्सन बाटोमा प्रयोग भइरहेको कित्ता नं १३० को करिब अढाई बिघा जग्गा विभिन्न व्यक्तिहरूको नाममा किर्ते जालसाजी गरी जग्गा धनी प्रमाण पूर्जा बनाई किनबेच भइरहेकोले सो जग्गा सार्वजनिक सम्पत्ति घोषित हुनुपर्ने वक्ताहरूको भनाइ छ ।
झन्डै तीन दशक अघि किर्ते जालसाजी गरी शेरबहादुर श्रेष्ठ, भवानीदेवी लम्साल, इन्द्रबहादुर बनेपालीले सम्बन्धित कार्यालयका तत्कालीन कर्मचारीसँग मिलोमतो गरी आफ्नो नाममा पारेको आरोप छ । सो जग्गा केही वर्षदेखि स्थानीय केही व्यक्तिले किनी पुन: बेचबिखन गरिरहेका छन् ।
पछिल्लोपटक हेटौडाका सन्तोष गौतम, जनकपुरका सञ्जय महतो लगायत ५ जनाले सो जग्गा किनेको बुझिएको छ । देशका चर्चित गुण्डाका नाइकेहरूले सो जग्गा किनेको भन्दै स्थानीयवासीको मनोबल गिराउने काम समेत गिरोहले गरेको वक्ताहरूले बताए । जुनसुकै मूल्य चुकाउनुपरे पनि सार्वजनिक जग्गा सार्वजनिक बनाउन कम्मर कसेर लाग्ने र यसमा आम निजगढवासीसमेत एकजुट हुनुपर्ने सहभागीहरू आह्वान गरे ।
अनावश्यकरूपमा दु:ख दिन केही स्थानीयहरूले बेलाबेलामा झमेला
उठाइरहेको एकथरी जग्गा कारोबारी बताउँछन् । एक डेढ वर्ष अघि सो खाल्टो जग्गा वरिपरि तारबार गरी पुर्ने काम भइरहँदा जग्गाबारे सार्वजनिक बहस कसैले गरेन । राजमार्गको व्यस्त पुल नजिकैको सो जग्गा व्यक्तिले हात पारेर घेरबार गरेपछि बकैयापुलमा अवरोध पुग्दा डाइभर्सनको सहज निकासमा समस्या हुने गरेको छ । डेढ दशक अघि सो जग्गा आफ्नो भन्दै भोगचलन गर्न आए पनि त्यस बेला निजगढवासीले विरोध गरी भोगचलन गर्न दिएनन् । सो जग्गा सार्वजनिक घोषित हुनुपर्ने भन्दै स्थानीय सचेत वृद्ध समाजसेवी भोजराज अधिकारी, पद्मबहादुर भण्डारी, एकबहादुर श्रेष्ठ, अर्जुन लम्साल, मानबहादुर श्रेष्ठ, दिलबहादुर लामा, रविराज दंगाल, रूपेन्द्र धमला, चित्र धिताल, बद्री बडाल, सिद्धिलाल लामा, थानेश्वर सापकोटा, भीमसेन सापकोटा लगायतले बोलेका थिए ।