$type=ticker$count=12$cols=4$cate=0

उत्साहको महत्त्व

SHARE:

    उत्साह हाम्रो जीवनमा त्यो प्रेरक तत्त्व हो, जसले हामीलाई प्रत्येक काम जोश र जाँगरका साथ गर्ने प्रेरणा दिन्छ । उत्साह बडो प्रेरणादायक हुन्छ । उत्साह भएन भने ठूलोभन्दा ठूलो प्रभावशाली तर्क–वितर्कले पनि हामीलाई क्रियाशील बनाउन सक्दैन । कुनै पनि कार्यमा यदि हामी सफलता प्राप्त गर्न चाहन्छौं भने हामीले पहिले आफूलाई उत्साहसम्पन्न बनाउनुपर्छ र त्यस उत्साहलाई कार्यसिद्धि नहुन्जेल कायम राख्नुपर्छ ।
    उत्साही व्यक्तिका लागि कुनै पनि कार्य कठिन छैन, जबकि अनुत्साही व्यक्तिका लागि प्रत्येक कार्य दुष्कर र दुरुह हुन्छ । उत्साही व्यक्ति सदैव प्रसन्नचित्त रहन्छ र उसको यसै उत्साहले उसलाई सदैव चिन्तामुक्त पनि राख्दछ । उत्साही व्यक्तिको समस्या सहज मेटिन्छ । कहाँसम्म भने उसको बिमारी पनि बढ्न पाउँदैन र गम्भीर बिरामी भएको छ भने पनि आश्चर्यजनक ढ·ले सुधार हुन थाल्दछ ।
    संसारमा कुनै पनि यस्तो काम छैन, जुन मानिसका लागि असम्भव होस् । असम्भव कार्यलाई पनि सम्भव बनाउने प्रयास तबमात्र सफल हुन्छ, जब मानिस आशावादी भएर पूरा उत्साह र जोशका साथ जीवनमा अगाडि बढ्ने प्रयास गर्दछ । सफलता अथवा विजयको आशाले मानिसलाई विषम परिस्थितिमा पनि सोत्साह सङ्घर्ष गर्ने प्रेरणा दिन्छ ।
    जीवन विभिन्न प्रकारको सङ्घर्षले भरिएको छ । सङ्घर्षसँग मुकाबला गर्न सक्नु नै हाम्रो परीक्षा हो, तर यस
परीक्षामा हामी तबमात्र सफल हुन सक्छौं, जब हामी उत्साहपूर्वक आफ्नो काममा लाग्छौं । अङ्ग्रेजीमा एउटा उखान छ– मिसफर्चुन नेभर कम्स एलोन । अर्थात् अप्रिय र दु:खद परिस्थिति एक्लै आउँदैन । परिवारमा एकसाथ विभिन्न समस्याहरू थोपरिएर हाम्रो शक्ति र साहसलाई चुनौती दिन्छन्, जस्तै– परिवारमा प्रियजनलाई गम्भीर बिरामी, आयस्रोतमा कमी अथवा दीर्घकालीन महँगो चिकित्सा, जसले कहिलेकाहीं हाम्रो मनलाई चिन्तित र विचलित बनाइदिन्छ । तर यही त समय हो– हाम्रो धैर्य र उत्साहको परीक्षाको ।
    अत: परीक्षाको यस्तो घडीमा हामीले हार मान्नुहुन्न, अपितु पूरा उत्साह र धैर्यका साथ विषम परिस्थितिको डटेर मुकाबिला गर्नुपर्छ । सङ्घर्षको डटेर मुकाबिला गर्नमा नै बुद्धिमानी छ । निराश भएर हरेस खाँदा कसैलाई केही प्राप्त हुँदैन । त्यसैले हामीले आफ्नो पुरुषार्थले परिस्थितिलाई मनोनुकुल पारी निरन्तर अगाडि बढिरहने प्रयास गर्नुपर्छ ।
    बिना उत्साह र उम· हामी जीवनमा केही पनि प्राप्त गर्न सक्दैनौं । उत्साह भएन भने हामी एक पाइला अगाडि सार्न सक्दैनौं । अन्य शब्दमा भन्नुपर्दा उत्साहको सहाराले नै हामी आफ्नो परिश्रमबाट पूर्ण लाभ प्राप्त गर्न सक्दछौं । जीवनमा हामीले जे पनि प्राप्त गर्न चाहन्छौं, त्यसमा उत्साहले नै हामीलाई कर्मशील बनाउँछ तथा लक्ष्य प्राप्तितर्फ अग्रसर पार्दछ । तर के कुरामा ध्यान पुर्‍याउनुपर्छ भने उत्साह स्थायी हुनुपर्छ, क्षणिक अथवा अस्थायी होइन ।
    उत्साह निकै प्रेरणाप्रद हुन्छ । त्यसबाट हामीलाई राम्रो काम गर्ने प्रेरणा प्राप्त हुन्छ । यदि हामी कुनै काममा श्रेष्ठता प्राप्त गर्न चाहन्छौं अथवा उन्नतिको सर्वोच्च शिखरमा पुग्न चाहन्छौं भने आफूमा उत्साह पैदा गर्नुपर्छ तथा त्यसलाई अन्तसम्म कायम राख्न सक्नुपर्छ ।
    जीवन सङ्घर्षले भरिएको छ । तर अनुत्साहित अथवा निराश भएर बस्दा कहिले केही प्राप्त हुँदैन । पुरुषार्थ अथवा उत्साहबाट नै हामी विषम परिस्थितिमा पनि सफलता प्राप्त गर्न सक्दछौं ।
    एउटा अर्को कुरा पनि– आशावादी अथवा उत्साही व्यक्ति नै जीवनको विभिन्न क्षेत्रमा सफल हुन्छ । एकलब्यको कथा त सबैलाई थाहै होला । गुरु द्रोणाचार्यद्वारा शिक्षा दिन मनाही गर्दा पनि उसले हरेस खाएन, अपितु गुरु द्रोणाचार्यको माटोको मूर्ति बनाएर त्यसमा पूर्ण आस्था–विश्वास राखेर उत्साहपूर्वक सतत अभ्यासद्वारा आफ्नो लक्ष्य प्राप्त गर्‍यो । यदि ऊ हतोत्साहित भएर बस्या भए आज उसको नाम कसैले लिने थिएन ।
    मानिसको जीवनमा उत्साहको महत्त्वपूर्ण स्थान छ । मानिस यदि उत्साही छ भने उसले प्रत्येक परिस्थितिमा आफ्नो मनोबल जोगाइराख्छ तथा आफ्नो कार्यमा सफलता प्राप्त गर्न सक्छ । वैज्ञानिक निरन्तर आविष्कारमा लागिरहन्छ, तर अनेक प्रयोगको असफलतापछि नै उसलाई सफलता प्राप्त हुन्छ । यो उत्साहलाई अनवरत बनाइराख्नुकै परिणाम हो ।
    उत्साह उत्पन्न गर्ने र अन्त्यसम्म जोगाइराख्ने केही नियम छन्, जसको पालन गर्नु कार्यसिद्धिका लागि अत्यन्त आवश्यक छ । ती नियम हुन्–
१) हामीले आफ्नो विषयमा विशेषज्ञ हुनुपर्छ । यदि हामी विद्यार्थी हौं भने अध्ययनबाट, यदि चिकित्सक हौं भने चिकित्सा सम्बन्धी ज्ञानबाट र यदि गायक हौं भने गानविद्याको अभ्यासबाट आफ्नो विषयमा निपुण र सिद्धहस्त हुने प्रयास गर्नुपर्छ ।
२) हामीले आफ्नो काममा एकाकार हुनुपर्छ– हामीले विषयको गहिराइमा प्रवेश गरेर यसै उत्साहका साथ आफ्नो काममा डुबेर एकाकार हुनुपर्छ ।
३) जे काम गर्छौ, हाँसेर र मुस्कुराएर गर्नुपर्छ– हाम्रो प्रयास के हुनुपर्छ भने काम गर्दा हाम्रो अनुहारमा सदैव हास्य र उल्लासको छाप देखियोस् । यसले हामी दुई गुणा उत्साहका साथ आफ्नो कार्य सम्पादन गर्न सक्षम र समर्थ हुनेछौं ।
४) विफलताबाट कहिले पनि निराश हुनुहुँदैन– विफलताले नै सफलताको बाटो देखाउँछ । अत: हामीले आफ्नो सफलताबारे नै अरुसँग कुरा गर्नुपर्छ, असफलता सम्बन्धमा होइन । तर हामीले के पनि कुरामा ध्यान दिनुपर्छ भने वार्ता गर्दा हामीमा अहड्ढारको भाव उदय हुन नपाओस् ।
५) महापुरुषहरूबाट प्रेरणा– महापुरुषहरूको जीवनी पढेर हामीले उनीहरूजस्तै साहसी र चरित्रवान बन्ने प्रयास गर्नुपर्छ –
    नेपोलियनको जीवनी पढौं । उनलाई आल्प्स पर्वतले पनि बाटो दियो । नेपाली वीरहरू अमर सिंह र बलभद्रको कथाले हामीलाई कसरी उत्प्रेरित गरेको छ । इतिहासको पृष्ठमा लुकेर बसेका बनहर राउत र समन सिंहको कथाले हामीलाई कति उत्प्रेरित गर्छ ।
    अन्तमा हामी के भन्न सक्दछौं भने उत्साहले नै जीवनको प्रत्येक क्षेत्रमा मानिसलाई सामान्य अथवा विशिष्ट बनाउँछ । एउटा विद्यार्थी जसका लागि विद्या अध्ययन मात्र कर्तव्य हो, सामान्य नागरिक मात्र बन्न सक्दछ । जबकि अर्को विद्यार्थी, जसका लागि विद्याध्ययन चरमोत्कर्षमा पुग्ने एउटा लक्ष्य हो, भविष्यमा महान् व्यक्ति बन्दछ ।
    ज्ञातव्य छ, उत्साह नै कहिले हाँसो, कहिले मुस्कान, कहिले लगन र कहिले शक्तिको रूपमा प्रकट हुन्छ । अत: हाम्रो कर्तव्य के हो भने हामी संसारको र·मञ्चमा सदैव एक उत्साही र आशावादी अभिनेता बनेर देखा परौं । हामी यस्तो प्रयास गरौं कि उत्साहले हाम्रो जीवनलाई र·बिर·ी खुशीले भरिदेओस् तथा त्यसलाई उन्नतिको शिखरसम्म पुर्‍याइदेओस् । यसैमा उत्साहको सार्थकता एवं त्यसको चरम परिणति छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : उत्साहको महत्त्व
उत्साहको महत्त्व
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/09/blog-post_279.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/09/blog-post_279.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy